-
२०८१ आषाढ ३, सोमबार
नेपालभाषा पत्रकारिताको सय वर्ष र मुलुकको मातृभाषा (विचार)
गणेशकुमार राईभाषा म्वासा जाति म्वाइ’ (भाषा रहे जाति रहन्छ) भन्ने नेपालभाषाका महाकवि सिद्धिदास अमात्यको आदर्श वचन छ । यही आदर्श वचनलाई नेवार समुदायले पालना गर्दै आएको पाइन्छ । नेवारी भाषा १४ औँ शताब्दीदेखि १८औँ शताब्दीसम्म नेपालको राज्य भाषा र अदालतम समेत प्रयोग हुन्थ्यो भन्ने इतिहासमा उल्लेख पाइन्छ । राज्य व्यवस्था फेरिएसँगै खस÷पर्वते भाषा अस्तित्वमा आयो र अन्तमा नेपाली भाषा बनेपछि मुलुकमा अरू...
-
२०८१ आषाढ ३, सोमबार
‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’
मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो । समितिले गत जेठ ३१ गते आयोजना बन्द गर्ने तयारी गरेको थियो । बागमती प्रदेशमा मनसुन सक्रिय हुन समय लाग्ने भएपछि खानेपानी वितरणलाई निरन्तरता दिइएको...
-
२०८१ आषाढ ३, सोमबार
ट्याङ्कर चालक सङ्घको हडताल फिर्ता, आजैदेखि इन्धन सहज हुने
सरकारसँग चारबुँदे सहमतिपछि आन्दोलनरत नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको आन्दोलन फिर्ता भएको छ । आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दुई पक्षबीच भएको वार्तामा चारबुँदे सहमति भएको छ । बजारमा आजैदेखि इन्धनको सहज आपूर्ति हुने नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो । आयल निगमका सञ्चालक समिति अध्यक्ष तथा वाणिज्य सचिव दिनेशकुमार घिमिरेको रोहवरमा भएको वार्तामा सहमति जुटेको हो ।...
-
२०८१ आषाढ ३, सोमबार
उपत्यकामा पेट्रोलियम पदार्थको हाहाकार
काठमाडौं - श्रम ऐनअनुसार तलब सुविधा पाउनुपर्ने मागसहित पेट्रोलियम मजदूरहरूले डिपोबाट इन्धन नउठाएपछि काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको हाहाकार भएको छ । निजी क्षेत्रका पम्पले इन्धन नबेचेपछि सोमबार बिहानैदेखि सेना, प्रहरी र सशस्त्र प्रहरीका पम्पमा सर्वसाधारणको लाइन लागेको हो । निजी क्षेत्रका पम्पले आइतबारदेखि नै इन्धन बेचेका छैनन् । भद्रकाली र लगनखेलमा रहेको सेनाको पम्पमा लामो लाइन देखिएको छ...
-
२०८१ आषाढ ३, सोमबार
अन्तिम खेलमा पनि चुक्यो नेपाल, बंगलादेशसँग २१ रनले पराजित
काठमाडौँ - टी–२० विश्वकपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित हुन पुगेको छ । १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ । टी–२० विश्वकपमा कुनै पनि टोलीले रक्षा गरेको यो सबैभन्दा न्यून लक्ष्य थियो । नेपालको इनिङ्स ध्वस्त बनाउन तान्जिम हसन साकिबले ४ विकेट लिए । ४ ओभरमा २ मेडेन राख्दै उनले ७ रन मात्र खर्चिए...
-
२०८१ आषाढ २, आइतबार
"ब्ल्याक छायाँ” चलचित्रको गीत सार्वजनिक
लंका फिल्म प्रालिले निर्माण गरेको चलचित्र ‘ब्ल्याक छायाँ’ चलचित्रको एउटा नयाँ गीत बुट्टे रुमाल.... बोलको गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ । आगामी साउन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सो चलचित्र ‘ब्ल्याक छायाँ’ मा मायाँप्रेम र सस्पेन थ्रिर्लरलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको कारण चलचित्र व्यवसायिक रुपले सफल रहने विश्वास निर्देशक आरएल लामा मोक्तानले प्रकट गरेका छन् । सार्वजनिक...
-
२०८१ आषाढ २, आइतबार
कर्णाली प्रदेशको बजेट ३१ अर्ब ४१ करोड
काठमाडौं - कर्णाली प्रदेश सरकारले आउँदो आर्थिक वर्षका निम्ति ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिबार कर्णाली प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आउँदो आर्थिक बर्षको बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमध्ये पुँजीगत खर्चतर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार र चालुतर्फ सात अर्ब ५७ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, वित्तीय...
-
२०८१ आषाढ २, आइतबार
गण्डकी सरकारले ल्यायो ३३ अर्बको बजेट
काठमाडौं - गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१/०८२ का निम्ति करिब ३३ अर्ब रुपैयाँको बजेट ल्याएको छ । गण्डकीका आर्थिक मामिलामन्त्री टकराज गुरुङले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट शनिबार प्रदेशसभामा पेस गरेका हुन् । चालु आर्थिक वर्षको भन्दा यो बजेट ४५ करोड रुपैयाँले कम हो । चालु आर्थिक वर्षमा सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको थियो । कुल बजेटमध्ये चालु...
-
२०८१ आषाढ २, आइतबार
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो
काठमाडौं - नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको हो । पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ । नयाँ मूल्यानुसार अब पेट्रोल प्रतिलिटर किन्न १६५ रुपैयाँ (काठमाडौं, पोखरा, दिपायल) तिर्नुपर्नेछ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ (काठमाडौं, पोखरा, दिपायल) कायम गरिएको छ । डिजेल र मट्टीतेलको मूल्य...
-
२०८१ आषाढ २, आइतबार
वाग्मतीको बजेट ६४ अर्ब ५४ करोड
हेटौँडा - वाग्मती प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१/८२ का निम्ति ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको वक्तव्यअनुसार आउँदो आर्थिक वर्षका लागि उक्त बजेट विनियोजन गरिएको हो । आर्थिक मामिला तथा योजनामन्त्री थपलियाले प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब १० करोड १७ लाख ८२ हजार रुपैयाँ छुट्ट्याइएको छ...
-
२०८१ आषाढ १, शनिबार
संस्कृतिलाई जोड्दै गुरुङ सम्पदा पदमार्ग
व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ समुदायका प्राचीन बस्तीलाई समेट्र्दै गुरुङ सम्पदा पदमार्ग ( गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल )को प्रवर्द्धन र विकासमा जुटेको छ । जथाभावी बाटो खन्ने नाममा पदमार्ग मासिँदै गएका अवस्थामा सङ्घले गुरुङ जातिको उद्गमस्थल क्होलासोँथरसँगै प्राचीन बस्तीलाई समेट्र्दै त्यहाँका संस्कार संस्कृतिसमेत पदयात्रा पर्यटनसँग जोड्ने गरी प्रवर्द्धनका कार्यक्रम अघि बढाइएको हो । सङ्घले...
-
२०८१ आषाढ १, शनिबार
टी–२० विश्वकप : इतिहास रच्न एक रनले पछिपरे
काठमाडौँ - टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित हुँदै इतिहास रच्नबाट चुकेको छ । जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अनिल साहले २४ बलमा २७ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र एक छक्का प्रहार गरे ।...


