-
२०७६ जेठ १२, आइतबार
कार्गो जहाजमा ग्यास चुहिएर दुर्घटना, मृतकको संख्या १० पुग्यो
चीनको शानदोङ प्रान्तको लोङयान बन्दरगाहमा शनिबार एउटा सामान बोक्ने पानीजहाजबाट कार्बन डाइअक्साइड ग्यास चुहिएका कारण दश जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार फुजियान सिपिङ कम्पनीको जहाज मर्मतका क्रममा ग्यास चुहिएको हो । उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था स्थिर रहेको छ । ग्यास चुहिएको सम्बन्धमा जिम्मेवार...
-
२०७६ जेठ १२, आइतबार
मदरसा शिक्षाको मूलप्रवाहीकरण
‘‘पवित्र कुरानले शिक्षा तथा तालीम लिनुपर्ने व्यवस्था गरेको छ । तर हामी आफ्नो धर्म संस्कृतिमाथि आक्रमण हुने शैक्षिक व्यवस्थालाई मान्न कदापि तयार छैनौँ ।” मुस्लिम धर्मगुरु एवं नेपालगञ्जको बरकतिया मदरसा विद्यालयका प्रधानाध्यापक मौलाना जियाउल मुस्तफा नुरानीको यो भनाइले मुस्लिम समुदाय शिक्षाप्रेमी हुनुका साथै आफ्नो धर्मप्रति पनि उत्तिकै प्रतिबद्ध रहेको देखाउँछ । “मदरसा भनेकै खासमा मुस्लिम समुदायको...
-
२०७६ जेठ १२, आइतबार
थाइल्याण्डका पूर्व प्रधानमन्त्री तीनसुलानन्दको निधन
थाइल्याण्डका पूर्व प्रधानमन्त्री प्रेम तीनसुलानन्दको आइतबार ९८ बर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण उहाँको निधन भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । बैङ्ककमा रहेको फ्रा मोङ्कुत्क्लाओ अस्पतालमा उहाँको निधन भएको जनाइएको छ । उहाँ गत सन् २०१६ मा तत्कालीन राजा महाभाजिरालङकर्नको निधनपछि शाही सल्लाहकार परिषद्को अध्यक्षका हैसियतले नयाँ राजा चयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो...
-
२०७६ जेठ १२, आइतबार
रामग्राम स्तुपबाट दोस्रो चरणको ‘रोड शो’ शुभारम्भ
प्रदेश नं ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को प्रचारप्रसार गर्ने उद्देश्यले दोस्रो चरणको रोड शो सडक प्रदर्शनी आजदेखि शुरु भएको छ । बीस लाख पर्यटक भित्र्याउने गरी प्रदेश सरकारले गत जेठ ४ गते भ्रमण वर्षको औपचारिक घोषणा गरेको थियो । पश्चिम नवलपरासीस्थित भगवान गौतमबुद्धको अस्तुधातु सुरक्षित रहेको विश्वकै एकमात्र स्थल रामग्राम स्तूपबाट आज बिहान दोस्रो चरणको सडक प्रदर्शनी शुभारम्भ गरिएको...
-
२०७६ जेठ १२, आइतबार
तल्लो मोदीखोलाबाट असार पहिलो सातादेखि परीक्षण उत्पादन
पर्वतमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोनाको उत्पादन मिति फेरि पनि लम्बिएको छ । वैशाखभित्रै विद्युत उत्पादन गर्ने बताइएपनि केही प्राविधिक कमजोरीका कारण असार पहिलो साता परीक्षण उत्पादन थाल्ने जनाइएको छ ।उक्त आयोजनाको ग्रिडकनेक्सन र टनेलमा देखिएको समस्याका कारण परीक्षण उत्पादन फेरी असार पहिलो साता पुगेको हो । निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरिरहेको टनेल...
-
२०७६ जेठ १२, आइतबार
चारैतिर खानेपानीको हाहाकार
‘कोटेलीको दलित बस्ती सुनकोट’ नाम सुन्दर छ । तर सो गाउँको कथा कुरुप छ । यो गाउँ नवदुर्गा गाउँपालिका–१ मा पर्छ । गाउँमा दलित समुदाय छ । सबैका घरमा निलो रङको ‘जर्किन’ छन् । जर्किन भारतबाट किनेर ल्याएका हुन् । उनीहरु कथा जर्किनबाटै शुरु हुन्छ । बिहीबार दिँउसो ४ बजे । सधैँजसो घरघरबाट महिला निलो जर्किन लिएर हतारहतार गाउँमाथिको खानेपानी ट्याङ्कीमा पुगे । ट्याङ्कीमा भीड लाग्यो । भीडमा थिइन् ५० वर्षीया...
-
२०७६ जेठ १२, आइतबार
फोक्सुण्डो तालको गहिराइ नाप्न विज्ञ टोली डोल्पामा
डोल्पाको फोक्सुण्डो तालको गहिराइ पुनःमापन गर्न मौसम विज्ञान विभागले विज्ञ टोली खटाएको छ । नेपालकै गहिरो तालका रूपमा परिचित फोक्सुण्डो तालको गहिराइका विषयमा विवाद उत्पन्न भएपछि पुनःमापन गर्नका लागि विज्ञ टोली पुगेको हो । शे–फोक्सुन्डो गाउँपालिका–८ रिग्मो गाउँमा अवस्थित फोक्सुण्डोको गहिराइ नाप्न १० जनाको विज्ञ टोली डोल्पा आइपुगेको छ । नेशनल हाइड्रोलोजिकल एण्ड मेट्रोलजिकल रिसर्च सेन्टर एण्ड...
-
२०७६ जेठ १२, आइतबार
भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनको पुनःनिर्माण शुरु
भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त भएका मकवानपुरको थाहा नगरपालिका–११ टिस्टुङ नौ खण्डेस्थित बागेश्वरी माध्यामिक विद्यालयको नयाँ भवनको निर्माण कार्य शुरु भएको छ । जापानी सहयोग नियोग जाइकाको रु आठ करोड ९२ लाखको आर्थिक सहयोगमा शुरु भएको सो भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न भवनमा २७ कोठा रहने छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रेखदेखमा एक वर्षभित्रमा निर्माण सम्पन्न हुने गरी कार्य अगाडि बढाएको...
-
२०७६ जेठ १२, आइतबार
अवैध औषधि पसल खुल्ने क्रम बढ्दो
औषधिको व्यापारबाट राम्रो आम्दानी हुने भएपछि सिरहा सदरमुकामलगायत ग्रामीण क्षेत्रमा धमाधम अवैधरुपमा औषधि पसल खुल्ने क्रम बढ्न थालेको छ । औषधि व्यवस्था विभागबाट नियमित अनुगमन नहुँदा त्यस्ता नयाँ औषधि पसल खुल्दै गएका हुन् । जिल्लाको दक्षिणी तथा पश्चिमी क्षेत्रमा दिनानुदिन च्याउ उम्रिए झैँ निजी क्लिनिक तथा औषधि पसल खोलिँदै आएपछि यहाँका ग्रामीण क्षेत्रका बासिन्दा ठगिएका छन् । जिल्लाका धेरैजसो क्षेत्रमा...
-
२०७६ जेठ १२, आइतबार
पश्चिम बंगालमा भूकम्प
भारतको पश्चिम बंगाल राज्यको बान्कुडा जिल्लालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ४।८ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार बिहान करिब १०।३९ बजे गएको उक्त भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको स्थानीय अधिकारीहरुले बताएका छन् । शनिबार पनि अन्दमान निकोबार क्षेत्रमा ५ र ४।८ म्याग्नीच्यूडका भूकम्पहरु गएका थिए ।
-
२०७६ जेठ १२, आइतबार
हेलिकोप्टर दुर्घटनामा पाँच सैनिकसहित छ जनाको मृत्यु
मेक्सिकोमा भएको हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिकसहित छ जनाको मृत्यु भएको छ । जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर शुक्रबार दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । देशको उत्तरी क्वेरेतारो प्रदेशमा पर्ने दुर्गम पहाडी क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको राष्ट्रपति अन्द्रेस म्यानुयल लोपेज ओब्राडोरले शनिबार जानकारी दिनुभयो । एमआई—१७ हेलिकोप्टर छिमेकी सान लुइस पोटोसी प्रदेशको...
-
२०७६ जेठ १२, आइतबार
बलात्कारको आरोपमा मात्र नौ वर्ष छ महीना कैद
बाह्र वर्षीया एक बालिकालाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत मकवानपुरले नौ वर्ष छ महीना कैद गर्ने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश खडानन्द तिवारीको एकल इजलासले दोलखा घर भई हेटौँडा–२ मा डेरा गरी बस्ने प्रविण थापामगरलाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । दोषीबाट पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने आदेश पनि गरेको अदालत स्रोतले जनाएको छ । प्रविणमाथि गत भदौ ११ गते बालिकालाई...


