STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ १३, सोमबार

    बन्दको आंशिक प्रभाव

    नेत्रविक्रम चन्द समूहले आज आह्वान गरेको बन्दबाट विराटनगरमा आंशिक प्रभाव परेको छ । बन्दको कारण शैक्षिक प्रतिष्ठान र औद्योगिक प्रतिष्ठान ठप्प छन् । बजारमा पसल खुला छन् । लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् । सडकमा जीप, कार, भ्यान, सिटीसफारी, मोरटरसाइकल, रिक्सा, साइकलजस्ता सवारीसाधन निर्वाधरुपमा चलिरहेका छन् । जिल्लामा कुनै अप्रिय घटना नभए पनि विराटनगर महानगरपालिका वडा नं ४ र १ को...

  • २०७६ जेठ १३, सोमबार

    पत्रकारको न्यूनतम पारिश्रमिकको माग

    प्रेस स्वतन्त्रताको वर्तमान अवस्थाको बारेमा नेपाल पत्रकार महासङ्घका पदाधिकारीले रसुवाका पत्रकारसँग आइतबार धुञ्चेमा भेटघाट गरी आइपरेका समस्या र समाधानका विषयमा छलफल गर्नुभएको छ ।     नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष गोविन्द आचार्य तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीको उपस्थितिमा भएको सञ्चार क्षेत्रको समस्या र समाधान विषयक छलफल कार्यक्रममा यहाँ कार्यरत पत्रकारले...

  • २०७६ जेठ १३, सोमबार

    गाउँपालिका भवन निर्माणमा जग्गादान

    तनहुँको बन्दीपुर गाउँपालिका–१ को कार्यालय भवन निर्माणका लागि सर्वसाधारणले रु पाँच करोड ६० लाख मूल्य बराबरको जग्गादान गरेका छन् । वडा कार्यालयको भवन निर्माणका लागि बन्दीपुर गाउँपालिका र कास्की जिल्ला निवासी सर्वसाधारणले चार रोपनी जग्गादान गरेका हुन् । बन्दीपुर गाउँपालिका–१ निवासी कृष्णराज अधिकारी, सुनिलबहादुर अधिकारी, अन्नपूर्ण गाउँपालिका–११ निवासी कुलप्रसाद गुरुङ, कृष्णकुमारी गुरुङ, पोखरा...

  • २०७६ जेठ १३, सोमबार

    सहकारी संस्थामै २५ करोड अपचलन

    नेपालगञ्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडमा रु २५ करोडभन्दा बढी अपचलन भएको छ । सहकारी वित्तीय संस्थामा कार्यरत केही कर्मचारीबाट ठूलो परिमाणमा रकम अपचलन भएको संस्थाको सञ्चालक समितिले जनाएको छ ।  ग्राहकको करीब रु ५२ करोड मौज्दात जम्मा गरेको संस्थामा रु २५ करोड  अपचलन हुँदा बचतकर्ताले जम्मा गरेको रकम निकाल्न पाएका छैनन् । बचतकर्तालाई दिने रकम नभएपछि आइतबारदेखि संस्थाको बोर्ड बैठकले बैंकिङ...

  • २०७६ जेठ १३, सोमबार

    दुई परिवारले वडालाई दिए निःशुल्क जग्गा

    यहाँका स्थानीयले वडा कार्यालयलाई निःशुल्क जग्गा उपलब्ध गराएका छन् । वालिङ नगरपालिका–२ को वडा कार्यालयको भवन निर्माणका लागि दुई परिवारले आठ आना जग्गा उपलब्ध गराएका हुन् ।    वालिङ वडा नं २ सिमलचौपारीका सूर्यप्रसाद रेग्मी र ईश्वरीप्रसाद रेग्मीले चार आना, डबलप्रसाद रेग्मी र थानेश्वर रेग्मीले चार आना गरी कूल आठ आना जग्गा वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क उपलब्ध गराउनुभएको वडा अध्यक्ष पोतप्रसाद...

  • २०७६ जेठ १३, सोमबार

    पोखराको तीन ठाउँमा शङ्कास्पद वस्तु

    पोखराको विभिन्न तीन ठाउँमा आज बिहान शङ्कास्पद वस्तु देखिएको छ । सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी गराउनुभयो ।   ती शङ्कास्पद वस्तु राखिएको क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा...

  • २०७६ जेठ १३, सोमबार

    विप्लवका कार्यकर्ताद्वारा बसमा आगजनी

    नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् ।  गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन् ।   जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको...

  • २०७६ जेठ १३, सोमबार

    १० वर्षमा पनि बनेन् दुखुखोलाको पुल

    २०६७ सालमा निर्माण शुरु गरिएको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत दुखुखोलाको मोटरेबल पुल १० वर्ष बितिसक्दा पनि निर्माण हुन नसक्दा पश्चिम म्याग्दीका तीन गाउँपालिकाका हजारौँ जनताले सास्ती खेप्न बाध्य भएका छन् । तत्कालीन जिल्ला विकास समितिअन्तर्गत सञ्चालित विकेन्द्रीत ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम ९ड्रिलीप० मार्फत् २०६७ मा शुरु भएको मोटरेबल पुल १० वर्ष बितिसक्दा पनि...

  • २०७६ जेठ १३, सोमबार

    दुईवटा ट्रकमा आगजनी

    नेत्र विक्रम चन्द समुहले आज आह्वान गरेको नेपाल बन्दका कारण मकवानपुरको जनजीवन प्रभावित बनेको छ । मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी भएको छ भने हेटौँडाको बुद्धचोकमै बम फेला परेको छ ।   मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईका अनुसार बुद्धचोकमा फेला परेको बम नेपाली सेनाले निस्क्रिय गरिसकेको छ । आज यहाँ बिहान करीब १ बजे मिनिट्रकमा आगजनी भएको छ ।   हेटौँडा चौकीटोलस्थित रोकेर राखिएको ना ७ ख...

  • २०७६ जेठ १३, सोमबार

    अस्पतालमा जनशक्ति अभावले उपचारमा समस्या

    पर्वत जिल्ला अस्पतालमा जटिल सुत्केरी, एपेन्डीसाइटिस, हाइड्रोसिललगायत सामान्य शल्यक्रिया सेवा शुरु भएको दुई वर्ष भइसक्यो । उच्च प्रविधिको डिजिटल एक्सरे सेवा शुरु भएको अस्पताल विकास समितिको दाबी छ । समिति भन्छ, “थाइराइड परीक्षण, रगतको जाँच चौबीसैँ घण्टा इमर्जेन्सी सेवा विस्तार गरेका छौँ ।”  १५ श्यया क्षमताको अस्पतालमा यस्ता सेवा शुरु हुनुलाई असाधारण सेवा प्रदान गरिएको समितिको भनाइ हो तर, यी सेवा...

  • २०७६ जेठ १३, सोमबार

    युनियनको रजत वर्ष शुभारम्भ गर्दै वाकाथुन

    नेपाल प्रेस युनियन चितवनको आयोजनामा आज बिहान यहाँ सामूहिक हिँडाइ वाकाथुन कार्यक्रम सम्पन्न भएको छ । भरतपुरको चौबिसकोठीबाट नारायणगढको पुल्चोकसम्म झण्डै ५०० सहभागीसँगै हिँडेका थिए ।  युनियनले रजत वर्ष शुभारम्भको अवसरमा कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, नेपाली...

  • २०७६ जेठ १३, सोमबार

    कामको ज्याला नपाएपछि प्रशासनमा उजुरी

    काम गरेको ज्याला नपाएपछि न्यायका लागि जिल्लीका स्थानीयवासी जिल्ला प्रशासन कार्यालय पुगेका छन् । बस्ती संरक्षण कार्यक्रमअन्तर्गत पहिरो प्रभावित क्षेत्रमा जाली भर्ने काममा लगाएको पनि ज्याला नदिएर ठेकेदार फरार रहेको कामदारको गुनासो छ । जिल्लीको त्रिवेणी नगरपालिका छतारा बस्ने हर्कबहादुर शाह आधा काम गराएर सम्पर्क बाहिर रहेका छन् । काम गरेको दुई वर्ष बितिसक्दा पनि ज्याला नदिएको स्थानीय डबल विकले...

Pages