STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ १२, आइतबार

    चेपाङ–महाभारत पदमार्गको सम्भाव्यता अध्ययन

    सरकारले पर्यटकीय गन्तव्यस्थल ‘चेपाङ–महाभारत पदमार्ग’को सम्भाव्यता अध्ययन शुरु गरेको छ । धादिङ, मकावापुर र चितवन तीन जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा जोड्नका लागि सो पदमार्ग उपयुक्त देखिएको छ । अन्वेशषात्मक तथा प्रवद्र्धनात्मक भ्रमणले ती तीन जिल्लामा पर्ने पदमार्गले पर्यटकीय क्षेत्रको विकास गर्न सकिने निष्कर्ष निकालिएको छ । एउटै पदमार्गबाट बाह्य तथा आन्तरिक पर्यटकले तीन जिल्लाको सांस्कृतिक,...

  • २०७६ जेठ १२, आइतबार

    बहुउपयोगी सतुवा खेतीतर्फ कृषकको आकर्षण

    अलैँचीको हव जिल्लाको रुपमा परिचित लमजुङका कृषकको पछिल्लो समयमा बहुउपयोगी सतुवा खेतीतर्फ आकर्षण बढेको छ । बहुऔषधि गुणले युक्त भएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सतुवाको माग उच्च रहेकाले जिल्लाका कृषकको आकर्षण देखिएको हो । लमजुङमा झण्डै ५०० कृषकले व्यावसायिक रूपमा सतुवा खेती गर्न थालेका छन् । मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङले विसं २०७४ बाट सतुवा खेती गर्नुभएको छ । उहाँले...

  • २०७६ जेठ १२, आइतबार

    छ सय विद्यार्थीलाई शैक्षिक सामग्री

    जापान समाज बिहुँकोट, बागलुङले काठेखोला गाउँपालिका–५ र ६ मा रहेका १२ विद्यालयका आधारभूत तहमा अध्ययनरत ६०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । झोला, कपी, कलमसहित प्राथमिक उपचारमा प्रयोग हुने औषधिसमेत प्रदान गरिएको समाजले जनाएको छ । रु चार लाख ५० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको समाजका अध्यक्ष गौरीशङ्कर सुवेदीले बताउनुभयो । अमर माविसहित, नवयुवक, करलिम, ग्राम विकास, खोलातिर, भीमसेन...

  • २०७६ जेठ १२, आइतबार

    नगरपालिकाको आम्दानी ९१ करोड ७४ लाख

    मध्यपुरथिमि नगरपालिकाले चालू आव २०७५–७६ मा रु ९१ करोड ७४ लाख ४१ हजार आम्दानी गरेको छ । निर्वाचित जनप्रतिनिधिको पदबहालीको दुईवर्षे कार्यकालको समीक्षा गर्दै मध्यपुरथिमि नगरपालिकाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले यसबारे जानकारी दिँदै दोस्रो नगरसभाबाट स्वीकृत कूल बजेटमा वैशाख मसान्तसम्म ७७।७५ प्रतिशत आम्दानी गर्न सफल भएको बताउनुभयो । नगरपालिकाले आयतर्फ आन्तरिक...

  • २०७६ जेठ १२, आइतबार

    आगलागीबाट २२ लाख बढीको क्षति

    पाँचथरको फिदिम–१ जामुनले खोल्सी छेउमा अवस्थित एक वर्कसपमा आगलागी हुँदा रु २२ लाख बढीको क्षति भएको छ । विद्युत् चुहिएर भएको आगलागीबाट वर्कसपमा भएको सामान तथा मर्मतका लागि ल्याइएको गाडीसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । फिदिम–४ बस्ने दिपेन श्रेष्ठले सञ्चालन गरेको वर्कसपमा आगलागी भएको हो । राति साढे १२ बजेतिर लागेको आगो दमकल र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो ।...

  • २०७६ जेठ १२, आइतबार

    सुजनको गृहकार्य हेर्ने अभिभावक सञ्चारमन्त्री

    सूचना तथा सञ्चार, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा एकाएक सुजनलाई आँगनदेखि नै डो¥याउँदै उनको कोठामा लगेर कापी–किताब माग्नुभयो । सुजनले आफ्नो ब्यागमा भएको सबै किताब–कापी क्रमैसँग मन्त्री बाँस्कोटाको हातमा राखिदिए । पाँचखाल नगरपालिका–१२ बालुवास्थित सुजन दनुवारको घरमा शनिबार अपराह्न पुग्नुभएका मन्त्री बाँस्कोटाले सुजनलाई शुक्रबार दिइएको गृहकार्य सरासर हेर्दै कक्षा १ बाट हासिल गरेको स्थानबारे...

  • २०७६ जेठ १२, आइतबार

    कालीगण्डकी प्रसारण आयोजना ४५ प्रतिशत पूरा

    पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ स्थित सूर्यबस्तीमा जारी कालीगण्डकी प्रसारण करिडोर आयोजनाअन्तर्गतको सवस्टेशन निमार्र्णकार्य करीब ४५ प्रतिशत पूरा भएको छ । कालीगण्डकी प्रसारण लाइनअन्तर्गत बडेरा सूर्यबस्ती ९न्यू बुटवल २२०÷१३२ केभी सवस्टेशन० आयोजनाको निमार्णकार्य पूरा हुन अझै करीब चार महीना लाग्ने आयोजनाले जनाएको छ । २२०÷१३२÷३३÷११ केभी सवस्टेशनमा पहिलो र दोस्रो चरण गरी तीन ट्रान्सफर्मर राखिने...

  • २०७६ जेठ १२, आइतबार

    स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन

    विगतमा झाडापखाला, स्वाइनफ्लुलगायतका रोगबाट झण्डै २५० भन्दा बढीको मृत्यु भएको जाजरकोटमा यो पटक भने जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा विभागको निर्देशनअनुसार काज वा बिदामा नबस्न परिपत्र गरिएको छ । यो समय महामारी फैलनसक्ने भएकाले अत्यावश्यक कामबाहेक बिदामा छाड्न नमिल्ने र बिदामा बस्नैपर्ने अवस्था आए वैकल्पिक व्यवस्था गरेर मात्र बिदा स्वीकृति गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी...

  • २०७६ जेठ १२, आइतबार

    शालग्राम सङ्ग्रहालय निर्माणमा ८० लाख बजेट

    शालग्राम संरक्षणका बागलुङ नगरपालिका–४ कुँडुलेमा निर्माणाधीन भूमिगत शालग्राम सङ्ग्रहालयका लागि गण्डकी प्रदेश सरकारले रु ८० लाख बजेट विनियोजन गरेको छ ।  शालिग्राम सङ्ग्रहालयको विस्तृत योजना प्रतिवेदन डिपिआर कार्यान्वयनका लागि बागलुङ नगरपालिकाको पहलमा प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले हालै उक्त रकम विनियोजन गरेको हो । विश्वमै दुर्लभ मानिने शालग्राम शिलाको संरक्षणका लागि निर्माण...

  • २०७६ जेठ १२, आइतबार

    जिपको ठक्करबाट एक युवकको मृत्यु

    कपिलवस्तुको मायादेवी गाउँपालिका–८ वरकुलगाउँमा जिपको ठक्करबाट आज बिहान एक युवकको मृत्यु भएको छ । लु१ज ४१७५ नंको जिप अनियन्त्रित भई पल्टिँदा सो जिपका सहचालक मायादेवी गाउँपालिका–८ बरकुलका ३० वर्षीय विनोद चमारको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताउनुभयो । जिप चालक भने फरार भएको प्रहरीले जनाएको छ ।

  • २०७६ जेठ १२, आइतबार

    महिलाको हत्या

    सर्लाहीको धनकौल गाउँपालिकामा एक महिलाको हत्या गरी शव फालिएको अवस्थामा हिजो साँझ फेला परेको छ । धनकौल गाउँपालिका–४ स्थित मैनाथपुरमा पहिचान नखुलेको करीब २५ वर्षीया विवाहित महिलाको हत्या गरी फालिएको अवस्थामा बेवारिसे शव फेला परेको हो । मैनाथपुर बागमती बाँधदेखि पश्चिम सिसौघारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । क्रिम र रातो रङको साडी, खैरो रङको चोलो लगाएकी महिलाको पहिचान...

  • २०७६ जेठ १२, आइतबार

    धारिलो हतियार प्रयोग गरी युवकको हत्या

    दैलेखमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुुसार भैरवी गाउँपालिका–६ कुटीमा युवकको हत्या भएको हो । महाबु गाउँपालिका–५ का २५ वर्षीय युवक गोविन्दबहादुर सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले बताउनुभयो । सिंहको शनिबार राति ११ बजेतिर हत्या भएको प्रहरीले जनाएको छ । हत्या कसले र किन ग¥यो भन्नेबारे खुल्न...

Pages