STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख १२, बिहिबार

    ‘संवैधानिक आयोगले तोकिएको अधिकार प्रयोग गरी काम गर्नुपर्ने’

    कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संवैधानिक आयोगलाई निश्चित अधिकार तोकिएको र त्यसैमा रहेर उसले कामकारवाही गर्नुपर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक द्वारा आज आयोजित छलफल कार्यक्रममा मन्त्री ढकालले केही समय अघि सङ्घीय संसद्मा दर्ता भएको राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धी विधेयकका सन्दर्भमा आयोगले ‘सरकारले सिफारिश कार्यान्वयन नगर्दा कारवाही जरिवानासमेत गर्ने...

  • २०७६ बैशाख १२, बिहिबार

    खेलकुदको विकासका लागि तथ्याङ्क सङ्कलन

    समग्र खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने नीति र योजना ल्याउन प्रदेश नं ५ सरकारले खेल क्षेत्रको तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ  प्रादेशिकस्तरमा तथ्याङ्क सङ्कलन भएपछि खेलको पूर्वाधार विकास र खेलाडीको वृत्तिविकास र प्रोत्साहन हुने खालका योजना छनोटमा सहज हुने प्रदेश सरकारको विश्वास छ । पहिलोपटक प्रदेश गठन भएकाले प्रदेशको खेल क्षेत्रको यकिन तथ्याङ्क नहुँदा खेल पूर्वाधारमा आवश्यक लगानी...

  • २०७६ बैशाख १२, बिहिबार

    यार्सा टिप्न नजान शैक्षिक अभियान

    यार्सा टिप्ने याम शुरु भएपछि यहाँका बालबालिकालाई पाटनतिर लैजाने क्रम रोक्नाका लागि जुम्लाको पातारासी गाउँपालिकाले शैक्षिक अभियान शुरु गरेको छ । बालबालिकालाई विद्यालय नछाड्न उक्त गाउँपालिकाले विद्यालयमै पुगेर यार्सा टिप्न भन्दा शैक्षिक भविष्य सुनिश्चित गर्नाका लागि अभिभावकलाई आग्रहसमेत गरेको छ ।  गाउँपालिकाले तल्फीस्थित सरस्वती मावि, लोठचौरस्थित मालिका मावि, डिल्लीचौरस्थित ऋणमोक्ष माविलगायतमा...

  • २०७६ बैशाख १२, बिहिबार

    भानुघरको दुर्दशा

    मेरा इनार , न त सत्तल पाटी केही छन्   जे चिज र धनहरु छन् घरभित्र नै छन्  त्येस् घाँसीले कसरी  आज दियेछ अर्ती  धिक्कार हो मकन बस्नु नराखी किर्ती । भानुभक्त आचार्य  आदिकविको माटो र ढुङ्गाले बनेको २०० वर्षभन्दा पुरानो त्यही घरको गाह्रो अहिले चारैतिर भत्केर भग्नावशेष मात्र बाँकी छ । घरभित्रै विभिन्न जातका ठुल्ठूला काँडासहितका बिरुवा हुर्केका छन् । भग्नावशेष हेर्दा घरको भित्ताजस्तो पनि देखिँदैन । ...

  • २०७६ बैशाख १२, बिहिबार

    वर्षाका कारण थाइल्याण्डसँगको खेल रद्द भएपछि नेपाल समूह विजेता

    एशियाली क्रिकेट काउन्सिल एसिसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र आयोजक राष्ट्र थाइल्याण्डबीचको खेल रद्द भएको छ । थाइल्याण्डको चियाङमाईमा चट्याङसहित वर्षा भएपछि नेपाल र थाइल्याण्डबीच भएको समूह चरणको अन्तिम खेल नतिजाविहीन बनेको हो ।  नेपालले दिएको २३५ रनको लक्ष्यसहित मैदान उत्रेको आयोजक थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहँदा भारी वर्षा भएपछि खेल पुनः सञ्चालन हुन नसकेकाले  रद्द...

  • २०७६ बैशाख १२, बिहिबार

    कच्चा तेलको मूल्य छ महिनाकै उच्च

    ब्रेन्ट नर्थ सीको कच्चा तेलको मूल्य बिहीबार प्रति ब्यारेल ७५ अमेरिकी डलरभन्दा माथि पुगेको छ । यो विगत छ महिनाकै उच्च हो । संयुक्तराज्य अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्धलाई थप कडाई गरेसँगै तेलको मूल्यमा बृद्धि भएको हो । जुन महिनाका लागि प्रति ब्यारेल ७५।३५ अमेरिकी डलरको अर्डर छ जुन बुधबारको भन्दा ७८ सेन्ट बढी हो । डब्लुटीआईको मूल्यमा पनि प्रति ब्यारेल २७ सेन्ट बृद्धि भई ६६।१६ डलर पुगेको छ । यो...

  • २०७६ बैशाख १२, बिहिबार

    चीनको निर्माण साइटमा दुर्घटना, ११ जनाको मृत्यु

    उत्तरी चीनको हुबे प्रान्तमा बिहीबार बिहान भएको एक दुर्घटनामा परी कम्तीमा ११ जना कामदारको मृत्यु हुनुका साथै अन्य दुई जना गम्भीर घाइते भएका स्थानीय अधिकारीहले जानकारी दिएका छन् । निर्माण कार्यमा प्रयोग भइरहेको इलिभेटर भत्किदाँ मजदूरहरु हताहत भएका थिए । हेङ्गसइ शहरको ताआचेङ जिल्लामा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा...

  • २०७६ बैशाख १२, बिहिबार

    प्रदेश र स्थानीय तहले संविधानले दिएका अधिकार प्रयोग गर्न पाउनुपर्छ  अध्यक्ष तिमिल्सिना

    राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार प्रयोग गर्न सङ्घीय सरकार सहयोगी बन्नुपर्ने बताउनुभएको छ ।  राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज यहाँ आयोजना गरेको ‘तहगत राज्य संरचनाको विकासमा समन्वय’ विषयको अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संविधानमा उल्लिखित प्रदेश तथा स्थानीय तहका अधिकार सङ्घीय सरकारबाट नियन्त्रित भए भन्ने...

  • २०७६ बैशाख १२, बिहिबार

    सार्वजनिक सुनुवाइ गर्दैनन् स्थानीय सरकार

    स्थानीय तहमा पारदर्शिता र जवाफदेहिताको विषयमा प्रश्न उठिरहेको बेला जवाफदेहिताको औजारको रूपमा हेरिने सार्वजनिक सुनुवाइ नै नगरेको पाइएको छ । स्थानीय तहको पुनःसंरचनाअघि प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाइ गर्दा अहिले सार्वजनिक सुनुवाइ कहिले गर्ने कति पटक गर्ने भन्ने विषयमै अन्योलता देखिएको छ । सार्वजनिक सुनुवाइ र सार्वजनिक परीक्षणलाई एउटै घानमा राखेर प्रत्येक योजनाको सार्वजनिक परीक्षणलाई सार्वजनिक...

  • २०७६ बैशाख १२, बिहिबार

    प्रमुख नहुँदा सेवाग्राहीलाई सास्ती

    जिल्ला अस्पतालमा एक वर्षदेखि कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । उक्त अस्पतालमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेर आउने अधिकांश चिकित्सक र अस्पतालका कर्मचारीको आन्तरिक विवादले बस्न नसक्ने बताउँदै कार्यालय छाड्ने गरेका हुन् ।  अस्पतालका कर्मचारीसँग विवाद भएपछि प्रमुख डा विनितकुमार झा एक वर्षअघि सरुवा भएर जानुभएको हो । डा झामात्र होइन यसअघि डा विष्णुबहादुर बस्नेत, डा...

  • २०७६ बैशाख १२, बिहिबार

    स्वास्थ्य चौकी बनाउन जग्गादान

    दिवङ्गत श्रीमतीको स्मृतिमा सिरहाको गोलबजार नगरपालिका–३ निवासी प्रेमबहादुर स्याङ्वाले स्वास्थ्यचौकी भवन निर्माणका लागि जग्गादान दिनुभएको छ । गोलबजार नगरपालिका–३ मुसहर्निया निवासी ७१ वर्षीय स्याङ्वाले दुई वर्षअघि निधन भएकी श्रीमती बेलकुमारीको स्मृतिमा मुसहर्नियामा स्वास्थ्यचौकी तथा वर्थिङ सेन्टर ९प्रसूतिगृह० निर्माण गर्न आफ्नो नाममा रहेको आठ कट्ठा दुई धुर जग्गा दान गर्नुभएको हो । उक्त...

  • २०७६ बैशाख १२, बिहिबार

    निजी आवास र विद्यालय आधा बनेः कामदार अभाव

    धादिङ जिल्ला केन्द्रविन्दु बनाएर बुधबार बिहान दुई पटक भूकम्प गएपछि मानिस भागाभाग भयो । एकाबिहानै भूकम्पले हल्लाएपछि घरबाट मानिस भागाभाग गरेर बाहिर निस्किएका थिए ।  बिहान काठमाडौंँ र आसपासका क्षेत्रमा हलचल ल्याउने गरी धादिङको नौबीसे केन्द्र भएर दुई पटक भूकम्पको धक्का महसुस गरिएपछि सर्वसाधारण त्रसित हुन पुगे  । बिहान ६ बजेर २९ मिनेटमा धादिङको नौबीसे केन्द्रविन्दु भएर ५।२ रेक्टर तथा ६ बजेर ४०...

Pages