-
२०७६ जेठ १४, मंगलबार
‘सामाजिक सुरक्षा कार्यान्वयन गर्न जर्मनले प्राविधिक सहायता गर्ने’
नेपाल सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सफल कार्यान्वयनका लागि जर्मन सरकारले प्राविधिक सहायता उपलब्ध गराउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग सोमाबार नेपालका लािग जर्मनीका राजदूत रोल्याण्ड साफेरले गर्नुभएको शिष्टाचार भेटमा राजदूतले आगामी दिनमा सामाजिक सुरक्षा योजनालाई समन्वयात्मकरूपमा कार्यान्वयन गर्न आवश्यक प्राविधिक एवं अन्य सहयोग प्रदान...
-
२०७६ जेठ १४, मंगलबार
चोरीमा संलग्न तीन पक्राउ
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–६ स्थित बरबोटेमा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोलुखुम्बु दूधकौशिका गाउँपालिका–६ का ३३ वर्षीय सागर गहतराज, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ का ४० वर्षीय रामबहादुर तामाङ र जीतबहादुर तामाङ रहेको सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन...
-
२०७६ जेठ १४, मंगलबार
‘हिमालय पर्यटन सहकार्य’बारे अन्तर्राष्ट्रिय सम्मेलन बुधबार
नेपालमा पहिलोपटक ‘हिमालय पर्यटन सहकार्य’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय हिमालय पर्यटन सहकार्यको आयोजना तथा नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट नाट्टा को सहकार्यमा जेठ १५ गते उक्त सम्मेलन हुनलागेको हो । होटल याक एण्ड यतीमा हुने उक्त सम्मेलनमा १० देशका विभिन्न हिमाल क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका १५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने...
-
२०७६ जेठ १४, मंगलबार
कानूनी अस्पष्टताका कारण स्थानीय तहको विकासमा समस्या
कानूनी अस्पष्टता, कमजोर आन्तरिक आय, कर्मचारी र जनप्रतिनिधिबीचको सहकार्यको अभावका कारण स्थानीय तहको अपेक्षाअनुरुप विकास हुननसकेको बताइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र विकास पत्रकार मञ्च फोडेज नेपालले सोमबार यहाँ आयोजना गरेको ‘चालू आर्थिक वर्षको सिकाइ, आगामी आर्थिक वर्षको सोचाइ’ विषयक छलफल कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले उक्त विचार राख्नुभएको हो ।...
-
२०७६ जेठ १४, मंगलबार
लैङ्गिक न्यायसम्बन्धी प्रदेशस्तरीय प्रशिक्षण
लैङ्गिक तथा बाल न्यायसम्बन्धी प्रदेशस्तरीय प्रशिक्षण बुटवलमा सोमबारदेखि शुरु भएको छ । महान्यायाधिवक्ताको कार्यालय काठमाडौँको आयोजनामा शुरु भएको प्रशिक्षणमा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अनुसन्धान अधिकृत, सरकारी वकिल र कर्मचारीको सहभागिता रहेको छ । प्रशिक्षणको उद्घाटन कार्यक्रममा उच्च अदालत तुलसीपुर–बुटवल इजलासका न्यायाधीश रमेश खत्रीले कानून अनभिज्ञता क्षम्य नहुने भएकाले सबैले...
-
२०७६ जेठ १४, मंगलबार
काङ्ग्रेस वडाध्यक्षको असन्तुष्टि
पोखरा महानगरका गतिविधिमा नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षले असन्तुष्टि व्यक्त गरेका छन् । पोखरा महानगरपालिकामा जनप्रतिनिधि पदस्थापना भई काम गरेको दुई वर्ष कार्यकाल बितेको अवस्थामा वडा नं २, ३, ४, ६, ९, १०, ११, १२, २३, २७ र ३२ का नेपाली काङ्ग्रेसका नेता तथा सचेतक रामराज लामिछानेले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । विसं २०७४ वैशाख ३१ गते निर्वाचन...
-
२०७६ जेठ १४, मंगलबार
चट्याङ लागेर एकको मृत्यु
गण्डकी प्रदेशअन्तर्गत लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मध्यनेपाल नगरपालिका–३ सूर्यपाल लामाचौर गाउँका १८ वर्षीय सुनिल साँखीको सोमबार साँझ ५ बजेतिर परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक साँखी दिउँसो ४ बजेतिर धानको बीउ राख्नका लागि घरबाट करीब पाँच किलोमिटर टाढाको खेतमा गएको र राति अबेरसम्म पनि घर नर्फकिएपछि घरपरिवार, आफन्तजन र स्थानीयवासीले खोजतलास गर्दा...
-
२०७६ जेठ १४, मंगलबार
जनचाहना र भावनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ डा कोइराला
विराटनगर महानगरपालिका धेरै पुरानो शहर भएर पनि बजारमा विश्राम लिने र शौचालय प्रयोग गर्ने सुविधाको अभाव अब नहुने भएको छ । औद्योगिक नगरी, राजनीतिज्ञको कर्म एवं जन्मभूमिले चिनिने विराटनगर महानगरपालिकाको वडा नं ९ अन्तर्गत बजार क्षेत्रमा सुविधासम्पन्न शौचालय र उद्यानको अभाव थियो । दिनप्रतिदिन बजारको क्षेत्र बढ्दै जानु, जनसङ्ख्या बढ्नु तर सेवासुविधा नबढ्नुका पछाडि लामो समयसम्म स्थानीय तह...
-
२०७६ जेठ १४, मंगलबार
गण्डकीमा तीन दिवसीय कार्यक्रमसहित गणतन्त्र दिवस मनाइने
गण्डकी प्रदेश सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रमसहित गणतन्त्र दिवस २०७६ मनाउने भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा प्रदेशमा गठन गरिएको मूल समारोह समितिले जेठ १४, १५ र १६ गते तीन दिन गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । जसअनुसार जेठ १४ गते आज पोखरा महानगरपालिका र सुरक्षा निकायको आयोजनामा बिहान शहीदचोकदेखि मुस्ताङचोकसम्म सरसफाइ गर्ने र त्यसपछि प्रदेश सरकारमातहतका सम्पूर्ण...
-
२०७६ जेठ १४, मंगलबार
छ करोडको लागतमा सडक विस्तार शुरु
सङ्घीय सरकारको रु छ करोडको लागतमा सूर्यविनायक नगरपालिका–२ बालकोट हँुदै वडा नं १ सिरुटारबाट बिरुवासम्मको सडक विस्तारकार्य शुरु भएको छ । उक्त सडक करीब छ किलोमिटर लम्बाइ र फुटपाथसहित ३६ फिट चौडाइ रहने गरी सडक विस्तारसँगै कालोपत्र गर्ने कार्य आजबाट शुरु भएको हो । सडक विस्तारको कार्यको शिलान्यास कार्यक्रममा हिजो सोमबार साँझ भक्तपुर क्षेत्र नं २ का सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले विकासमा...
-
२०७६ जेठ १४, मंगलबार
पाँचखालमा चोरी बढ्दै
पाँचखाल नगरपालिका क्षेत्रमा केही दिनयता चोरीका घटना बढ्दै गएका छन् । विशेषगरी अरनिको राजमार्गअन्तर्गत पाँचखाल नपाको बजार क्षेत्रमा पार्किङ गरी राखिएका सवारीसाधनमा चोरी भएको हो । जेठ १२ गतेसम्म विभिन्न मितिमा रातको समयमा पाँचखाल बजार, तामाघाट र तीनपिप्ले बजारमा पार्किङ गरिएको करीब दर्जन डोजर र स्काभेटरका ब्याट्री तथा इन्धनसमेत चोरी भएको पाँचखाल प्रहरी चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक शिवहरि...
-
२०७६ जेठ १४, मंगलबार
भारतले फेरी नाकामा ट्याङ्कर रोकेपछि पेट्रोलियम पदार्थको हाहाकार
भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई नाकामै रोकेर राखेको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले बताउनुभयो । उहाँका अनुसार...


