-
२०७६ बैशाख १३, शुक्रबार
दीर्घरोगीको अन्तिम गन्तव्य बन्दै तातोपानी कुण्ड
प्राकृतिक चिकित्सालयको रूपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिङगास्थित तातोपानी कुण्ड सुविधासम्पन्न अस्पतालमा लामो समयसम्म उपचार गराउँदा पनि रोग निको नभएका बिरामीका लागि अन्तिम गन्तव्य बन्न थालेको छ । तातोपानी कुण्डमा तीन वर्षसम्म वर्षको दुईपटक १०÷१२ दिनसम्म डुबेपछि लामो समयसम्म निको नभएका रोग पनि यहाँ डुबेपछि निको भएको बिरामीले बताएका छन् । उपचार गर्नकै लागि स्वदेश तथा विदेशका महङ्गा...
-
२०७६ बैशाख १३, शुक्रबार
नारायणी किनारमा महाआरती
नारायणी नदी किनारमा गण्डकी, नारायणी महाआरती शुरु गरिएको छ । गण्डकी नारायणी संरक्षण महाआरती परिषद्ले यही वैशाख १ गतेदेखि हरेक साँझ सूर्यास्तको समयमा महाआरती शुरु गरेको हो । नारायणगढबजार नजिकै नारायणी किनारमा महाआरती शुरु गरिएको हो । परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाजका अनुसार शुरुमा नारायणी नदी तिरमा जलसँगै रहेर बैद्धिकमन्त्र उच्चारण गरी सङ्कल्पसहित पूजाअर्चना गर्ने गरिन्छ । त्यसलगत्तै नजिकै...
-
२०७६ बैशाख १३, शुक्रबार
भोटेकोशीको सभ्यता कलामा
सिन्धुपाल्चोक, भोटेकोशीमा विकास भएको सभ्यता संरक्षण, प्रवद्र्धन तथा विकास गर्ने लक्ष्यका साथ तीनदिने कला कार्यशाला सम्पन्न भएको छ । भोटेकोशी गाउँपालिका–४ फुल्पिङ्कट्टीमा १५ कलाकारसहित पुगेको पुरातत्व विभागको टोलीले अध्ययन तथा चित्र बनाएका हुन् । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘भोटेकोशी सभ्यताको सौन्दर्य पर्यटन गुरुयोजना निर्माण एवं कला कार्यशाला’ को थैपी नारायण मन्दिर परिसरमा गाउँपालिकाका...
-
२०७६ बैशाख १३, शुक्रबार
अविनाशीको ‘काठमाडौँ शहर’ सार्वजनिक
गीतकार राम अविनाशी’को दोस्रो म्युजिक भिडियो ‘काठमाडौँ शहर’ सार्वजनिक भएको छ । वैदेशिक रोजगारीको पीडालाई देखाउन खोजेको उक्त गीत बिहीबार सार्वजनिक गएिको हो । युवा गायक सविन लामाको स्वर रहेको उक्त गीतमा गीतकार अविनाशीले बाबुआमालाई काठमाडौँमा राख्ने अभिलासाले वैदेशिक रोजगारीमा गएको छोराको सङ्घर्षलाई देखाउन खोज्नुभएको छ । अन्तर्राष्ट्रिय साहित्य समाजका बोर्ड अफ ट्रष्टीका कोषाध्यक्षसमेत रहनुभएका लामा...
-
२०७६ बैशाख १३, शुक्रबार
पुरानै न्यायिक प्रणालीमा जनताको विश्वास बढ्दै
जनताद्वारा निर्वाचित जनप्रतिनिधिबाटै जनताको घरदैलोसम्म न्यायको पहुँच विस्तार गर्ने भन्दै न्यायिक समितिको व्यवस्था गरेको भए पनि जनता भने पुरानै न्यायिक प्रणालीमाथि विश्वस्त रहने गरेको देखिएको छ । नगरपालिका रहेको स्थानीय तहमा नगर उपप्रमुख र गाउँपालिका रहेको स्थानीय तहमा गाउँपालिका उपाध्यक्षको नेतृत्व रहने गरी सबै स्थानीय तहमा न्यायिक समिति क्रियाशील छन् । शुरुशुरुमा न्यायिक समितिप्रति जनताको भरोसा...
-
२०७६ बैशाख १३, शुक्रबार
अष्ट्रेलियासँग बराबरी खेल्ने नेपालको लक्ष्य
एशियाली फुटबल महासङ्घ एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटअन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले आज बलियो टोली अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो चरणको छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित म्यान्मा पुगेको नेपालले पहिलो खेलमा अष्ट्रेलियासँग खेल्न लागेको हो । म्यान्माको मण्डलेस्थित मण्डलर थिरी मैदानमा नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समयानुसार दिउँसो ३ः१५ बजे शुरु हुनेछ...
-
२०७६ बैशाख १३, शुक्रबार
चट्याङ लागेर मृत्यु
झापाको भद्रपुर नगरपालिका–६ नयाँबारीका ३२ वर्षीय भीम राजवंशीको आज बिहान चट्याङ लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार उहाँलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा आज बिहान २ः०० चट्याङ लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । झापाको...
-
२०७६ बैशाख १३, शुक्रबार
निःशुल्क स्वास्थ्य परीक्षण
जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा ७२० ले उक्त सेवा लिएका छन् । वैशाख १० गतेबाट सर्केगाडमा रहेको आयुर्वेद शाखाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा त्यस क्षेत्रका नागरिकले स्वास्थ्य सेवा लिएका हुन् । मङ्गलबारबाट सञ्चालन भएको स्वास्थ्य शिविरको अन्तिम दिन महिला पुरुष गरेर २३९ ले स्वास्थ्य परीक्षण गरी स्वास्थ्यलाभ लिएको आयुर्वेद शाखा...
-
२०७६ बैशाख १३, शुक्रबार
नर्स आन्दोलनमा
नर्सिङ सङ्घ एकाइ भक्तपुर र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनद्वारा विभिन्न छ बुँदे माग राखी आन्दोलनमा उत्रिएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित भएको छ । सम्पूर्ण कर्मचारीको तलब समयमै दिनुपर्ने, विभिन्न तालीम, गोष्ठीमा पुराना कर्मचारीलाई पनि समावेश गर्नुपर्ने, ठेकेदार प्रथा हटाइ सम्पूर्ण कर्मचारीलाई अस्पताल प्रशासनले तलब दिनुपर्ने, पुराना कर्मचमारीको कामको...
-
२०७६ बैशाख १३, शुक्रबार
दिवङ्गत बुबाआमाको स्मृतिमा कोष स्थापना
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँट निवासी इञ्जिनीयर चन्द्रकुमार सुवेदीको परिवारले दिवङ्गत बुबाआमाको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना गरेको छ । स्व बुबा खडानन्द र आमा केशरकुमारी शर्मा सुवेदीको स्मृतिमा सुवेदी परिवारले ‘खडानन्द केशरकुमारी शर्मा सुवेदी स्मृति प्रतिष्ठान’ दर्ता गरी रु पाँच लाख राशिको कोष स्थापना गरेको हो । सो कोषको ब्याज रकमबाट स्थानीय ज्ञानोदय माविमा निजी स्रोतका...
-
२०७६ बैशाख १३, शुक्रबार
स्व मनमोहन अधिकारीको स्मरण
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको छ । मनमोहन स्मृति प्रतिष्ठानले आज सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२० औँ स्मृति दिवस’ मा उहाँले वर्तमान सरकार स्व अधिकारीका अधूरा सपना पूरा गर्न लागिपरेको उल्लेख गर्नुभयो । स्व अधिकारीको शालिकमा माल्यार्पण...
-
२०७६ बैशाख १३, शुक्रबार
तिलकीका बासिन्दाका दुःखका दिन अन्त्य भए
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका मङ्गलप्रसाद चौधरीलाई ऋण खोज्नका लागि बैंक र सहकारी संस्था चहार्दै हिँडनु पर्दैन । ऋण लिनका लागि सिफारिस र अन्य कागजात बनाउने झन्झटसमेत छैन । चाहेको बेला विनाझन्झट ऋण पाइने गरेको छ । गाँउमै गठन गरिएको इटाहा सामुदायिक विपत् व्यवस्थापन समितिमा चौधरी आबद्ध भएपछि सहजरूपमा ऋण पाउन थाल्नुभएको छ । न्यून ब्याजमा सहजरूपमा ऋण पाइन थालेपछि समितिमा आबद्ध सदस्यले...


