-
२०७६ जेठ १३, सोमबार
अपाङ्गता भएकालाई स्वरोजगार बनाउन माग
अपाङ्गता भएकाहरुले आफूहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने खालका योजना ल्याउन स्थानीय तहसँग माग गर्न थालेका छन् । कैलालीको जोशीपुरमा जनप्रतिनिधिसँंग गरिएको छलफलमा अपाङ्गता भएकाहरुले आफूहरुलाई उत्प्रेरित गर्ने खालका सीप तथा तालीम प्रदान गर्न बजेटको व्यवस्था गरिदिन माग गरेका हुन् । अपाङ्गता भएकाहरुका अगुवा नन्दराज भट्टले स्थानीय तह, प्रदेश र सङ्घले अपाङ्गता भएकाहरुलाई जीविकोपार्जनमा सघाउन मद्दत...
-
२०७६ जेठ १३, सोमबार
कृष्णसेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार थापालाई
यस वर्षको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ सूर्य थापालाई प्रदान गरिएको छ । पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को १७औँ स्मृति दिवसका अवसरमा आज प्रेस सङ्गठन नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थापालाई पुरस्कार प्रदान गर्नुभएको हो । रु ५० हजार राशिको उक्त पुरस्कार हरेक वर्ष प्रदान गरिँदै...
-
२०७६ जेठ १३, सोमबार
ब्राजिलको कारागारमा झडप, १५ जनाको मृत्यु
ब्राजिलको अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच आइतबार भएको झडपमा १५ जना कैदीको मृत्यु भएको क्षेत्रीय कारागार कार्यालयले जनाएको छ । अमेजोनास राज्यको राजधानी मानसबाट करिब २८ किलोमिटर बाहिर रहेको उक्त कारागारमा स्थानीय समयानुसार बिहान ११ बजेट झडप शुरु भएको थियो । कारागारका सुरक्षा प्रमुख कर्णेल मार्कोस अल्मेडाले कैदीहरुले दाँत माझ्ने ब्रस लगायतका सामानको प्रयोग गरी एकअर्कामाथि आक्रमण गरेको र...
-
२०७६ जेठ १३, सोमबार
बालमैत्री घोषणा अभियानको गति सुस्त
नेपालगञ्ज उपमहानगरपालिकामा ‘बालमैत्री स्थानीय शासन’ घोषणा अभियान सफल नहुनेमा आङ्शका गर्न थालिएको छ । “सबै वडालाई बालमैत्री घोषणा गरेपछि मात्र नेपालगञ्ज उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने हो, तर अहिलेसम्म एउटा वडा पनि बालमैत्री हुनसकेको छैन”, महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहको भनाइ छ । बिडम्बना त के छ भने दुई वर्षअघि सन् २०१७ मै पूरा हुनुपर्ने यो अभियानअन्तर्गत अहिलेसम्म...
-
२०७६ जेठ १३, सोमबार
सिरियामा हिंसात्मक घटना बढे, २८ लडाकूको मृत्यु
सिरियाली सरकारी फौजको कारबाहीमा आइतबार काफ्र नबुदाहको बाहिरी इलाकामा कम्तीमा २८ जना लडाकूकको ज्यान गएको युद्ध अनुगमनकर्ताहरुले बताएका छन् । मध्य सिरियाको हामा प्रान्तमा भएको उक्त कारबाहीपछि सरकारी फौजले काफ्र नबुदाहलाई पनि पुनः नियन्त्रणमा लिएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अल–कायदासँग निकट सम्बन्ध रहेको नुस्रा फ्रन्टसँग आबद्ध हायात तहरिर अल–शाम एचटीएस बाट उक्त शहर सिरियाली...
-
२०७६ जेठ १३, सोमबार
वडाध्यक्ष नै कुटपिट र लुटपाटमा
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ का वडाध्यक्ष राकेश राउतमाथि आइतबार आफ्नै वडामा कुटपिट र लुटपाट गरेको आरोप लगाइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार वडाध्यक्ष राउतमाथि आफ्नै वडाका एक व्यक्तिलाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको तथा एक जनाको रु दुई लाख लुटेको आरोप लगाइएको हो । जलेश्वर–५ चौरिया गाउँमा स्थानीयवासी वासुकी चौधरी र शशिकान्त चौधरीबीच आपसी झै–झगडा र गालीगलौज हुँदा...
-
२०७६ जेठ १३, सोमबार
एपिएफले १२६ रनको लक्ष्य पायो
राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबाई जितका लागि १२६ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटियो । उसका लागि लोकेस बमले सर्वाधिक ३० रनको योगदान दिँदा विपीन रावलले २१ रन जोडे...
-
२०७६ जेठ १३, सोमबार
नेपाल भारतको दशगजा क्षेत्रमा सीमास्तम्भ निर्माण
नेपाल भारत सीमासँग जोडिएको दशगजा क्षेत्रमा एक हजार २२४ वटा सीमास्तम्भ निर्माण भइसेको छ । निर्माण भएका नयाँ स्तम्भबाट सजिलैसँग सीमा छुट्याउन र सीमालाई व्यवस्थित गर्न मद्दत पुगेको छ । झापा, मोरङ र सुनसरीमा गएको चार वर्षदेखि शुरु भएको स्तम्भ निर्माण अनुसार झापामा ९८८ वटामा १४०, मोरङमा १२२ वटामा १० र सुनसरीमा २८८ वटामा २४ स्तम्भ निर्माण हुन बाँकी रहेको नापी विभागका प्रमुख नापी अधिकृत शिवप्रसाद...
-
२०७६ जेठ १३, सोमबार
आदेश्वर पार्कको निर्माण शुरु
धार्मिक तथा ऐतिहासिक महत्व बाकेका नागार्जुन नगरपालिका–५ स्थित आदेश्वरमा ‘पार्क’ निर्माणको कार्य शुरु गरिएको छ । नगरपालिकाको रु ५० लाखको लागतमा निर्माण गर्न लागिएको उक्त पार्क करीब २२ रोपनी क्षेत्रफलमा फैलिएका छन् । पार्कमा ऐतिहासिक तथा धार्मिक महत्व झल्किने खालका वस्तु राखिने छ । पार्कमा हरियाली वातावरणसँगै वनभोज स्थल, स–साना कार्यक्रम आयोजना गर्न डबली, मन्दिर÷स्मारक र बालबालिकाका लागि खेलकूद...
-
२०७६ जेठ १३, सोमबार
पेरुमा ७।५ म्याग्नीच्यूडको भूकम्पमा १ को मृत्यु ११ धाइते
पेरुको उत्तरी क्षेत्रमा आइतबार बिहान आएको भूकम्पबाट एक व्यक्तिको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् । राष्ट्रिय आपतकालीन उद्धार केन्द्र कोन का प्रमुख रिकार्डो सेजासका अनुसार सान इग्नासियो निवासी ४८ वर्षीय डारियो मुनोजको मृत्यु भएको छ । भिरालो पहाडमा रहेको घर भएका डारियोको घरमाथि बज्रिएको ढुंगाका कारण उनको मृत्यु भएको थियो । जियोफिजिक्स इन्स्टिच्यूट पेरु आइजीपी का अनुसार उत्तरी अल्टो...
-
२०७६ जेठ १३, सोमबार
आर्च ब्रिज सञ्चालनमा आउने
पृथ्वी राजमार्गको मुग्लिनस्थित इच्छाकामना र तनहुँको आँबुखैरहनी गाउँपालिका जोड्ने पुल आर्च ब्रिज यही असार पहिलो साताबाट सञ्चालनमा आउने भएको छ । पुलको रङगरोगनको काम र तनहुँतर्फ राजमार्गसँग जोड्नका लागि बाटो बनाउने काम बाँकी रहेको छ । सडक विभागको पुल योजना सेक्टर नम्बर २ का प्रमुख अङ्गलाल रोकायाका अनुसार रङ्गरोगनको काम केही दिनमा शुरु हुँदैछ । तनहुँतर्फ पुल भन्दा सडक दुई मिटर अग्लो भएकाले सडक गहिरो...
-
२०७६ जेठ १३, सोमबार
वनको वैज्ञानिक व्यवस्थापन
वनलाई व्यवस्थित गरी बढीभन्दा बढी फाइदा लिने उद्देश्यसहित तनहुँका १२ वटा सामुदायिक वनको वैज्ञानिक व्यवस्थापन कार्य शुरु गरिएको छ । सामुदायिक वनलाई हराभरा बनाउने र उपभोक्तालाई आम्दानीको स्रोत बढाउने उद्देश्यसहित जिल्लाका १२ वटा सामुदायिक वनको वैज्ञानिक व्यवस्थापन गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । सहायक वन अधिकृत बाबुराम उप्रेतीका अनुसार व्यास नगरपालिकाको राजापानी, गलेखाम, सपनकोट,...


