-
२०८१ जेठ २३, बुधबार
महामारीका रुपमा फैलिँदैछ तनाव
विश्वका अनेक प्राणीहरुमध्ये मानव जाति चेतनशील र सामाजिक प्राणी भए पनि यसभित्र उत्पन्न हुने तनावले सबैभन्दा बढी समस्याग्रस्त बन्दै गएको छ । तनावले मानसिक स्वास्थ्यसँगै शारीरिक स्वास्थ्यमा पनि निकै असर गर्दछ । समयमा तनाव व्यस्थापन नगर्नाले हाम्रा दैनिक जीवनमा धेरै असहज अवस्था आउन सक्छ । तनाव विश्वकै ठूलो महामारीका रुपमा लिने गरिएको छ । मानिसलाई जस्तोसुकै रोगहरु पनि लाग्न सक्छ, त्यसको समयमै उपचार...
-
२०८१ जेठ २३, बुधबार
महानगरका अस्पतालले आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्नुपर्ने
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित अस्पतालहरूलाई आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्न आग्रह गरेको छ । महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिलाई फार्मेसी सञ्चालन गर्न दिँदा उपभोक्ता गुणस्तरीय सेवाबाट वञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधि तथा औषधिजन्य सामग्री बिक्री भइरहेको जनगुनासो आएपछि महानगरले...
-
२०८१ जेठ २३, बुधबार
कंगना रनौत भारतीय लोकसभा निर्वाचनमा विजयी
काठमाडौं - भारतीय जनता पार्टी (बीजेपी)को तर्फबाट उम्मेदवार बनेकी बलिउड अभिनेत्री कंगना रनौतले लोकसभाको निर्वाचन जितेकी छन् । हिमाचल राज्यको मण्डी निर्वाचन क्षेत्रबाट उनी विजयी भएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनले कांग्रेसका उम्मेदवार विक्रमादित्यलाई ७० हजारभन्दा बढी मतान्तरले हराएको जनाइएको छ । मिडिया कुराकानीमा उनले आफ्नो जित प्रधानमन्त्री नरेन्द्र मोदीप्रतिको विश्वासको रुपमा रहेको बताएकी...
-
२०८१ जेठ २३, बुधबार
टी-२० विश्वकप : नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित
काठमाडौं - आइसीसी टी-२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ। नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा ९ बल अगावै पूरा गर्यो। नेदरल्यान्ड्सका लागि म्याक्स दोउडले सर्वाधिक ५४ रन बनाए। त्यस्तै विक्रमजीत सिंहले २२ रन, स्कट इडवार्डले ५ र सीब्रान्डले १४ रन बनाए। नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले एक-एक विकेट लिए।...
-
२०८१ जेठ २३, बुधबार
नेपालले दियो नेदरल्याण्ड्सलाई १ सय ७ रनको लक्ष्य
काठमाडौं- टी–२० विश्वकपमा आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससामु १ सय ७ रनको लक्ष्य बनाएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको हो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। उनले ३७ बलमा ५ चौका हिर्काए। खेलमा खराब सुरुवात गरेको नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको थियो। भुर्तेल ७ रन तथा आशिफ शेख ४ रन बनाएर आउट भए। करन केसीले १७ तथा...
-
२०८१ जेठ २३, बुधबार
भारत निर्वाचन : अब ७६ सिटको परिणाम आउन बाँकी, भाजपाले जित्यो २१६ सिट
काठमाडौं - भारतीय लोकसभा निर्वाचन–२०२४ को मतपरिणाम आउनेक्रम जारी रहेको छ । नेपाली समयअनुसार मंगलबार राति १०:५० बजेसम्म ४६७ सिटको मत परिणाम सार्वजनिक भएको छ । अब ७६ सिटको मतपरिणाम मात्र आउन बाँकी छ । कुल ५४३ सिटका लागि भएको निर्वाचनको मतगणना मंगलबार बिहानबाट सुरु गरिएको थियो । भारतीय निर्वाचन आयोगका अनुसार अहिलेसम्म सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) २१६ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्षी दल...
-
२०८१ जेठ २३, बुधबार
वाराणसीबाट मोदीको तेस्रो पटक जित
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उतर प्रदेशको वाराणसी निर्वाचन क्षेत्रबाट लगातार तेस्रो पटक जित हासिल गरेका छन्। मोदीले भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार अजय रायलाई एक लाख ५२ हजार ५१३ मतान्तरले पराजित गरेका हुन्। मोदीले ६ लाख १२ हजार ९७० मत प्राप्त गरेका छन् भने रायले ४ लाख ६० हजार ४५७ मत पाएका छन्। यस पटक मोदीको जित अन्तर भने घटेको छ। अघिल्लो २०१९ को निर्वाचनमा मोदीले...
-
२०८१ जेठ २२, मंगलबार
भारत निर्वाचन : एक्लै बहुमत ल्याउन भाजपालाई सकस
एजेन्सी - भारतीय लोकसभा निर्वाचन २०२४ को मतगणना सुरु भएको ६ घण्टाभन्दा बढी भइसकेको छ । मतगणनाको प्रारम्भिक नतिजाले केही स्पष्ट सन्देश दिइसकेको छ । अघिल्लो निर्वाचनमा स्पष्ट बहुमत ल्याएको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले यस पटक बहुमत नल्याउने मतगणनाको प्रारम्भिक नतिजाले देखाएको छ । मतगणना मंगलबार बिहानबाट सुरु भएको हो । भारतीय निर्वाचन आयोगका अनुसार मंगलबार दिउँसो साढे २ बजेसम्मको अवधिमा ५४३...
-
२०८१ जेठ २२, मंगलबार
काठमाडौं महानगरले तीन ठाउँमा टी-२० विश्वकप निःशुल्क देखाउने
काठमाडौं- टी–२० विश्वकप क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको छ। महानगरले नेपालका खेल तीन ठाउँमा लाइभ देखाउन लागेको हो। नेपाली समयअनुसार पहिलो खेल मंगलबार राति सवा ९ बजेदेखि सुरु हुनेछ। यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रिन राखिनेछन्। यी स्थानहरूमा खेल हेर्न कुनै शुल्क तिर्नु पर्दैन। प्रदर्शन स्थल टुँडिखेलमा साँझ ५...
-
२०८१ जेठ २१, सोमबार
नगर प्रहरीको अवरोध बावजुद गरियो न्युरोडको सडक कालोपत्र
काठमाडौं- न्युरोड क्षेत्रमा फुटपाथ फराकिलो बनाउन भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको सडकमा सडक डिभिजन कार्यालयले कालोपत्र गरेको छ। सोमबार महानगरले भत्काएको सडक किनारामा कालोपत्र गर्न पुगेको सडक डिभिजनको टोलीमाथि महानगर प्रहरीले अवरोध खडा गरेको थियो। त्यसकाबीच पनि सडक डिभिजन कार्यालयले सडक कालोपत्र गरेको हो। सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर अर्जुन नेपालीले अनुमतिबिना महानगरपालिकाले...
-
२०८१ जेठ २१, सोमबार
गोदावरीका मेयरसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं - ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर महर्जन सहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकलाई विपक्षी बनाएको छ। आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको हो । भ्रष्टाचार मुद्दा दायर भएसँगै मेयर महर्जन र अन्य कर्मचारी पदबाट...
-
२०८१ जेठ २१, सोमबार
फिल्मका हिरो हिरोइनहरुलाई सुन्दरता दिने चन्द्रकला भेटवाल
सौन्दर्य कलामा सकृय रूपमा प्रस्तुत अगाडि बढीरहनु भएकी चन्द्रकला भेटवालले आफ्नो सीप क्षमताको कदर गर्दै कडा मिहिनेत र लगनशीलताका साथ लगातार रूपमा मेकअप आर्ट अर्थात सौन्दर्य कलाक्षेत्रप्रति समर्पित उहाँ यस क्षेत्रमा आफूलाई अग्रपंतिमा उभ्याउन सफल हुनुहुन्छ । सानैदेखि सिर्जनशील तथा कलात्मक कार्य गर्न रुचाउने चन्द्रकला पछि यही क्षेत्रलाई व्यवसायका रूपमा अंग्लानुभयो । मोफसलमा रहेर पनि आफूलाई...


