-
२०८१ आषाढ ६, बिहिबार
एआई नीति ल्याउँदै सरकार
काठमाडौं - सरकारले एआई पोलिसी (कृत्रिम बौद्धिकता नीति) ल्याउने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले एआई नीति ल्याउने तयारी गरेको बताएकी छन्। संसदमा मन्त्रालयगत बजेटमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले आगामी आर्थिक वर्षमा एआई नीति ल्याइने बताइन्। त्यसका लागि तीव्ररूपमा काम भइरहेको समेत उनको भनाइ छ। एआई नीतिको अवधारणा तयारीका लागि स्रोतको व्यवस्थापनदेखि त्यसको...
-
२०८१ आषाढ ६, बिहिबार
केजरीवाललाई धरौटीमा रिहा गर्न अदालतको आदेश
एजेन्सी- भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई राउज एभिन्यू अदालतले जमानतमा रिहा गर्ने आदेश दिएको छ । दिल्लीको रक्सी नीति घोटाला मुद्दामा अदालतले जमानत दिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । अदालतको यो आदेशपछि उनी शुक्रबार जेलबाट बाहिर आउन सक्ने बताइएको छ । अर्कोतर्फ, प्रवर्तन निर्देशनालय (ईडी) ले जमानतविरुद्ध अपिल गर्न ४८ घण्टाको समय मागेको छ। यस विषयमा अदालतले शुक्रबार न्यायाधीश...
-
२०८१ आषाढ ६, बिहिबार
एमालेले आठ, रास्वपाले दुई र माओवादी केन्द्रले एक राजदुत पाउने सहमति
काठमाडौँ - सत्ताधारी प्रमुख दलहरू भागबन्डामा राजदूत नियुक्ति गर्न सहमत भएका छन् । बिहीबार सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री रवि लामिछानेबिच यस्तो सहमति जुटेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार एमालेले आठ, रास्वपाले दुई र नेकपा माओवादी...
-
२०८१ आषाढ ६, बिहिबार
विश्वकपमा नेपालका लागि ‘नाइट गेम’ र ‘पीच’ बाधक : कप्तान रोहित
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजमा ब्याटिङ पीच असहज भएको बताएका छन्। नवौं संस्करणको टी–२० विश्वकपमा सहभागी भएर स्वदेश फर्किएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ब्याटिङका लागि पीच असहज भएको र आफूहरुलाई ‘नाइट गेम’ खेल्ने बानी नपरेको अनुभव बाँडेका हुन्। उनले भने, ‘पहिलो गेममा पनि त्यतिकै कन्फिडेन्स नै थियो। हामीमा एक्सपेरियन्स...
-
२०८१ आषाढ ६, बिहिबार
ललितपुर महानगरको नीति : जनताको कर, जनतालाई खबर
काठमाडौं- ललितपुर महानगरपालिकाले ‘जनताको कर, जनतालाई खबर’ भन्ने नीतिलाई आत्मसात गर्दै कर संस्कृति सबलीकरण गर्ने नीति लिएको छ। महानगरपालिकाको पाँचौं नगरसभा बैठकमा बुधबार आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले कर असुली प्रक्रियालाई थप सहज र पहुँचयोग्य बनाउन विद्युतीय राजस्व प्रणालीलाई स्तरोन्नति गरिने बताइन्। यसका लागि महानगरले नगरवासीबाट...
-
२०८१ आषाढ ६, बिहिबार
पनौती हिले जात्रा आजदेखि
काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा एक हजार चार सय २० वर्षदेखि मनाइँदै आइएको हिले जात्रा आजदेखि सुरु हुँदै छ । जात्राको परम्पराअनुसार आज साँझ पुण्यमाता खोलामा नागको प्रतिकका रुपमा दुईवटा बाँस तेस्र्याइने र देवगण ९दुइचा न्याकेगू०हरु सुस्तरी तरेपछि जात्रा सुरु भएको मानिन्छ । आज राति १० बजे भद्रकालीको रथ तानिने छ भने रातभरी गैंडू पूजा ९होम गर्ने० पनौती जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ ।...
-
२०८१ आषाढ ६, बिहिबार
आइतबारसम्म देशभर मनसुन फैलिने
आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेकाे छ । समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व क्षेत्रबाट भित्रिन सुरु गरेको थियो । पश्चिमी वायुको प्रभावका कारण...
-
२०८१ आषाढ ५, बुधबार
‘संस्कृतिबाटै राष्ट्रको समृद्धि सम्भव छ’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले संस्कृतिबाटै राष्ट्रको समृद्धि सम्भव भएको बताउनुभएको छ । आज काठमाडौँमा सांस्कृतिक संस्थानको ५२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले समाजमा जागरणको सशक्त माध्यमका रूपमा रहेको संस्कृतिलाई पर्यटनसँग जोड्नसके समृद्धिमा योगदान पुग्ने बताउनुभयो । मन्त्री तामाङले संस्कृतिका माध्यमबाट सामाजिक रूपान्तरणका लागि जागरण अभियान र...
-
२०८१ आषाढ ५, बुधबार
दलित विद्यार्थीलाई स्नातक तहमा छात्रवृत्ति
झापाको कमल गाउँपालिकाले पालिकाभित्रका स्नातक तहमा अध्ययनरत दलित समुदायका १७ विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ । गाउँपालिकाभित्र स्थायी बसोबास गरी विभिन्न शिक्षण संस्थामा उच्च शिक्षा हासिल गरिरहेका दलित समुदायका ती विद्यार्थीको उच्च शिक्षा अध्ययनमा निरन्तरताका लागि छात्रवृत्तिबापत रु तीन लाख वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि सो कार्यक्रम सञ्चालनमा...
-
२०८१ आषाढ ५, बुधबार
शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने
मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ ।बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द सम्भावना रहेको समितिले जनाएको हो...
-
२०८१ आषाढ ५, बुधबार
ललितपुर महानगरको नीति तथा कार्यक्रम : आयोजना र श्रम बैङ्क
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा आयोजना बैङ्क र श्रम बैङ्कलाई समेटेको छ । महानगरप्रमुख चिरीबाबु महर्जनले प्रस्तुत गर्नुभएको आव २०८१/८२ को नीति तथा कार्यक्रममा महानगरपालिकाको ‘आयोजना बैङ्क’ को कार्य भइरहेकाले आगामी आवदेखि सो बैङ्कबाट आयोजना छनोट गरी वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्ने परिपाटीको विकास गरिने उल्लेख गरिएको छ । प्रस्तुत नीति तथा...
-
२०८१ आषाढ ४, मंगलबार
राजाेपाध्याय समाजमा संजय शर्मा निर्विरोध अध्यक्ष
काठमाडौं उपत्यकाका देव ब्राह्मण राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजको नव निर्वाचित कार्य समितिमा फेरी एक पटक संजय शर्मा राजोपाध्यायलाई नै अध्यक्ष छानेका छन् । उनी निर्विरोध छानिएका हुन् । गत शनिबार भक्तपुरमा सम्पन्न समाजको चौथो अधिवेशनबाट नृत्य कलाकार र नृत्य निर्देशक समेत रहेका राजोपाध्यायलाई दोश्रो पटक पनि अध्यक्ष चयन गरेको हो । नव निर्वाचित अध्यक्ष संजय शर्मा राजोपाध्यायले आधुनिक...


