-
२०७६ जेठ १५, बुधबार
भारतमा नक्कली मदिरा,सत्रको ज्यान गयो
भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण १७ जनाको मृत्यु हुनुका साथैै अन्य ४० जना उपचारको क्रममा रहेका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । उत्तर प्रदेशको राजधानी लखनउबाट करीब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा उक्त घटना भएको हो । रामनगर प्रहरी चौकीमा कार्यरत एक प्रहरी अधिकारीले नक्कली मदिरा सेवन गरेका कारण छ जनाको मृत्यु भएको हिजो जनाएका थिए । आज सो...
-
२०७६ जेठ १५, बुधबार
त्रिपन्न विद्यालय निर्माण गरिँदै
केन्द्रीय आयोजना कार्यान्वयन एकाइ शिक्षा बाट तनहुँमा ५३ विद्यालय भवन निर्माण गरिने भएको छ । आव २०७५÷०७६ बाट शुरु भई आव २०७६÷०७७ को मध्य अवधिमा सम्पन्न हुने गरी ५३ विद्यालयको भवन निर्माण गर्ने भएको हो । भूकम्पले क्षति पु¥याएका र विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय छनोट गरी पठाएकामा केन्द्रीय आयोजनाबाट स्वीकृति भएर आएको ५३ विद्यालय भवनको निर्माण प्रक्रिया अघि बढाइएको जिल्ला आयोजना कार्यान्वयन...
-
२०७६ जेठ १५, बुधबार
सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा
गोरखाको शहीद लखन गाउँपालिका–९ नाम्जुङमा स्थित रिपुथोकलाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको छ । विभिन्न तीन चरणमा खानेपानीको शुद्धता मापन गरी यहाँका ३२ घरधुरी परिवारले पिउने पानी सुरक्षित भएको प्रमाणित भएपछि सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो । “सबैभन्दा पहिले पानीको मुहानमा गएर कोलीर्फम मापन ग¥यौँ त्यसपछि आर्सेनिक र इको प्यारामिटर जाँच गरी उक्त खानेपानी पूर्णरुपमा सुरक्षित...
-
२०७६ जेठ १५, बुधबार
अण्डा र चल्ला बेच्न मुस्किल
देशमा आत्मनिर्भर रहेको कुखुरापालन व्यवसाय पछिल्लो समय सङ्कटमा परेको छ । ह्याचरीहरुले उत्पादन गरेका चल्ला र लेयर्स कुखुराको अण्डाले मूल्य नपाउनुका साथै बिक्न मुस्किल भएपछि व्यवसायमा सङ्कट देखापरेको हो । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलका अनुसार लागतभन्दा निकै कम मूल्यमा चल्ला बिक्री गर्नसमेत कठिन भएको छ । नेपालमा २५३ वटा ह्याचरी छन् । तीमध्ये १४ वटा लेयर्स ह्याचरीले...
-
२०७६ जेठ १५, बुधबार
नन्दन तालको संरक्षण तथा सौन्दर्यीकरण गर्दै
पश्चिम नवलपरासीस्थित ऐतिहासिक नन्दन तालको संरक्षण र सौन्दर्यीकरणमा स्थानीयवासीले अवरोध गरेका छन् । लामो समयदेखि अतिक्रमणमा परेर अस्तित्व नै सङ्कटमा परेको यो ताललाई पुनः जीवन दिने गरी संरक्षण र सौन्दर्यीकरण गर्न थालिएको हो । तर स्थानीयवासीले अवरोध सिर्जना गरेका छन् । पाल्हिनन्दन गाउँपालिका–६ मा पर्ने सो ताल लामो समयदेखि स्थानीयवासीले अतिक्रमण गरी खेती गर्दै आएका छन् । ताल पूरै खेतीयोग्य जमीनमा...
-
२०७६ जेठ १५, बुधबार
जनताका अपेक्षा पूरा गर्नुको विकल्प छैन ः प्रदेश प्रमुख खनाल
कर्णालीका प्रदेश प्रमुख दुर्गाकेशर खनालले नेपाली जनताका आशा अपेक्षा पूरा गर्न सबै मिल्नुको विकल्प नभएको बताउनुभएको छ । कर्णाली सरकारद्वारा आयोजित १२ औँ गणतन्त्र दिवसलाई सम्बोधन गर्दै उहाँले सबै पक्ष मिलेर अघि बढे निकट भविष्यमै जनताका अपेक्षाले पूर्णता पाउने बताउनुभएको हो । प्रदेश प्रमुख खनालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नेपाललाई सुनौलो बाटोतर्फ डो¥याइरहेको विचार व्यक्त गर्नुभयो । “सुनौलो...
-
२०७६ जेठ १५, बुधबार
इदमा सार्वजनिक बिदा दिन माग
नेपाल मुस्लिम सङ्घले मुस्लिम धर्मावलम्बीहरुको इद पर्वका अवसरमा सार्वजनिक बिदा दिन माग गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै सङ्घका केन्द्रीय अध्यक्ष अब्दुल सतारले यसअघि दिँदै आएको बिदा कटौती फिर्ता लिन सरकारलाई आग्रह गर्नुभएको हो । मुस्लिम समुदायको पहिचानलाई स्थापित गर्ने सार्वजनिक बिदा कटौतीले मुस्लिम धर्मावलम्बीलाई चोट पुगेको भन्दै इद पर्वमा बिदा दिन माग गर्नुभयो । ‘रमजान तथा बकरइद...
-
२०७६ जेठ १५, बुधबार
तेञ्जिङ र हिलारीलाई बाटो देखाउने कान्छा शेर्पा भन्छन ः सगरमाथाको साख जोगाउनुपर्छ
सन् १८४९ मा ब्रिटिस सर्बे अफ इण्डियाले सर्वेक्षण गरी विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा भएको निष्कर्ष निकालेको थियो । नेपालको सोलुखुम्बु जिल्लामा पर्ने अग्लो शिखर भनी चिनिएको भए पनि यहाँका मानिसलाई केही थाहा थिएन । त्यसैले १०४ वर्षपछि बल्ल शिखरमा मानिसको पाइला पुग्यो । सोलुखुम्बुको थामेमा जन्मेका तेञ्जिङ नोर्गे शेर्पाले दार्जिलिङमा पुगेर ट्रेकिङ कम्पनी खोलेपछि सोही माध्यमबाट एडमण्ड हिलारीसँग भेट...
-
२०७६ जेठ १५, बुधबार
गणतन्त्रका योद्धा स्वास्थ्यसंँग लड्दै
मुलुकमा गणतन्त्र ल्याउन दाङ तुलसीपुर उपमहानगरपालिका–२ का ममता चौधरी १० वर्ष युद्ध लड्नुभयो । उहाँहरुजस्तै लाखौँ नेपाली लडेको लडाइँबाट जित हासिल भयो र मुलुकमा गणतन्त्र आयो । मुलुकले नयाँ संविधान पनि पायो । मुलुक सङ्घीय संरचनामा अघि बढ्यो । तर, त्यही गणतन्त्र ल्याउन लडेका ममताजस्तै धेरै योद्धा अलपत्र अवस्था हुनुहुन्छ । अहिले मुलुक समृद्धिको मार्गमा अघि बढेको अवस्थामा ममता खुशी हुनुहुन्छ । तर...
-
२०७६ जेठ १५, बुधबार
प्रम ओलीलाई काङनाम विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधि उपाधि
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रजातन्त्रिक गणतन्त्र कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । यहाँ आज आयोजित विशेष समारोहमा सो विश्वविद्यालयका अध्यक्ष शिनिल युनले प्रधानमन्त्रीलाई सो उपाधि प्रदान गर्नुभयो । नेपालको राजनीतिक परिवर्तनका लागि प्रधानमन्त्री ओलीले गर्नुभएको योगदानको सम्मानमा विश्वविद्यालयले उहाँलाई ‘राजनीतिशास्त्र’मा मानार्थ विद्यावारिधिको...
-
२०७६ जेठ १५, बुधबार
अष्ट्रेलियाली प्रधानमन्त्रीको सपथ
अष्टे«लियाका प्रधानमन्त्री स्कट मरिसनले पुनः प्रधानमन्त्री पदको सपथ लिनुभएको छ । मरिसनको मन्त्रिमण्डलमा पहिलोपटक सात जना महिलाको सहभागिता रहेको छ । मरिसनले बुधबार बिहान गभर्नर जनरल पिटर कोसग्रोभ समक्ष सपथ लिनुभएको थियो । प्रधानमन्त्री मरिसनको नेतृत्वमा रहेको नेसनल पार्टी कोएलिसन एलएनपी गत मे १८ मा भएको आम निर्वाचनमा विजयी भएको थियो । एलएनपीको यो लगातार तेस्रो जित हो । विपक्षी अष्ट्रेलियन लेबर...
-
२०७६ जेठ १५, बुधबार
चिनियाँ राष्ट्रपतिले रुसको भ्रमण गर्ने
चीनका राष्ट्रपति सी चिनफिङले आगामी जुन ५ देखि ७ सम्म रुसको भ्रमण गर्नुहुने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणमा राष्ट्रपति सी रुसको भ्रमण गर्न लाग्नुभएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले घोषणा गरेका छन् । राष्ट्रपति सीले रुसमा रहँदा २३औं सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चको बैठकलाई सम्बोधन गर्नुहुने पनि प्रवक्ता लु काङले बताउनुभयो । दुबै नेताबीच द्वीपक्षीय...


