STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ १५, बुधबार

    नेपाल भारत जोड्ने पुलमा ताला

    लेकम गाउँपालिका–३ लालीमा निर्माण गरिएको नेपाल भारत जोड्ने झोलुङ्गे पुलमा पाँच महीनादेखि ताला लगाइएको छ । पुल निर्माण सकिए पनि भारतीय पक्षले पुलमा नियमित आवागमनका लागि स्वीकृत नदिँदा ताला लगाइएको हो । नेपालको तर्फबाट पुलको सबै प्रक्रिया पूरा गरिएको छ तर भारतको पिथौरागढ जिल्लाका जिल्ला अधिकारीले पुलका लागि स्वीकृत दिइएको छैन । पटक पटक पुलको अनुगमन तथा निरीक्षण गरिए पनि नियमित सञ्चालन गर्न अनुमति...

  • २०७६ जेठ १५, बुधबार

    अनलाइन, टेलिकम ठगीमा संलग्न ३१ जना पक्राउ

    चीनको जियाङ्सु प्रान्तको हुइनान नगरबाट प्रहरीले टेलिकम तथा अनलाइन ठगीमा संलग्न शंकास्पद ३१ जनालाई पक्राउ गरेको छ । यी व्यक्तिले करिब एक लाख ३० हजार अमेरिकी डलर बराबरको ठगी गरेको प्रहरीको आशंका छ । गत जुलाईमा एक जना लिउ नाम बताउने व्यक्तिले स्थानीय प्रहरी समक्ष अनलाइनमा भेटिएकी एक किशोरीमार्फत आफू ठगिएको उजूरी गरेका थिए । लिउले ती किशोरीसँग १२ दिनसम्म अनलाइन कुराकानी गरेको बताएका थिए । ती किशोरीको...

  • २०७६ जेठ १५, बुधबार

    चीनमा कोइला खानीमा ५ जना मारिए

    चीनको हुनान प्रान्तमा भएको कोइला खानी दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । लोङटान नगरको झिङलोङ कोइला खानीमा मङ्गलबार अपराह्न करिब ५ बजे उक्त दुर्घटना भएको थियो । घाइतेहरुलाई तत्कालै उद्धार गरी अस्पताल पु¥याइए पनि पाँच जनाको ज्यान गएको थियो । घाइते एक मजदूरको अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा खानीको सुरुङभित्र एकाएक फैलिएको विषालु...

  • २०७६ जेठ १५, बुधबार

    नाइजेरिया आक्रमणमा २३ जनाको ज्यान गयो – स्थानीय प्रहरी

    नाइजेरियाको उत्तर पश्चिमी राज्य जाम्फारामा मङ्गलबार भएको आक्रमणमा २३ जना स्थानीयबासीको मृत्यु भएको प्रहरीले जनाएको छ । जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले शस्त्रधारीबाट भएको आक्रमणबाट टुङ्गा र काबाजेका २३ जना गाउँलेको ज्यान गएको पुष्टी गर्नुभयो । नाइजेरियाका उत्तरी भेगमा पछिल्ला दिनहरुमा गाउँलेमाथि लगातार आक्रमण भइरहेका छन् । शेहुले प्रभावित क्षेत्रमा प्रहरीको नियमित गस्ती बढाइएको र सेनाले...

  • २०७६ जेठ १५, बुधबार

    बाँके साक्षर जिल्ला घोषणा हुन सकेन

    बाँके अभै साक्षर जिल्ला घोषणा हुन सकेको छैन । यस जिल्लाका तीन स्थानीय तहले मात्र साक्षरताको तथ्याङ्क सङ्कलन गरेका छन् भने बाँकी पाँच स्थानीय तह तथ्याङ्क सङ्कलनकै क्रममा रहेका छन् । सबै स्थानीय तहको तथ्याङ्कका आधारमा मात्र बाँकेलाई साक्षर जिल्ला घोषणा गर्न सकिन्छ । कोहलपुर नगरपालिका, खजुरा र नरैनापुर गाउँपालिकाले मात्र तथ्याङ्क सङ्कलनको काम सकेका छन् भने नेपालगञ्ज उपमहानगरपालिका, राप्तीसोनारी,...

  • २०७६ जेठ १५, बुधबार

    समाजवादको आधार तयार पार्नु जिम्मेवारी ः अध्यक्ष प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार पार्नु प्रमुख जिम्मेवारी भएको बताउनुभएको छ ।  १२ औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले नेपाली जनताले समाजवादको आधार तयार पार्ने ऐतिहासिक दायित्व कम्युनिष्ट क्रान्तिकारीको काँधमा सुम्पिएकाले बामपन्थी सरकार र नेपाल कम्युनिष्ट पार्टीमार्फत् समृद्धि र समानतासहित समाजवादको आधार तयार पार्नु...

  • २०७६ जेठ १५, बुधबार

    मुहान सुक्दा खानेपानीको हाहाकार

    कुशे गाउँपालिका–१ स्याङ्गीधाउनीका एक सय घरपरिवारलाई खानेपानीको जोहो गर्न सास्ती छ । गाउँमा खानेपानीको हाहाकार मच्चिएपछि स्थानीयवासीलाई दुई घण्टा टाढाको खोलाबाट पानी बोकेर पिउनुपर्ने बाध्यता भएको हो । अग्लो टाकुरोको बस्ती त्यसैमा सुख्खा र खडेरीले आसपासका मुहान सुक्दा समस्या भएको वडाध्यक्ष गोपालबहादुर नेपालीले बताउनुभयो  । उहाँका अनुसार स्थानीयवासीले गाउँबाट टाढा रहेका कुवा र नाउलोबाट पानी बोकेर...

  • २०७६ जेठ १५, बुधबार

    शान्ति, स्थिरता, विकास, समृद्धि र सुशासन मुलुकको अन्तिम गन्तव्य होः प्रम

    प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध श्रेष्ठताको पराधीन मानसिकता नेपालीको गौरवपूर्ण संस्कृति हुनै नसक्ने बताउनुभएको छ । गणराज्यहरुबाट शुरु भएको मुलुकको गौरवपूर्ण इतिहास, प्राचीन सभ्यता र स्वतन्त्रता उच्च रहेको उल्लेख गर्दै उहाँले जन्मसिद्ध श्रेष्ठताको भ्रमपूर्ण कथ्य वैज्ञानिक सत्यतामा आधारित नभएको स्पष्ट गर्नुभयो । बाह्रौँ गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष...

  • २०७६ जेठ १५, बुधबार

    प्रधानमन्त्री कप ः प्रदेश नं २ लाई ९४ रनको लक्ष्य

    प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले प्रदेश नं २ लाई जितका लागि ९४ रनको सामान्य लक्ष्य दिएको छ ।    कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा कर्णाली प्रदेश ३० दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ९३ रनमा समेटियो । कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक ३७ रनको योगदान दिँदा रवीन्द्र शाहीले १४ रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यमानले दोहोरो अङ्क जोड्न सकेनन् ।   ...

  • २०७६ जेठ १५, बुधबार

    वैदेशिक रोजगारबाट फर्केपछि बाख्रापालन

    तीन वर्ष मलेसिया बसेर वैदेशिक रोजगारीबाट फर्र्किएका थाक्रे–५ पोखरीचौरका आइतबहादुर तामाङले अहिले व्यावसायिक कृषि खेती शुरु गर्नुभएको छ । मलेसियामा रहँदा मुस्किलले रु तीन लाख कमाउन सक्नुभएका उहाँ अहिले आफैँले शुरु गरेको व्यावसायिक कृषिबाट मासिक रु ४० देखि ५० हजार कमाउने गर्नुभएको छ ।  उहाँले अहिले आफ्नै घरमा करीब रु ३० लाखको लगानीमा बाख्रा फार्म, स्थानीय कुखुरा र कागती खेती गरेर व्यावसायिक कृषिमा...

  • २०७६ जेठ १५, बुधबार

    आलेख ः गणतन्त्रले दियो स्वतन्त्रता

    शान्ता चौधरीले बिताएका जीवनका १७ वर्ष कम कहाली लाग्दा थिएनन् । पढ्ने उमेरमा जमिनदारको घरमा कमलरी बसेकी शान्तालाई अहिले त्यो नराम्रो सपना जस्तो लाग्छ । दाङकी शान्ता जस्तै पश्चिम नेपालका करीव १२ हजार भन्दा बढी थारु समुदायका बालिकाहरुको जीवनमा एउटा कालो समय छ, कालो कथा छ । ती यातना, दुव्र्यवहार, गालीगलौज, घृणा र अभावले शान्तालाई जीवन बदल्ने आँट आयो । राज्यसँग भूमि माग्न गरिएको सानो आन्दोलनले...

  • २०७६ जेठ १५, बुधबार

    भारतीय क्षेत्रमा पर्यटकीय गन्तव्यको प्रचार गरिँदै

    चितवन र रुपन्देहीका पर्यटन व्यवसायीहरुले भारतीय सीमा क्षेत्रका शहरहरुमा पुगेर यहाँको पर्यटकीय गन्तव्यका बारेमा प्रचारप्रसार गर्ने भएका छन् । चितवन र लुम्बिनीका पर्यटन व्यवसायीहरु संयुक्त रुपमा गएर भारतीय सीमा क्षेत्रका शहरहरुमा यहाँको पर्यटकीय गन्तव्यका बारेमा प्रचारप्रसार गर्ने भएका हुन् । क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेका अनुसार यही असार ३ गतेबाट भारतको पटना, वनारस र लखनउ पुगेर ६...

Pages