-
२०७६ जेठ १५, बुधबार
गणतन्त्र दिवसमा खुला दौड प्रतियोगिता
गणतन्त्र दिवस २०७६ को अवसरमा आज पोखरामा खुला दौड प्रतियोगिता सम्पन्न भएको छ । सृजना विकास केन्द्र पोखराको आयोजनामा भएको आठ किलोमिटर दौडमा देवराज बस्नेतले २४ मिनेट ४९ सेकेण्डमा निर्धारित दूरी पार गरी प्रथम स्थान हासिल गरी नगद पुरस्कार रु १० हजार तथा प्रमाणपत्र प्राप्त गर्नुभयो । त्यसैगरी सशस्त्र प्रहरीका ओमबहादुर जिसीले २७ मिनेटमा दौड पूरा गरी द्वितीय भई नगद रु सात हजार, तथा स्यालुट गोर्खा टे«...
-
२०७६ जेठ १५, बुधबार
लोकतान्त्रिक व्यवस्थाप्रति भइरहेको षडयन्त्रप्रति सचेत हुनुपर्छ ः मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीय लोकतान्त्रिक व्यवस्थाप्रति भइरहेको षडयन्त्रप्रति सचेत हुनुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा मुख्यमन्त्री भट्टले सर्वोत्कृष्ट मानिएको गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै प्रदेश र देशको समृद्धिमा लाग्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुरानो सोच, चिन्तन र व्यवहारमा सुधार गरी परिवर्तनको अनुभूति...
-
२०७६ जेठ १५, बुधबार
अन्तर्राष्ट्रिय सगरमाथा दिवस आरोही सम्मानित
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस अर्थात् विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पहिलो पटक मानव पाइला टेकेको दिन । दुई साहसी आरोही तेञ्जिङनोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगी विश्वलाई साहसको परिचय दिएका थिए । सगरमाथामा सफल आरोहण भएको ६६ वर्ष पुगेको छ । यो अवधिमा आठ हजारभन्दा बढी स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण...
-
२०७६ जेठ १५, बुधबार
बजेट प्रस्तुति शुरु, विद्युत् उत्पादन दोब्बर हुने
सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६÷२०७७ वर्षका लागि आयव्ययको अनुमान बजेट प्रस्तुत गर्न शुरु गर्नुभएको छ । नेपालको संविधान, कानून, सरकारको नीति तथा कार्यक्रम, बजेटका प्राथमिकता र सिद्धान्त, विभिन्न अध्ययन कार्यदलका सुझावका आधारमा सामाजिक न्यायसहितको तीव्र विकास, सभ्य र सुसंस्कृत समाजवादोन्मुख बजेट तयार गरिएको अर्थमन्त्री डा खतिवडाले बैठकलाई जानकारी दिनुभयो...
-
२०७६ जेठ १५, बुधबार
बेइजिङको ग्रेटवालमा दैनिक ६५ हजार पर्यटक
चीनको विश्वप्रसिद्ध पर्खाल ग्रेट वाल भ्रमणका लागि दैनिक ६५ हजार पर्यटक पुग्ने गरेका छन् । ग्रेट वाल भ्रमणको लागि पुगेका पर्यटकहरु दैनिक ६५ हजार जना पुग्ने गरेको बेइजिङ युथ डेली पत्रिकाले बुधबार जानकारी दिएको छ । उक्त दैनिक पत्रिकाले गएको जुन १ देखि गरेको अध्ययनमा सो तथ्यांक भेटिएको समाचारमा जनाइएको छ । बेइजिङबाट ६० किलोमिटर उत्तरपश्चिम क्षेत्र याङ्किङ काउन्टीबाट लिइएको तथयांकमा सो संख्याका...
-
२०७६ जेठ १५, बुधबार
शेयर बजार स् आठ अङ्कको वृद्धि
शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ८।३९ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ अङ्कले बढेर एक हजार ३१३।८८ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २।११ बिन्दुले बढेर २७९।९२ अङ्कमा पुगेको छ । स्टकका अनुसार कूल १७३ कम्पनीको २६ लाख २७८ हजार ४२० कित्ता शेयर रु ९० करोड आठ लाख पाँच हजार ९६० मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल...
-
२०७६ जेठ १५, बुधबार
मानसरोवर पर्यटकलाई चिकित्सा टोली
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले भारतीय पर्यटकको स्वास्थ्य समस्या दृष्टिगत गरी चिकित्सकको टोली हुम्लाको हिल्सा नाकामा खटाएको छ । मानसरोवर जाने पर्यटकको चाप बढेसँगै स्वास्थ्य समस्या न्यूनीकरण गर्न अस्पतालले सो नाकामा चिकित्सक खटाएको हो । लेक लाग्ने कारण पर्यटक बिरामी पर्न सक्ने भएकाले कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा विशेषज्ञ चिकित्सक डा सूर्यमान...
-
२०७६ जेठ १५, बुधबार
मेलम्ची खानेपानी आयोजनालाई रु सात अर्ब ३९ करोड
राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनालाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसदको संयुक्त बैठकमा पेश गरेको आव २०७६÷७७ को बजेट प्रस्तुत गर्दै उहाँले मेलम्ची आयोजनालाई रु सात अर्ब ३९ करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । यस्तै सोही आयोजनाको दोस्रो खण्डको समेत प्रक्रिया शुरु गरिने भएको छ । इटालीको ठेकेदार कम्पनी सिएमसीले अलपत्र...
-
२०७६ जेठ १५, बुधबार
सामाजिक सुरक्षाको विस्तार, उत्पादन शक्तिको विकासमा प्राथमिकता
आगामी आर्थिक वर्षका लागि बजेटले सामाजिक सुरक्षाको विस्तार, उत्पादन शक्तिको विकासमा प्राथमिकता दिएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आज बजेट प्रस्तुत गर्दै नागरिकका मौलिक हक र अधिकारका रुपमा रहेका आवश्यकता पूर्तिका लागि शीघ्र सेवा उपलब्ध गराउने प्रतिबद्धता बजेटका उद्देश्य र प्राथमिकता रहेको बताउनुभयो । उहाँले सामाजिक न्यायसहित आर्थिक भौतिक विकास गरी सन् २०२२ सम्म...
-
२०७६ जेठ १५, बुधबार
दुर्घटनामा मृत्यु
थाक्रे गाउँपालिका वडा नं १ खयरघारीबाट महेश खोलामा बस खस्दा आज एक जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १प १३६३ नम्बरको पर्यटक बस खोलामा राजमार्गबाट खोलामा खसेर दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिको सनाखत नभएको प्रहरीले जनाएको छ । सडकबाट बस खोलामा खसेपछि बजारबासी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् । दुर्घटनामा घाइते भएको १८ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको...
-
२०७६ जेठ १५, बुधबार
करेण्ट लागेर मृत्यु
यहाँ करेन्ट लागेर सात वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका १० भवानीका सातवर्षीय समीर रावत छन् । उनलाई आज बिहान १० बजेतिर करेण्ट लागेकामा उपचार गर्न जिल्ला अस्पताल दैलेखतर्फ लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
-
२०७६ जेठ १५, बुधबार
एक हजार वृद्धभत्ता वृद्धि
सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वृद्धि गरेको छ । सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६÷०७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक सुरक्षा भत्ता मासिक रु एक हजारका दरले वृद्धि गरिएको घोषणा गर्नुभयो । ज्येष्ठ नागरिकलाई राज्यले संरक्षण गर्ने नीतिअनुसार सरकारले ७० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई प्रदान गरिएको मासिक भत्ता रु दुई हजारबाट बढाएर रु...


