STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख १३, शुक्रबार

    आचारसंहिता सप्ताह समापन

    नेपाली सेनाले सङ्गठनको छवि नै धमिल्याउने गरी हुने लापरवाहीलाई क्षमा नदिइने हुनाले सैनिक सदाचारमा रही होसियारीपूर्वक जिम्मेवारी सम्हाल्न सकल दर्जालाई निर्देशन दिएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा सैनिक सदाचारको उत्साह भन्ने मूल भावनासहित आयोजित आचारसंहिता सप्ताह समापन समारोहमा नेपाली जनताले सेनालाई इतिहासको सर्जक, वर्तमानको आधार र भविष्यको आस्थाको धरोहरका रुपमा लिँदै आएको पक्षलाई हामीले बुझ्न...

  • २०७६ बैशाख १३, शुक्रबार

    कराँतेको अन्तर्राष्ट्रिय प्रतियोगिता चितवनमा

    पहिलो पटक अन्तर्राष्ट्रियस्तरको कराँते प्रतियोगिता यहाँ हुनेभएको छ । जापान गोजुरियो कराँते डो केन्वाकाई नेपाल सङ्घ चितवन शाखाको आयोजनामा तेस्रो इण्डो–नेपाल कराँते प्रतियोगिता हुन लागेको सङ्घका सल्लाहकार एवं प्रतियोगिता संयोजक पुष्प आचार्यले जानकारी दिनुभयो । प्रतियोगिता यही वैशाख १९ गते देखि २१ गतेसम्म भरतपुर महानगरपालिका–१५ मङ्गलपुरमा हुने आयोजकले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी...

  • २०७६ बैशाख १३, शुक्रबार

    ७३ वर्षमा नागरिकता, बल्ल पाइने भो भत्ता 

    कुनै बेला नागरिकता नपाएर छटपटिनुभएका  जिल्लाको जोरायल गाउँपालिका–२ का पुरनसिंह खत्री हिजोआज निकै खुशी हुनुभएको छ । जीवनको उत्तरार्धमा पुग्नुभएका खत्रीले लामो समयपछि नेपाली नागरिकता पाउँदा खुशी हुनुभएको हो ।  जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा गाउँपालिकाको सहकार्यमा उहाँकै घर नजिक एकीकृत घुम्ती शिविर सञ्चालन भएपछि उहाँले ७३ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाउनुभएको हो । नातिनातिनाले...

  • २०७६ बैशाख १३, शुक्रबार

    पोखरामा फोटो प्रदर्शनी

    नेपाल राष्ट्रिय फोटो पत्रकार महासङ्घ गण्डकी प्रदेशको आयोजनामा पर्यटकीय नगरी पोखराको बाराहीचोकमा आज एक दिवसीय फोटो प्रदर्शनी गरिएको छ । ‘आजको अनिवार्यता सशक्त व्यावसायिक फोटो पत्रकारिता’ भन्ने मूल नाराका साथ आयोजित प्रदर्शनीमा गण्डकी प्रदेशअन्तर्गत ११ वटै जिल्लाका ४३ आकर्षक पर्यटकीय गन्तव्यको तस्वीर प्रदर्शन गरिएको छ । फेवाताल किनारामा आयोजित प्रदर्शनीमा सञ्चार उद्यमी रमेश्वर थापाले पत्रकारिता...

  • २०७६ बैशाख १३, शुक्रबार

    सामुदायिक विद्यालयप्रति बढ्दो आकर्षण

    अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन थालेपछि यहाँका एक सामुदायिक विद्यालयमा पढ्न आउने विद्यार्थीको सङ्ख्या ह्वातै बढेको छ ।  प्यूठान नगरपालिका–८ बाग्दुलास्थित जनता माध्यमिक विद्यालयले नर्सरीदेखि १० कक्षासम्म अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन थालेपछि अहिले निजी विद्यालय छाडेर पढ्न आउने विद्यार्थीको सङ्ख्या ह्वातै बढेको हो । निजी विद्यालयबाट आएका विद्यार्थीलाई लिएको प्रवेश परीक्षा उतीर्ण भएपछि मात्र...

  • २०७६ बैशाख १३, शुक्रबार

    ब्राजिलको बाँघ भत्किदा अझै पनि ३७ वेपत्ता

    ब्राजिलको मिनास गेराइज राज्यमा तीन महिना अगाडि एक बाँध भत्किँदा भएको दुर्घटनामा परी अझै पनि ३७ व्यक्ति बेपत्ता रहेका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । यस दुर्घटनामा परी २३३ जनाको शव फेला परेको थियो भने अझै पनि ३७ बेपत्ता रहेका बताइएको छ । अझै पनि कुकुरका साथै अन्य उपकरणको सहायताले बेपत्ता व्यक्तिको अवशेष खोजी कार्य जारी रहेको छ । ब्राजिलको राजधानी ब्रासिलियामा संघीय सभाले बिहीबार संसदीय...

  • २०७६ बैशाख १३, शुक्रबार

    सरकारी जग्गा फिर्ता ल्याउन आयोग बन्ने

    दुरुपयोग भएका सरकारी जग्गाको खोजी गरी फिर्ता ल्याउन र दोषीलाई कारवाही सिफारिस गर्न सरकारले उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । कानून विपरीत वा अनियमित तरिकाले व्यक्तिका नाममा रजिष्ट्रेशन गराइएका सरकारी जग्गाको खोजी गरी कारवाही गर्न चाँडै आयोग गठन हुने भएको हो । विगतमा सुकुम्बासी आयोगले निर्णय गरी भूमिहीनलाई दिइएको बाहेक दुरुपयोग भएका जग्गा फिर्ता ल्याउन मन्त्रिपरिषद्ले दिएको निर्देशनबमोजिम आयोग...

  • २०७६ बैशाख १३, शुक्रबार

    बुद्धमङ्गल तालको सौन्दर्यीकरण हुँदै

    लुम्बिनी भ्रमण वर्ष २०७६ लाई लक्षित गरी पश्चिम नवलपरासीस्थित ऐतिहासिक बुद्धमङ्गल तालको सौन्दर्यीकरण गर्न थालिएको छ ।   जिल्लाको बर्दघाट नगरपालिका–१२ स्थित यो ताललाई प्रदेश नं ५ सरकारले रु २० लाखको लागतमा सौन्दर्यीकरण गर्न शुरु गरेको हो । सुन्दर र रमणीय वातावरण रहेको यो तालको उचित संरक्षण हुन नसक्दा झारैझारले भरिएको थियो । तालमा पर्याप्त पानी भए पनि झार धेरै भएकाले तालको सुन्दरता नै हराएको थियो...

  • २०७६ बैशाख १३, शुक्रबार

    बाँकेका छ उद्योग सामाजिक सुरक्षा कार्यक्रममा

    सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा बाँकेका ६ उद्योग सहभागी भएका छन् । विजय मेटल इण्डष्ट्रिज, जय मङ्गलम सिमेन्ट उद्योग, पानस फर्मास्युटिकल्सलगायतका उद्योग सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका हुन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले सामाजिक सुरक्षाकोषमा यहाँका उद्योग, प्रतिष्ठान सहभागी हुने प्रक्रियामा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार, धेरै...

  • २०७६ बैशाख १३, शुक्रबार

    चन्द्रागिरि गोल्डकप आइतबारदेखि

    दीपशिखा युवा समूहको आयोजनामा दोस्रो संस्करणको चन्द्रागिरि गोल्डकप प्रतियोगिता यही वैशाख १५ गतेदेखि हुने भएको छ । चन्द्रागिरीस्थित नैकाप खेल मैदानमा हुने उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक रमेश बुढाथोकीले जानकारी दिनुभयो ।   सहभागी टोलीमा आयोजक दीपशिखा युवा समूहसहित त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल ९एपिएफ०, जावलाखेल युथ क्लब...

  • २०७६ बैशाख १३, शुक्रबार

    खानेपानीको समस्यामा दिक्तेल बजार

    बिहीबार परेको भारी वर्षापछि आएको बाढीले मुहान पुरिँदा दिक्तेल बजारमा खानेपानी अवरुद्ध भएको छ । बिहीबार दिउँसो हावाहुरीसँगै परेको भारी वर्षापछि आएको बाढीले दिक्तेल बजारमा विस्तार गरिएको दुवै मुहान पुरिँदा बिहीबार साँझदेखि खानेपानी अवरुद्ध भएको हो ।  बाढीले मुहान पुरिएसँगै खानेपानी अवरुद्ध भएपछि अहिले दिक्तेल बजारमा खानेपानीको हाहाकार मच्चिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा...

  • २०७६ बैशाख १३, शुक्रबार

    ‘नेपाल सन् २०३० अगावै मध्यम आय भएको मुलुक बन्न चाहन्छ’ ः राष्ट्रपति भण्डारी

    राष्ट्रपति विद्यादेवी भण्डारीले अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने नेपालको तत्कालको उद्देश्य भएको बताउनुभएको छ । अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड मञ्चको आज यहाँ आयोजित उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारीले सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न नेपाल दृढताका साथ अगाडि बढेको बताउनुभयो ।  उहाँले नेपालले विकासका चुनौती सामना गर्न...

Pages