STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ १२, आइतबार

    सिकलसेल एनिमियाको औषधि अभाव

    दाङमा सिकलसेल एनिमियाको औषधि अभाव भएको छ । औषधि नहुँदा बिरामी मारमा परेका छन् । विगत ५÷६ महीनादेखि आफूहरूले औषधि नपाएको दाङ तुलसीपुरका सिकलसेल एनिमियापीडित जीतबहादुर चौधरीले बताउनुभयो । “५÷६ महीना भयो, हामीले औषधि पाएका छैनौँ”, उहाँले भन्नुभयो, “अहिले दाङमा औषधि नपाउँदा भारत जानुपर्ने बाध्यता रहेको छ ।” राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिकलसेल एनिमियाका बिरामीलाई रु एक लाख बराबरको निःशुल्क...

  • २०७६ जेठ १२, आइतबार

    नेपाली बजारमा भारतीय अखाद्य खानेतेल प्रयोग

    नेपाली बजारमा भारतीय खानेतेल प्रतिबन्धित छ । भारतीय तेल नेपाली बजारमा गैरकानूनीरूपमा बिक्री हुन थालेपछि गत वर्षदेखि सरकारले नै प्रतिबन्ध लगाएको हो । तर, नेपालगञ्ज भन्सार हुँदै अखाद्य भारतीय खानेतेल परीक्षण र जाँचविना भित्रिरहेको छ । भारतीय ब्राण्डका चक्र, तुलसी, जयभारत, सनलाइट, टेक्टर र बैलकोलु, सनमुन, फरट्युन, तड्कालगायतका गुणस्तरहीन खानेतेल खुलेआम नेपाल भित्रिरहेका छन् । सीमावर्ती भारतीय बजार...

  • २०७६ जेठ १२, आइतबार

    तरकारी एवं पशुपालनबाट मनग्य आम्दानी

    परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई त्याग्दै व्यावसायिक खेती एवं पशुपालन गर्ने हो भने मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरालाई यहाँका कृषकले चरितार्थ गरेका छन् । पोखरा महानगरपालिका–१४ राधाकृष्ण टोलमा सञ्चालन गरेको राधिका एग्रो फार्मले व्यावसायिक तरकारी एवं पशुपालनबाट राम्रो आम्दानी गरेर यतिखेर सबैका लागि अनुकरणीय बनेको हो । भाडामा लिएको १६ रोपनी जग्गामा निर्माण गरिएका हाइटेक ग्रीनहाउस भित्र...

  • २०७६ जेठ १२, आइतबार

    उपराष्ट्रपति पुन अष्ट्रिया प्रस्थान

    उपराष्ट्रपति नन्दबहादुर पुन युरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि आज बिहान त्यसतर्फ प्रस्थान गर्नु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास बैरागीले बिदाइ गर्नुभयो ।...

  • २०७६ जेठ १२, आइतबार

    महिला पत्रकार महर्जनको सगरमाथा आरोहणको कीर्तिमान

    महिला पत्रकार कल्पना महर्जनले विश्वको सर्वोच्च शिखर सगरमाथाको उत्तरी मोहोडाबाट २३ मे २०१९ २०७६ जेठ ९ गते बिहीबार बिहान १० बजेर २० मिनेटमा सफल आरोहण गर्नुभएको छ ।  उहाँले नेपालतर्फ रहेको दक्षिण मोहोडाबाट गतवर्ष सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।  उत्तरतर्फको मोहोडाबाट सफल आरोहण गरेसँगै दुवै मोहोडाबाट सगरमाथा शिखर चुम्ने विश्वकै पहिलो महिला पत्रकारको कीर्तिमानी राख्न महर्जन सफल हुनुभएको छ ।...

  • २०७६ जेठ १२, आइतबार

    प्रदेश समन्वय परिषद्को बैठक

    सुदूरपश्चिम प्रदेश, प्रदेश समन्वय परिषद्को दोस्रो बैठक आज यहाँ शुरु भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा शुरु भएको बैठकमा प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, मन्त्रालयका सचिव, मुख्य न्यायधिवक्ता, प्रदेशका सबै ८८ स्थानीय तहका प्रमुख, उपप्रमुख, नौ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख लगायतको सहभागिता रहेको छ ।      बैठकमा जिल्ला समन्वय समितिको समन्वयकारी भूमिका,...

  • २०७६ जेठ १२, आइतबार

    ‘बोनम्यारो’पीडिललाई दुई लाख

    काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ महादेवटारका १५ वर्षीय ‘बोनम्यारो’पीडित राजु रखालमगरको उपचारका लागि देश÷विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकम उनका बुबा विष्णु रखालमगरलाई हस्तान्तरण गरिएको छ ।विगत दुई वर्षदेखि ‘बोनम्यारो’ले काम छोडेपछि उनले काठमाडौँको सिभिल अस्पतालमा उपचार गराइरहेका छन् । उपचारकै क्रममा भएको रकम सबै सकिएपछि सहयोगका लागि उनका बुबा विष्णु रखालमगरको आग्रहमा स्थानीयवासीले सहयोग...

  • २०७६ जेठ १२, आइतबार

    आचार्य बालकृष्णले पाए युएन स्वास्थ्यसेवा पदक

    भारतको पतन्जली आयुर्वेद लिमिटेडका व्यवस्थापन निर्देशक आचार्य बालकृष्णलाई स्वीट्जरल्यान्डको जेनेभामा “स्वास्थ्यसेवा सम्बन्धी युएनएसडीजी १० सर्वाधिक प्रभावशाली पुरस्कार” प्रदान गरिएको छ । आचार्य बालकृष्णले पतन्जली समूहका तर्फबाट उक्त पुरस्कार प्राप्त गर्नुभएको हो ।  पुरस्कार प्राप्त गरेपछि ट्वीट गर्दै आचार्य बालकृष्णले योग र आयुर्वेदलाई विश्वस्तरमा मूलप्रवाही गर्न योगदान गर्नेहरुप्रति आफूले...

  • २०७६ जेठ १२, आइतबार

    श्रीलंकामा पाँच शंकास्पद आतङ्कवादीका बैंक खातामा अवैध रकम

    श्रीलंकामा पाँच जना शंकास्पद आतङ्ककारीका बैंक खातामा एक अर्ब भारतीय रुपैयाँ भेटिएको एकजना वरिष्ट प्रहरी अधिकारीले बताएका छन् । उनीहरु श्रीलंकामा सक्रिय इस्लामिक चरमपन्थी संगठन नेसनल थहिद जमाथ एनटीजे सँग आबद्ध रहेको एक दिनअघि मात्र थाहा भएको थियो । एनटीजेसँग आबद्ध रहेको आशंकामा शुक्रबार ती पाँचै जनालाई होरोपाथानामा पक्राउ गरिएको थियो । डेली मिररका अनुसार श्रीलंकामा भएको पछिल्लो बम आक्रमणमा संलग्न...

  • २०७६ जेठ १२, आइतबार

    अफगानिस्तानमा सरकारी फौजको कारबाही जारी

    अफगानिस्तानको पूर्वी प्रान्तमा आइतबार गरिएको सैनिक कारबाहीमा कम्तीमा १५ जना तालिबान लडाकूको मृत्यु हुनुका साथै नौ जना घाइते भएका छन् । विशेष फौजका तर्फबाट जारी वक्तव्यमा अफगान फौजले आइतबार बिहान वार्दाक र पाक्टीका प्रान्तमा गरेको कारबाहीमा १५ जना तालिबानी लडाकूको मृत्यु भएको जनाइएको छ । सुरक्षा कारबाहीमा मारिएका लडाकूहरु विगतदेखि नै विभिन्न आपराधिक कार्यहरुमा संलग्न रहेका र मारिएका एक लडाकू...

  • २०७६ जेठ १२, आइतबार

    आफैँले बोकेको भरुवा बन्दुक पड्किएर चेपाङ घाइते

    दुई दिनअघि भरतपुर महानगरपालिका–२९ इन्द्रेणी सामुदायिक वनको डल्लेआहाल भन्ने स्थानमा चलेको भनिएको गोली भरुवा बन्दुकको छर्रा रहेको पुष्टि भएको छ । छर्रा लागि घाइते स्थानीय ३९ वर्षीय सुकबहादुर चेपाङले बोकेको भरुवा बन्दुक पड्किएर उनी घाइते भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा निज चेपाङले बाहिरबाट गोलीको छर्रा आएर आफूलाई लागेको भनी दिएको बयान गलत भएको...

  • २०७६ जेठ १२, आइतबार

    प्राकृतिक विपत्बाट एक वर्षमा २६ को मृत्यु

    प्राकृतिक विपत्मा परी गत वर्ष दाङमा २६ जनाको मृत्यु भएको छ । जिल्लाको विभिन्न ठाउँमा भएको प्राकृतिक विपत्मा परी उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा १४ पुरुष र १२ महिला रहेको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक खिलानाथ दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष सर्पदंशका कारण तीन महिला र तीन पुरुष गरी छ जनाको मृत्यु भएको थियो । त्यस्तै करेन्ट लागेर पाँच, माटोको ढिस्कोले पुरिएर...

Pages