-
२०७६ जेठ १३, सोमबार
सगरमाथाको फेदीबाट उपप्रधानमन्त्रीको आह्वान ‘वातावरण संरक्षणमा जुटौँ’
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वच्छ वातावारण र दीर्घ जीवन चाहने संसारभरका मानिसलाई सगरमाथा हिमाल सफाइ अभियानमा जोडिन आह्वान गर्नुभएको छ ।सगरमाथा हिमाल सफाइ अभियान–२०७६ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “ वातावरण र हिमाल संरक्षणमा रुचि राख्ने विश्वभरकै मानिसका लागि यो अभियान जनचेतना जगाउने अभियानका रुपमा रहेको छ ।” नेपालका गौरवपूर्ण इतिहास बोकेका प्राकृतिक...
-
२०७६ जेठ १३, सोमबार
जापानका नयाँ सम्राटलाई भेट्ने ट्रम्प पहिलो विदेशी नेता
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जापानका नयाँ सम्राट नारुहितोलाई भेट्ने पहिलो विदेशी नेता बन्नु भएको छ । नारुहितो र ट्रम्पबीच टोकियो दरबारमा सोमबार भेटवार्ता भएको जापानी अधिकारीहरुले जानकारी दिएका छन् । त्यसअवसरमा जापानी सेनाले ट्रम्पलाई उच्च सम्मान प्रकट गरेको थियो । त्यतिबेला ट्रम्पले कालो कोट र रातो टाई लगाउनु भएको थियो भने जापानी सम्राटले उज्यालो निलो टाई लगाउनु भएको थियो । भेटमा जापानी...
-
२०७६ जेठ १३, सोमबार
अस्पताललाई बजेट माग
यहाँ सञ्चालन भएका आँखा अस्पतालको विकासका लागि गुरुयोजना तयार पारी प्रदेश सरकारसँग बजेट माग गरिएको छ । प्रदेशसभाका सदस्य, राजनीतिक दल र अस्पतालका प्रशासकको टोलीले प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल र सामाजिक विकासमन्त्री सुदर्शन बरालसँग आइतबार भेट गरी अस्पतालको विकास गर्न बजेट माग गर्नुभएको हो । नेपाल नेत्रज्योति सङ्घ दाङले सङ्घद्वारा सञ्चालन भएका राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल र...
-
२०७६ जेठ १३, सोमबार
विमानस्थल पुनः सञ्चालनको माग
कञ्चनपुर भीमदत्तनगरपालिका–१६ स्थित मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् । विमानस्थल सञ्चालनका लागि दबाब दिन यहाँका युवा तथा नागरिक समाजका अगुवाको पहलमा मझगाउँ विमानस्थल सङ्घर्ष समितिसमेत गठन गरिएको छ । सामाजिक सञ्जालमासमेत पछिल्लो केही दिनयता धगनगढीस्थित गेटा विमानस्थलको विकल्पमा भीमदत्तनगरको मझगाउँ विमानस्थल सुचारु हुनुपर्ने माग बढिरहेको छ । पूर्व वन अधिकृत रमेश...
-
२०७६ जेठ १३, सोमबार
बन्दले उपत्यकामा आंशिक असर
नेत्रवित्रम चन्द ‘विप्लव’ समूहको बन्दका कारण आज उपत्यकामा आंशिक असर पारेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार काठमाडौँमा भएको बम विष्फोटनले उत्पन्न त्रासका कारण आज उपत्यकामा साविक झँै सार्वजनिक गाडी नचलेका हुन् । निजी गाडी भने सञ्चालनमा छ । उपत्यका बाहिर भने केही बढी असर परेको प्रहरीले जनाएको छ । विभिन्न जिल्लामा बसमा आगजनी गराइएको पाइएको र यस क्रममा विभिन्न क्षेत्रबाट पाँच जनालाई...
-
२०७६ जेठ १३, सोमबार
परम्परागत रुपमा बनाइएको घुमाउने घर लोप हुँदै
निस्दी गाउँपालिका–३ झिरुवासको खाँदर क्षेत्र कुनैबेला परम्परागत रुपमा बनाइएका ‘घुमाउने घर’ले भरिएको थियो । झन्डै एक दशकअघिसम्म गाउँभरि नै पुरानो घुमाउने आकारमा बनाइएका घर लहरै थिए । यसले गाउँ नै सुन्दर र रमाइलो देखिन्थ्यो । तर आधुनिकताको प्रवेशसंगै पछिल्लो समयमा घुमाउने घर क्रमशः लोप हुँदै गएको छ । पहिला अन्यत्र गएर गाउँमा कमाउने खासै हुँदैनथे, बाउ बाजेले बनाएका घुमाउने घरमै जीविका...
-
२०७६ जेठ १३, सोमबार
सरकारी उद्योगको कपडा कर्मचारीले अनिवार्य खरीद गर्नुपर्ने– मन्त्री यादव
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले हेटाँैडा कपडा उद्योगबाट उत्पादन हुने कपडा अनिवार्यरूपमा सरकारी कर्मचारीले प्रयोग गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले उद्योग भाडामा सञ्चालन गर्ने र नेपाली सेना, प्रहरीले आवश्यकताअनुसारको उत्पादन प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री यादवले उच्च अदालतको न्यायाधीशको नेतृत्वमा गठन...
-
२०७६ जेठ १३, सोमबार
भाजपा कार्यकर्ताको हत्या
भारतीय जनता पार्टी भाजपा का एक जना कार्यकर्ताको पश्चिम बङ्गालमा गोली हानी हत्या भएको छ । भारतको पश्चिम बङ्गालमा हतियारधारी अज्ञात व्यक्तिले गोली हानेर ती व्यक्तिको हत्या गरेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । हत्या हुनेमा ३६ बर्षका चन्दन साउ रहेको बताइएको छ । उहाँमाथि आइतबार राति भातपारा क्षेत्रमा आक्रमण भएको हो । घटनास्थल पश्चिम बङ्गाल प्रदेशको राजधानी कोलकातादेखि ३३ किलोमिटर टाढा पर्दछ...
-
२०७६ जेठ १३, सोमबार
गणतन्त्र दिवसका लागि तयारी गर्दै कामपा
काठमाडौँ महानगरपालिका गणतन्त्र दिवस मनाउन सरसफाइ र सजावटको काममा जुटेको छ । आगामी जेठ १५ गते मनाइने ११औँ गणतन्त्र दिवसका लागि कामपाले प्रमुख विद्यसुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थान उपसमिति नै गठन गरेर तयारी थालेको छ । उपसमितिका सदस्य सचिव विष्णु जोशीका अनुसार तयारीस्वरुप अहिले सरसफाइ र अन्य सजावको काम भइरहेको छ । उक्त दिन कामपाको तर्फबाट खानेपानीको व्यवस्था, बस्नका लागि एक हजार...
-
२०७६ जेठ १३, सोमबार
विद्रोही पक्षसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकमा सांसदले राजधानीलगायत जिल्लामा बढ्दै गएको हत्या, हिंसा तथा महिला यौन दुव्र्यवहारका घटना बढ्दै गएकामा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद लालकाजी गुरुङ, बहादुरसिंह लामा, शान्ता चौधरी, सत्यनारायण शर्मा खनाल, सत्य पहाडी समिना हुसेन, सरिताकुमारी गिरी, सीतादेवी यादव, स्मृतिनारायण चौधरी, सुजाता परियार, हरिराज अधिकारी,...
-
२०७६ जेठ १३, सोमबार
प्रस्ताव स्वीकृत
‘गुठी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट बहुमतले स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेश गर्नुभएको थियो । सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि प्रस्ताव बहुमतले स्वीकृत भएको हो । सांसद अनिता देवकोटाले निजी गुठीलाई प्राधिकरणको रूपमा भन्दा पनि...
-
२०७६ जेठ १३, सोमबार
दुई विधेयक विधायन समितिमा
राष्ट्रियसभाको आजको बैठकमा ‘सङ्घ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले...


