STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख १२, बिहिबार

    सान्सीमा नेपालको झण्डा

    राष्ट्रपति विद्यादेवी भण्डारीलाई सान्सी प्रान्त सरकारले राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रूपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् । राष्ट्रपति भण्डारी समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा हिजो सान्सी प्रान्तको केन्द्र सियान आइपुग्नुभएको थियो । यस होटेलको छतमा नेपालको झण्डा फहराइएको छ । त्यसो त सन् १९५३ मा स्थापना हुँदा यो होटेल सान्सी...

  • २०७६ बैशाख १२, बिहिबार

    घर पुनः निर्माणमा समस्या

    निस्दी गाउँपालिका–२ सहलकोटको सुकेकोट क्षेत्रमा २०७२ को विनाशकारी भूकम्पले ठूलो क्षति पु¥यायो । गाउँमा रहेका सबैजसो घर पूर्णरुपमा क्षति हुन पुगे । सरकारले लगत सङ्कलन गरेर पुनःनिर्माणका लागि अनुदान रकम दिने कुराले यहाँका पीडित परिवारमा खुशीयाली छायो । सामान्य गुजारा गरेर बसेका यहाँका पीडित नागरिकले केही समय त टहरा र त्रिपालमुनि बास बसेर गुजारा चलाए । सरकारले भूकम्पपीडित लाभग्राहीको सूचीमा परेका...

  • २०७६ बैशाख १२, बिहिबार

    चार वर्षमा पाँच ग्रामीण सडकको ६१।९ किमी पुनःनिर्माण

    भूकम्पले क्षतिग्रस्त पाँच ग्रामीण सडकको ६१।९ किमी पुनःनिर्माण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाई ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० ले जनाएको छ । निर्माण सम्पन्न भएका सडकमा भक्तपुरको तेलकोट–घट्टेडाँडा ७।६ किमी, ललितपुरको ठैब–गोदामचौर २।६ किमी, काभ्रेपलाञ्चोकको खोपासी–ढुँगखर्क १४ किमी, दोलखाको सुनखानी–साङ्बा २७।४ किमी र काठमाडौँको साँखु–पालुवारी–नगरकोटको १०।१ किमीको काम सकिएको...

  • २०७६ बैशाख १२, बिहिबार

    ग्रामीण भेगमा पाठेघर समस्या

    पातारासी गाउँपालिका– ५ की ८५ वर्षीया लाउरी बुढाले बुधबारदेखि सञ्चालन भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गर्नुभयो । उहाँको स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा समस्या देखियो । उहाँले भन्नुभयो, “सधँै गनाउने सेतोपानी झर्ने, ढाड दुख्नेजस्ता लक्षण देखिएकाले स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा समस्या देखियो ।” त्यस्तै अर्का स्थानीय ६५ वर्षीया काली बुढाको पनि स्वास्थ्य परीक्षणमा...

  • २०७६ बैशाख १२, बिहिबार

    रभुँवाघाटका माझी समुदायको जीवनशैली फेरिँदै

    दूधकोसी किनारमा डुङ्गा चलाउने र माछा मार्ने पेशा अपनाउँदै आएका माझी समुदायमा पछिल्लो समय वैदेशिक रोजगारीका कारण आर्थिकस्तर वृद्धि हुँदै गएको छ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित र भुँवाघाटका अधिकांश माझी समुदायको अहिले शहरमा घर तथा घडेरी छ । सम्पत्ति नजोड्नेले पनि आफ्ना परिवारलाई शहरमा बस्ने तथा बालबच्चालाई पढाउने वातावरण सिर्जना गरेका वडासदस्य सोमबहादुर माझीले बताउनुभयो । उहाँका अनुसार...

  • २०७६ बैशाख १२, बिहिबार

    प्रतिभा देखाउन अर्थ सङ्कट

    आफूभित्र रहेको अद्भुत क्षमता १०१ राष्ट्रमा चिनाउने लक्ष्य साँधेर विश्वकीर्तिमानी लेखन यात्रामा निस्कनु भएका बैतडीका मनोज चन्द यतिबेला अर्थ अभावले थला पर्नुभएको छ । बैतडीको सिगास गाउँपालिकाका ३० वर्षीय मनोज शरीरका सात वटा अङ्गको सहारामा कलम चलाउनुहुन्छ । “हात, खुट्टा, कुहिना र मुखले एकसाथ ६ वटा कलम चलाउँछु  तीन÷तीन कलम त्यो पनि दुई हात”, २५ मुलुकको यात्रा सकेर हालै धनगढी सुदूरपश्चिम पुग्नुभएका...

  • २०७६ बैशाख १२, बिहिबार

    पर्यटनसँग जोडिँदै मह शिकार

    परम्परागत भीरमहको शिकारलाई पर्यटनसँग जोड्न प्रयास शुरु भएको छ । अक्करे भीरमा जोखिम मोलेर गरिने साहसिक मह शिकार पर्यटकीय आकर्षण बन्न थालेको हो । ग्रामीण पर्यटन प्रवद्र्धनमा मह शिकारले टेवा पुग्ने विश्वास लिइएको छ । जिल्लाको गलकोट, ताराखोला, बडिगाडलगायतका क्षेत्रमा मह शिकार बढी हुन्छ । गलकोट नगरपालिका–१० रमुवामा यही वैशाख १९ गते मह शिकार गरिँदैछ । मह शिकारसहित विविध खेलकूद र सांस्कृतिक कार्यक्रम...

  • २०७६ बैशाख १२, बिहिबार

    चोरीको दुई मोटरसाइकलसहित पक्राऊ

    महोत्तरी प्रहरीले दुई वटा चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा जिल्लाको रामगोपालपुर नगरपालिका–४ बस्ने बलेश्वर मुखिया र गौशाला नगरपालिका–४ बस्ने रञ्जीत सहनी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । प्रहरीले मुखियालाई औरही नगरपालिका–४ कठुधार बजारमा ज६प १७३४ नम्बरको चोरीको मोटरसाइकल चढेको अवस्थामा जाँच गर्दा...

  • २०७६ बैशाख १२, बिहिबार

    प्रभातफेरी

    ‘अन्तर्राष्ट्रिय गल्र्स इन आईसीटि डे’ को अवसरमा आज प्रभातफेरीको आयोजना गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरण लगायतका संघसंस्थाले आयोजना गरेको प्रभातफेरी कमलादीबाट सुरु भएर घण्टाघर, प्रदर्शनीमार्ग, पुतलीसडक हुँदै पुनः कमलादीमा पुगेर कोणसभामा परिणत भएको हो ।  प्रभातफेरीमा सहभागीहरूले ‘आईसीटि हामी नारी जुटौँ देशमा विकासको मुल फुटाऊँ’, ‘आईसीटिबाट बालिकाहरूको...

  • २०७६ बैशाख १२, बिहिबार

    अन्तिम खेलमा आयोजक थाइल्याण्डसँग खेल्दै

    एशियाली क्रिकेट काउन्सिल एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले आयोजक राष्ट्र थाइल्याण्डसँग खेल शुरु गरेको छ । थाइल्याण्डको चियाङमाइमा आयोजकविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । शुरुआती दुई खेलमा जित निकालेको नेपालले समूह चरणको अन्तिम खेलमा आयोजक थाइल्याण्डसँग खेल्न लागेको हो । आयोजकविरुद्ध मैदानमा उत्रँदा नेपाल शतप्रतिशत जितको...

  • २०७६ बैशाख १२, बिहिबार

    पहिलो अन्तरिक्ष यात्रीको शालिक अनावरण

    काठमाडौँ महानगरपालिकाले शङ्खपार्क रत्नपार्क मा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको अन्तरिक्ष यात्राको कुममाथिको भाग अनावरण गरेको छ । महानगरले गागरिनको ८५ औँ वार्षिकोत्सवको अवसरमा पारेर उनको अर्धकदको शालिक अनावरण गरेको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्य र अन्तरिक्ष यात्री भिक्टोर पेट्रोभिच सभिन्खले संयुक्तरूपमा शालिक अनावरण गर्नुभएको हो ।   कार्यक्रममा कामपाका प्रमुख शाक्यले शङ्खपार्कलाई...

  • २०७६ बैशाख १२, बिहिबार

    राष्ट्रपति भण्डारीबाट ‘ता सियान बौद्ध’ मन्दिरको अवलोकन

    राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ता सियान बौद्ध मन्दिरको अवलोकन गर्नुभयो । मन्दिर परिसरमा आइपुग्दा उहाँलाई त्यहाँका प्रमुख चेन किङले स्वागत गर्नुभयो । साथै मन्दिरका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिइएको थियो । चीनमा बौद्ध धर्मावलम्बीका लागि यो राम्रोसँग संरक्षण गरिएको प्राचीन धार्मिक मन्दिर हो । यो शहरबाट करीब चार किलोमिटर दक्षिणी बाहिरी भागमा अवस्थित छ । ता सियान मन्दिरले...

Pages