STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ जेठ १५, मंगलबार

    सहकारी ठगी प्रकरण : सात सदस्यीय संसदीय समिति बन्यो

    दलीय सहमतिपछि सहकारीको बचत रकम हिनामिना सम्बन्धमा छानबिन गर्न सात सदस्यीय संसदीय समिति गठन भएको छ। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले समिति गठन गरेको हो। समितिमा प्रमुख प्रतिपक्षी दलबाट सह(महामन्त्री बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, नेकपा एमालेबाट सूर्यबहादुर थापा र सरिता भुसाल, नेकपा माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र...

  • २०८१ जेठ १५, मंगलबार

    आलु, प्याज र स्याउमा भ्याट छुट, मदिरा र चुरोटमा अन्तःशुल्क कर बढाइयो

    काठमाडौं - सरकारले तरकारी तथा फलफूलमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आलु, प्याज र स्याउमा भ्याट छुट गरेको घोषणा गरेको हो । यस्तै मदिरा, बियर र सुर्ती र चुरोटमा अन्तःशुल्क कर बढाएको घोषणा भएको हो । औषधि, इन्डक्सन, काजु, बदाममा छुट सहुलियत पाएको घोषणा भएको छ ।

  • २०८१ जेठ १५, मंगलबार

    बजेटमा बढेन कर्मचारीको तलब

    काठमाडौं - सरकारले कर्मचारीको तलब सुविधा नबढाउने भएको छ । मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेश गरेको आगामी आर्थिक वर्ष २०८१/८२को बजेट वक्तव्यमा वर्षमान पुनले कर्मचारीको तलबमान वृद्धिको घोषणा गरेनन् । पछिल्लो पटक सरकारले १ साउन २०७९ देखि लागू हुनेगरी कर्मचारीको नयाँ तलबमान कायम गरेको थियो । त्यतिबेला निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षक, स्वास्थ्य...

  • २०८१ जेठ १५, मंगलबार

    आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य

    काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष देशको आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट घोषणाका क्रममा ६ प्रतिशतको आर्थिक वृद्धि  लक्ष्य लिइएकाे बताए । त्यस्तै मूल्यवृद्धि ५.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य बजेटले लिएको छ । गत बजेटमा सरकारले चालु आवका लागि ६ प्रतिशतकै आर्थिक वृद्धि लक्ष्य लिए पनि ४ प्रतिशतमाथि नजाने विभिन्न...

  • २०८१ जेठ १५, मंगलबार

    बजेट २०८१ : सबैभन्दा बढी शिक्षामा, कम महिला मन्त्रालयलाई

    काठमाडौं - अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विनियोजन गरेका छन् । उनले शिक्षा मन्त्रालयलाई दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।  यस्तै, आगामी आर्थिक वर्षको लागि सबैभन्दा कम बजेट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाएको छ । महिला मन्त्रालयको लागि...

  • २०८१ जेठ १५, मंगलबार

    १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत

    काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० खर्ब ३० करोड बजेट ल्याएको छ।  मंगलबार संघीय संसद्को दुवै सदनको बैठकमा बजेत वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष भन्दा ६ दशमलव २ प्रतिशत बढी बजेट ल्याएको बताए।  त्यस्तै चालुगत खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात कुल विनियोजनको ६१ दशमलव ३१ प्रतिशत रहेको उनले बताए। त्यसैगरी पुँजीगत खर्चतर्फ ३ खर्ब ५२...

  • २०८१ जेठ १५, मंगलबार

    आज १९ खर्बको बजेट : कर्मचारीको तलब नबढ्ने

    काठमाडौं- मुलुकको ७३औँ बजेट २०८/०८२ आज सार्वजनिक हुँदैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्नेछन्। अर्थमन्त्रीले बजेट प्रस्तुत गरिसकेपछि संयुक्त बैठक स्थगित हुनेछ। आजै प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टा छुट्टै बैठक बस्ने छ भने दुवै सदनको बैठकमा अर्थमन्त्री पुनले आर्थिक वर्षको...

  • २०८१ जेठ १५, मंगलबार

    आज १७औँ गणतन्त्र दिवस

    काठमाडौं- आज १७औं गणतन्त्र दिवस। नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज राष्ट्रिय दिवस मनाइँदैछ। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र युद्ध र सात संसदवादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए। त्यसपछि...

  • २०८१ जेठ १४, सोमबार

    सगरमाथा आरोहणमा कीर्तिमान बनाएकी श्रेष्ठलाई काठमाडौंमा भव्य स्वागत

    काठमाडौं - एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्न सफल पर्वतारोही तथा पत्रकार पूर्णिमा श्रेष्ठलाई काठमाडौँमा स्वागत गरिएको छ । आजै लुक्लाबाट काठमाडौँ आएकी श्रेष्ठलाई विमानस्थलमा स्वागत गरिएको हो ।  वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा उनले शनिबार बिहान सगरमाथाको चुचुरोमा तेस्रो पटक पाइला टेकेर उक्त कीर्तिमान बनाएकी थिइन् ।  उनको योसहित सगरमाथा आरोहण चौथो पटक हो ।...

  • २०८१ जेठ १४, सोमबार

    ढल्यो गण्डकी सरकार, पाण्डेलाई नियुक्ति गर्न परमादेश

    काठमाडौं - गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ। पूर्वमुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले हालेको रिट जारी हुने आदेश सर्वोच्च अदालतले सोमबार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनील पोखरेलको इजलासले रिट जारी हुने आदेश गरेसँगै मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत पनि बदर भएको छ । ६० सदस्यीय...

  • २०८१ जेठ १४, सोमबार

    गृहमन्त्री लामिछानेको निलम्बन माग्दै सर्वोच्चमा रिट

    काठमाडौं - उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनुपम भट्टराईले सोमबार महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका छन् । महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्रीमाथि कुनै पनि मुद्दामा कुनै पनि अदालतमा अभियोजन नभएको भन्दै पत्र लेखेका थिए । रिटमा सो पत्र...

  • २०८१ जेठ १४, सोमबार

    चाँगुमा डोजर आतङ्क रोक्न मिलेर अगाडि बढ्नुपर्छ’

      भक्तपुरको चाँगुनारायण क्षेत्रमा जताततै डोजर चलेका देखिन्छन् । हरिया डाँडा, प्राकृतिक सौन्दर्य, पुरातात्विक सम्पदा एवं प्रसिद्ध पर्यटकीस्थलका रूपमा परिचित यो क्षेत्र अहिले उजाड छ । कित्ताकाट र जग्गा सम्याउने नाममा जताततै डोजर चलाउने, माटो खन्ने र बालुवा निकासी गर्नेजस्ता समस्याले चाँगुनारायण क्षेत्रको पहिचान नै हराउने स्थानीयको चिन्ता छ । नगरपालिकाको वडा नं १ देखि ९ सम्म अधिकांश ठाउँमा डोजरले...

Pages