-
२०७६ जेठ १४, मंगलबार
अफगानिस्तानमा हक्कानीको नेटवर्क चौध लडाकू मारिए
अफगानिस्तानको दुई ओटा छुट्टाछुट्टै प्रान्तमा भएको सैन्य कारबाहीका परी हक्कानी नेटवर्कको १४ जना लडाकू मारिएका अफगान विशेष सैन्यबलका कमाण्डरले जानकारी दिनु भएको छ । अफगान राष्ट्रिय प्रतिरक्षा र सुरक्षाबलले घाज्नी र पाक्टिका प्रान्तमा मङ्गलबार सबेरै गरेको कारबाहीमा परी सो नेटवर्क १४ जना लडाकू मारिएका जारी विज्ञप्तिमा जनाइएको छ । हक्कानी नेटवर्क पनि तालिबान लडाकू सञ्जालको नै एक समूह हो । जारी...
-
२०७६ जेठ १४, मंगलबार
भारतमा नक्कली मदिरा, छ जनाको ज्यान गयो
भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण छ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना बिरामी भएको प्रहरीले जनाएको छ । उत्तर प्रदेशको राजधानी लखनउबाट करिब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा उक्त घटना भएको हो । रामनगर प्रहरी चौकीमा कार्यरत एक प्रहरी अधिकारीले नक्कली मदिरा सेवन गरेका कारण छ जनाको मृत्यु भएको जानकारी आएको बताउनुभयो । स्थानीय मिडियाले भने मदिरा सेवनका कारण...
-
२०७६ जेठ १४, मंगलबार
हिंसा परी छुट्टाछुट्टै जेलमा ४० जना कैदी मारिए
उत्तरी ब्राजिलको चार ओटा जेलका सोमबार छुट्टाछुट्टै भएको हिंसामा परी ४० जनाको ज्यान गएको छ । शुरुका यस घटनामा परी ४२ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका थिए । तर केही समयपछि कुनै विस्तृत विवरण विना यस ंिहसामा परी ४० मारिएका अधिकारीहरुले बताएका समाचारमा उल्लेख गरिएको छ । ब्राजिलको ग्लोबो समाचार वेबसाइटका अनुसार सोमबार भएको यस घटनामा अन्य कैयौँ कैदी घाइते भएका छन् । ब्राजिलका कारागारहरूमा...
-
२०७६ जेठ १४, मंगलबार
जापानमा जथाभावी चक्कु प्रहार, दुईको मृत्यु, केही घाइते
जापानको राजधानी टोकियोको दक्षिणमा रहेको शहर कावासाकीमा चक्कुधारी एक व्यक्तिले मङ्गलबार बिहान एक १२ वर्षीया स्कुले छात्रा र एक पुरुषको हत्या गरेका छन् । चक्कु आक्रमणमा धेरै बालबालिका समेत एक दर्जनभन्दा बढी व्यक्तिलाई घाइते बनाएको प्रहरीले जनाएको छ । सडकमा जथाभावी चक्कु हिर्काउँदै हिँडेका ती व्यक्तिले अन्त्यमा आफैँलाई चक्कु हानी आत्महत्या गरेका थिए । टोकियोको दक्षिणतर्फ रहेको कावासाकी शहरमा यस्तो...
-
२०७६ जेठ १४, मंगलबार
अफगानिस्तानमा विद्यालयमाथिको आक्रमण बढ्यो
राष्ट्रसंघीय बालकोष युनिसेफ ले अफगानिस्तानमा गत वर्ष विद्यालयमाथि भएका आक्रमणका घटनामा तेब्बरले वृद्धि भएको जनाएको छ । विद्यालयमाथि निरन्तर भएका आक्रमणले बालबालिकाको शिक्षामा नकारात्मक असर परेको पनि युनिसेफले जनाएको छ । युनिसेफका अनुसार सन् २०१७ मा आक्रमणका ६८ वटा घटना रहेकामा गतवर्ष सन् २०१८ मा १९२ घटना भएका थिए । सन् २०१५ देखि विद्यालयमा आक्रमण हुनेक्रम बढेको पाइएको हो । अफगानिस्तानमा जारी १८...
-
२०७६ जेठ १४, मंगलबार
वैदेशिक रोजगारीमा ४३ लाख युवा
युवालाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रम ल्याएइपनि स्वदेशमा रोजागरीका उपयुक्त अवसर नभएको भन्दै ४३ लाख युवा रोजगारीको खोजीमा विदेशिएका छन् । आर्थिक वर्ष २०७४÷७५ सम्म ४३ लाख ६५ हजार ४१५ युवा वैदेशिक रोजगारीमा गएको सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । तीमध्ये ४१ लाख ६७ हजार ३१० पुरुष र एक लाख ९८ हजार १०५ महिला रहेका छन् । वैदेशिक रोजगारीमा जानेमध्ये दक्ष कामदारको सङ्ख्या निकै...
-
२०७६ जेठ १४, मंगलबार
महिला बेचबिखनमा तीन जना पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले मानव बेचबिखन तथा ओसार–पसारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलबाट प्रहरी टोली, माइती नेपाल र साना हातहरु नेपालको सहयोगमा एक युवतीसहित दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा नुवाकोट कल्याणपुर गाउँपालिका–९ घर भई हाल भारतको कलकत्ता बस्ने २४ वर्षीया कविता भन्ने मनिका तामाङ,...
-
२०७६ जेठ १४, मंगलबार
प्रदेश ३ को लगातार दोस्रो जीत
प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले लगातार दोस्रो जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का रहनुभएको प्रदेश ३ ले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेका हो । टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले दिएको १०९ रनको सामान्य लक्ष्यलाई प्रदेश ३ ले २२...
-
२०७६ जेठ १४, मंगलबार
कर्णाली सरकार र संसद्बीच भलिबल प्रतियोगिता
कर्णाली प्रदेश सरकार र संसद्बीच भएको आजको भलिबल प्रतियोगितामा संसद् टोली विजयी भएको छ । गणतन्त्र दिवस २०७६ को उपलक्ष्यमा भएको सो प्रतियोगितामा सोझो दुई सेट लिएर संसद् टोली विजयी भएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार र प्रदेश सभामुख राजबहादुर शाही नेतृत्वको संसद् टोलीबीच सो प्रतियोगिता भएको हो । यसैगरी ब्याटमिण्टनमा महिला र पुरुष दुवैतर्फ सरकारको टोलीले विजयी भएको छ ।...
-
२०७६ जेठ १४, मंगलबार
विद्यालय निर्माण सम्बन्धी सम्झौता
जिरी नगरपालिका–६ स्थित जिरी माविको सुविधा सम्पन्न भवन निर्माण हुने भएको छ । चीन सरकारको रु एक अर्ब १७ करोडको आर्थिक सहयोगमा सो भवन निर्माण हुन लागेको हो । भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सो सम्बन्धी आज भएको सम्झौतापत्रमा केन्द्रका महानिर्देशक बाबुराम पौडेल, चिनियाँ राजदूतावासका कन्सुलर झाङ्ग फान र तिब्बत इन्टरनेशनल एक्सचेञ्ज सर्भिसकी विन झेनले हस्ताक्षर गर्नुभयो...
-
२०७६ जेठ १४, मंगलबार
च्याउ उत्पादन परीक्षण सफल
हुम्लाको उच्चहिमाली क्षेत्रमा कन्ये जातको च्याउ उत्पादन परीक्षण सफल भएको छ । वर्षमा एक पटक मात्र च्याउ खेती गरिँदै आएकोमा यसपटक नयाँ जातको च्याउ परीक्षण गर्दा दुई पटकसम्म उत्पादन गर्न सकिने देखिएको छ । फागुनदेखि कार्तिकसम्म नौ महीनामा दुई पटकसम्म कन्ये च्याउको खेती गर्न सकिने परीक्षणबाट देखिएको सिमकोट गाउँपालिका कृषि शाखाका संयोजक नेत्रबहादुर शाहीले बताउनुभयो । यसअघि साउनदेखि कार्तिकसम्म मात्र...
-
२०७६ जेठ १४, मंगलबार
आलेख ः कैलाश मानसरोवर जाने यात्री बढे
हुम्लाको सदरमुकाम सिमकोट भएर कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीको सङ्ख्या एक हप्तामा ८०० पुगेको छ । कैलाश मानसरोवर दर्शनका लागि उपयुक्त समय शुरु भएलगत्तै भारतीय नागरिकले सिमकोटका होटेल र विमानस्थल यतिबेला भरिभराउ भएको छ । भारतीय तीर्थयात्री र अन्य देशबाट आउने पर्यटकका सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको सिमकोट विमानस्थल स्रोतले जनाएको छ । बुधबारसम्म मानसरोवर कैलाश यात्राका लागि सिमकोटको बाटो...


