-
२०७६ बैशाख १३, शुक्रबार
स्वास्थ्य कार्यालय उद्घाटन
प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयअन्तर्गत हेटौँडामा स्थापित स्वास्थ्य कार्यालय आज प्रदेशसभा सदस्य एवं नेकपाका मकवानपुर जिल्ला अध्यक्ष मुनु सिग्देलले उद्घाटन गर्नुभयो । सो कार्यालयले सरकारी तथा गैरसरकारी रुपमा सञ्चालित स्वस्थ्य संस्थाको अनुगमन निरीक्षण कार्यक्रम स्वीकृति गर्नाका साथै ग्रामीण तथा दुर्गम क्षेत्रमा फैलिएका रोगको नियन्त्रण, चेतना अभिवृद्धिलगायत तालीम सञ्चालन गर्ने भएको छ ।...
-
२०७६ बैशाख १३, शुक्रबार
‘गरिबीसँगै रोगको चिन्ताले सतायो’
दिवानसिं र सीता नेपालीको वैवाहिक सम्बन्ध जोडिएको आज १२ वर्षभयो । विवाहपश्चात् दुःख गरेर उनीहरुले वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बामेखोला गाउँमा चार कठ्ठा जग्गाको पनि जोहो गरे । विगतको दुःखको परिणामलाई सुखमा परिणत गर्ने दम्पती नेपालीको सपना थियो । दुई वर्ष साउदी अरब गएर तीन महीनाअघि घरबिदामा आएका दिवानसिं पुनः फर्कने दिनको तयारी गर्दैहुनुहुन्थ्यो । त्यही समयमा उहाँलाई रिङ्गटा चल्यो । उपचारका...
-
२०७६ बैशाख १३, शुक्रबार
झाडापखाला नियन्त्रणमा आएन
गुल्मीको मुसिकोट नगरपालिका– ४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त गाउँमा पाँच किलोमिटर टाढाको टङ्कीमार्फत ८५ घरपरिवारलाई वितरण गरिँदै आएको पानी अचानक दूषित बनेका कारण गत आइतबारदेखि त्यहाँका स्थानीयमा झाडापखालाको लक्षण देखिएको थियो । स्थानीयवासीले उक्त पानी पिउँदै जान थालेपछि झाडापखालाले बिहीबार बेलुकीसम्म ९८ जना बिरामी परेकामा आज...
-
२०७६ बैशाख १३, शुक्रबार
चरा प्रेमीहरुको चहलपहल हुन्छ माघी होमस्टेमा
कैलालीको घोडाघोडी–४ मा चरा हेर्न आउने पर्यटकले माघी घरबास ९होमस्टे० चलेको छ । घोडाघोडी नगरपालिकाको वडा नं ४ माघी गाउँमा रहेको माघी सामुदायिक वनमा चरा अवलोकन गर्न आउनेहरु नै माघी होमस्टेमा बास बस्ने गर्दछन् । त्यहाँ १५ घरमा होमस्टे सेवा सञ्चालन गरिएको छ । होमस्टेसँगै जोडिएको माघी सामुदायिक वनमा ५० प्रजातिका चरा अवलोकन गर्न पाइन्छ । चरा संरक्षण तथा जैविक विविधताका लागि महत्वपूर्ण मानिएको माघी...
-
२०७६ बैशाख १३, शुक्रबार
कर्णाली प्रतिष्ठानको भवन बन्ने
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आगजनी भएको ओपीडी भवन निर्माणको बाटो खुलेको छ । आगलागी भएको झण्डै चार वर्ष बित्न लाग्दासमेत नयाँ भवन बन्न सकेको थिएन । सो भवन देख्दा बिरामी झस्कन्थे । बिरामी असुरक्षित महसुस गर्दै अस्पतालमा भर्ना हुनसमेत आलटाल गर्दै आइराखेका थिए । आगजनीबारे केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको थियो । ब्युरोले समयमै अनुसन्धान प्रतिवेदन बुझाउन...
-
२०७६ बैशाख १३, शुक्रबार
म्यानमारकी नेतृ सुकीको कम्बोडिया भ्रमण
म्यानमारकी राज्य सल्लाहकार आङ सा सुकीले कम्बोडियाको औपचारिक भ्रमण गर्न लाग्नु भएको कम्बोडियाको विदेश मन्त्रालयले जनाएको छ । आगामी अप्रिल २९ देखि १ तारिखसम्म सुकीले कम्बोडियाको भ्रमण गर्न लाग्नु भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । सन् २०१६ मा सत्तामा आउनुभएकी सुकीको यो पहिलो कम्बोडिया भ्रमण हो । भ्रमणका क्रममा सुकीले कम्बोडियाली राजा नरोदोम सिहामोनी र बडामहारानी नरोेदम मोनीनेआथ सिहानुकसँग...
-
२०७६ बैशाख १३, शुक्रबार
जापानको सोनी कम्पनीको नाफा बढ्यो
जापानको विद्यतीय सामग्री उत्पदक कम्पनी सोनीको आम्दानी लगातार दोस्रो वर्ष वृद्धि भएको छ । खासगरी अनलाइन खेल र अरु मनोरञ्जनात्मक व्यवसायमा लगानी गरेका कारण आम्दानी बढेको कम्पनीले जनाएको छ । मार्चको अन्त्यसम्म वार्षिक खूद नाफा ८ अर्ब २० करोड अमेरिकी डलर ९९१६ अर्ब जापानी येन० पुगेको छ । सञ्चालन नाफामा करिब २२ प्रतिशत वृद्धि भई ८९४ अर्ब जापानी येन भएको छ । कम्पनीको बिक्रीमा १।४ प्रतिशत वृद्धि भई ८९४...
-
२०७६ बैशाख १३, शुक्रबार
उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता
उत्तर कोरियाली नेता किम जोङ–अन शुक्रबार रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकबाट स्वदेश फर्किनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधबार निजी रेलमा चढेर रुसको भ्लादिभोस्तक पुग्नुभएको थियो । रुसी राष्ट्रपति भ्लालिमिर पुटिन र नेता किमबीच द्वीपक्षीय हितलगायतका विषयमा भएको सम्मेलनपछि किम शुक्रबार त्यहाँबाट फकिर्नु भएको छ । भ्लादिभोस्तक रेल...
-
२०७६ बैशाख १३, शुक्रबार
प्रधानमन्त्री मोदीद्वारा बनारसबाट उम्मेदवारी दर्ता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न आम निर्वाचनका लागि भारतीय राज्य उत्तर प्रदेशको बनारसबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले शुक्रबार बनारसको एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले सो निर्वाचन क्षेत्रबाट यसअघिको अर्थात् सन् २०१४ को आम निर्वाचनमा भारी मतका साथ निर्वाचित हुनुभएको थियो । उक्त निर्वाचन क्षेत्रमा आगामी मे १९ मा मतदान हुन गइरहेको छ । आगामी चरण...
-
२०७६ बैशाख १३, शुक्रबार
मदिरा नियन्त्रणमा कोलेनिका
जिल्ला सदरमुकमा सिमिकोटलगायत आसापासका क्षेत्रमा घरेलु मदिरा र स्विकृति–पत्रबिनाका रक्सी बिक्री वितरणमा नियन्त्रण गरिने भएको छ । कोष तथा लेखानियन्त्रण कार्यालयले ग्रामीण बस्तीका साथै सिमकोट बजारमा घरेलु मदिरा र चिनियाँ मदिरा विक्रीवितरणमा रोक लगाउने भएको हो । गाउँमा शान्ति कायम गर्ने उद्देश्यले यस्ता क्रियाकलापमा रोक लगाउन लागिएको कार्यालय प्रमुख राजन रेग्मीले जानकारी दिनुभयो । अन्तशुल्क...
-
२०७६ बैशाख १३, शुक्रबार
महोत्तरीमा खानेपानी अभाव
गाउँमै निर्माण भइसकेको ओभरहेड ट्याङ्की सञ्चालनमा नआएपछि महोत्तरीको पशुपतिनगरमा खानेपानीको समस्या भएको छ । बर्दिवास नगरपालिका–९ स्थित पशुपतिनगरमा सुलभरुपमा खानेपानी वितरणका लागि करीब दुई वर्ष अगाडिनै निर्माणकार्य सम्पन्न भए पनि आन्तरिक विवादका कारण घरघरमा पानी पुग्न नसकेको स्थानीयले बताएका छन् । वैशाखजस्तो सुक्खायाममा पानीको मुहान सुकेपछि स्थानीयबासी पानीका लागि व्याकुल भएका स्थानीय सञ्चारकर्मी...
-
२०७६ बैशाख १३, शुक्रबार
आचारसंहिता सप्ताह समापन
नेपाली सेनाले सङ्गठनको छवि नै धमिल्याउने गरी हुने लापरवाहीलाई क्षमा नदिइने हुनाले सैनिक सदाचारमा रही होसियारीपूर्वक जिम्मेवारी सम्हाल्न सकल दर्जालाई निर्देशन दिएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा सैनिक सदाचारको उत्साह भन्ने मूल भावनासहित आयोजित आचारसंहिता सप्ताह समापन समारोहमा नेपाली जनताले सेनालाई इतिहासको सर्जक, वर्तमानको आधार र भविष्यको आस्थाको धरोहरका रुपमा लिँदै आएको पक्षलाई हामीले बुझ्न...


