STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख १२, बिहिबार

    शुक्रबारदेखि पर्यटन ‘मार्ट’

    नेपालको विविध पर्यटकीय उत्पादन र वस्तुहरुलाई एउटै स्थलमा प्रर्दशन गरी पर्यटकलाई जानकारी गराउने उदेश्यले राजधानीमा शुक्रबारदेखि ‘डोमेस्टीक टुरिजम मार्ट’ आन्तरिक पर्यटन मेलाको आयोजना गर्न लागिएको छ । गन्तव्य नेपाल ग्रुपअन्तर्गत गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले समग्र निजी क्षेत्रको प्रतिनिधित्व गर्दै पहिलोपटक भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना गर्न लागेको दुईदिने पर्यटन मेलामा देशका सात वटै...

  • २०७६ बैशाख १२, बिहिबार

    ‘एक घर एक धारा’ आयोजना सञ्चालन

    म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा गाउँवासीलाई खानेपानी उपलब्ध गराउन ‘एक घर एक धारा’ आयोजना अघि बढाइएको छ । गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा सो आयोजना अघि बढाइएको हो । चालू आर्थिक वर्षका लागि वडा कार्यालयले गौरवको आयोजनाको रुपमा छनोट गरेको ‘एक घर एक धारा’ अभियानमा रघुगङ्गा गाउँपालिकामार्फत रु ५५ लाख बजेट विनियोजन भएको छ भने प्रदेशसभा सदस्य विनोद केसीको पहलमा प्रदेश सरकारबाट रु...

  • २०७६ बैशाख १२, बिहिबार

    सामुदायिक विद्यालयप्रति आकर्षण

    सरकारी सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने गुनासो बढिरहँदा रुकुमपूर्वको एक विद्यालयमा भने शिक्षाको गुणस्तर अब्बल भएपछि विद्यार्थीको आकर्षण बढीरहेको छ । सिस्ने गाउँपालिका–५ मा रहेको रुक्मिणी माध्यामिक विद्यालय केही वर्ष यतादेखि अभिभावक र विद्यार्थी दुवैको रोजाइ बन्न थालेको हो । प्रशस्त कक्षा कोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पिउने पानीको व्यवस्था, अनुशासित वातावरणमा पढाइ र...

  • २०७६ बैशाख १२, बिहिबार

    सुडान सङ्कटः तीन सैनिकको राजीनामा, व्यापक प्रदर्शनको तयारी

    सुडानको सत्तारुढ सङ्क्रमणकालीन सैनिक परिषदका तीन उच्च सैनिक अधिकारीहरुले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । तर उहाँहरुको राजीनामा स्वीकृत हुन बाँकी रहेको परिषदले जनाएको छ । राजीनामा गर्नेहरुमा परिषदको राजनीतिक समितिको नेतृत्व गरिरहनुभएका लेफ्टिनेन्ट जनरल ओमार जाइन अल–अबिदीन सहित लेफ्टिनेन्ट जनरलद्वय जलाल अल–दीन अल–शेख र अल–तायिब बबाकर अलि फादील हुनुहुन्छ । सुडानमा जनविद्रोहको मुख्य नेतृत्वकर्ता...

  • २०७६ बैशाख १२, बिहिबार

    रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेताबीच भेटवार्ता

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकमा भेटवार्ता भएको छ । रुसी राष्ट्रपति पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधबार निजी रेलमा चढेर रुसको भ्लादिभोस्तक पुग्नुभएको थियो । उहाँलाई भ्लादिभोस्तकमा स्थानीय जनताले परम्परागत सांस्कृतिक वेशभुषा सहित स्वागत गरेका थिए । दुबै नेताबीच भ्लादिभोस्तकको रुस्की द्वीपस्थित...

  • २०७६ बैशाख १२, बिहिबार

    राससले प्रवाह गर्ने सेवा गुणस्तरीय हुनुपर्छ ः अध्यक्ष श्यामल

    राष्ट्रिय समाचार समिति रासस का कार्यकारी अध्यक्ष हरिहर अधिकारी श्यामल ले राससले प्रवाह गर्ने सेवा गुणस्तरीय र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ ।   विराटनगरस्थित रासस प्रदेश नं १ को कार्यालय अवलोकनका क्रममा कर्मचारीलाई निर्देशन दिँदै उहाँले सो कुरा बताउनुभएको हो । राससकर्मीले खोजमूलक तथा समाजलाई सकारात्मक दिशातर्फ अघिबढाउने खालका समाचारमा विशेष ध्यान दिन सुझाव  दिँदै अध्यक्ष अधिकारीले  समाचार...

  • २०७६ बैशाख १२, बिहिबार

    चार वर्षमा ३० प्रतिशत मात्र घर बने

    भूकम्प गएको चार वर्ष पुग्दैगर्दा घरविहीन भएका ३० प्रतिशतको मात्र नयाँ घर बनेका छन् । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण जिल्लाका सात हजार ३३५ घर पूर्णरूपमा क्षति भएका थिए । तीमध्ये दुई हजार २१५ घर मात्रै बन्न भ्याएका छन् ।  भूकम्पबाट क्षति भएका घर निर्माण गर्दै आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार...

  • २०७६ बैशाख १२, बिहिबार

    विद्यालय भवन शिलान्यास

    जिल्लाको सबैभन्दा पुरानो विद्यालय भवानी विद्यापीठ मावि भौतिक पूर्वाधारले सम्पन्न हुन थालेको छ । शैक्षिक गुणस्तरको हिसाबले पनि अब्बल मानिएको विद्यालय नमूना विद्यालयको रुपमा अघि बढेको छ । यसैबीच नमूना विद्यालय विकास सुधार गुरुयोजनाअन्तर्गत विद्यालयमा नयाँ भवन निर्माणकार्य शुरु भएको छ । झण्डै रु एक करोडको लागतमा तीनतले नौ कोठाको पक्की भवन निर्माण शुरु भएकोे विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार...

  • २०७६ बैशाख १२, बिहिबार

    मौलिक हक र अधिकारका सवालमा राज्यलाई झकझक्याइ रहनुपर्ने

    संविधानले व्यवस्था गरेको मौलिक हक र अधिकारका विषयमा पत्रकारले राज्यलाई झकझक्याइ रहनुपर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । महिला सशक्तीकरण तथा परिवर्तनशील संस्था नेपालको आयोजना एवं इन्सेक चितवन शाखाको समन्वयमा आयोजित ‘नयाँ कानूनमा सञ्चार पत्रकारिता र मानव अधिकारको व्यवस्था’ विषयक अन्तक्र्रियाका वक्ताले सो कुरामा जोड दिएका हुन् ।  उक्त विषयमा कार्यपत्र प्रस्तुतकर्ता...

  • २०७६ बैशाख १२, बिहिबार

    प्रदेश नं ३ को कृषिमा दुई अर्ब भित्र्याउने सहमति

    प्रदेश नं ३ सरकार र गैरआवासीय नेपाली सङ्घबीच प्रशोधन सुविधासहितको आधुनिक कृषि बजार परियोजना सञ्चालन गर्ने गरी सहमति भएको छ । परियोजना अवधिभर झण्डै दुई अर्ब लगानी हुने परियोजनामा गैरआवासीय नेपालीले निवृत्त समय बिताउन मिल्ने गरी काम गरिने गैरआवासीय नेपाली सङ्घका कृषि प्रवद्र्धन समितिका प्रमुख युवराज गुरुङले जानकारी दिनुभयो । ‘मुना’ नाम दिइएको आधुनिक कृषि बजार परियोजनाले किसानले उत्पादन गरेका कृषि...

  • २०७६ बैशाख १२, बिहिबार

    श्रीलङ्कामा पुनः बम बिस्फोट, मृत्यु हुनेको संख्या ३६० पुग्यो

    श्रीलङ्काको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।  स्थानीय समयानुसार बिहीबार भएको यस बम आक्रमणबाट कुनै मानवीय हताहतको खबर प्राप्त नभएको पनि प्रहरीले बताएको छ ।  गत आइतबार तीन वटा पाँचतारे होटल र तीन वटा गिर्जाघर ९चर्च०मा भएका शृङ्खलाबद्ध बम बिस्फोटमा मृत्यु हुनेको संख्या बिहीबार मध्यान्हसम्म ३६० जना पुगेको छ ।  मृत्यु हुनेमा भारतीय...

  • २०७६ बैशाख १२, बिहिबार

    एचआइभीका कारण एक दशकमा ३५ जनाको मृत्यु

    झापामा एचआइभी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक दशकमा ३५ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन कुलबहादुर पौडेलले २०६५ देखि अहिलेसम्ममा एड्सबाट मृत्यु हुनेहरु ३५ पुगेको जानकारी दिनुभयो । विसं २०६५ देखि २०७० सम्ममा १८, २०७१ मा चार, २०७२, २०७३ र २०७४ मा हरेक वर्ष एक÷एक र २०७५ मा १० ले एचआइभी एड्सका कारण ज्यान गुमाउनुपरेको हो । हाल झापामा ६१६ एचआइभी सङ्क्रमितले सरकारका...

Pages