STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ जेठ १०, बिहिबार

    सहकारी ठगी प्रकरण: कार्यदलको बैठक निष्कर्षविहीन

    काठमाडौं— सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ। बैठक बिहीबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठक निष्कर्षमा पुग्न नसके पनि सकारात्मक छलफल गरेको सदस्य महेश बर्तौलाले जानकारी दिए। कांग्रेसले उठाएका सहकारीको नाम उल्लेख गर्न समस्या नभएको तर व्यक्ति नाम उल्लेख नगर्ने प्रस्ताव सत्ता पक्षले राखेको उनले...

  • २०८१ जेठ १०, बिहिबार

    प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्य जन्म जयन्ती

    खस नेपाली भाषाको एकल सन्चार माध्यमं को प्रभाव चर्किरहेको समयमा आफ्नो मातृभाषा नेपालभाषामा पत्रिका निकालेर प्रथम मातृभाषा पत्रकार बन्नु भएका धर्मादित्य धर्माचार्यको १२२ औं जन्मजयन्तीको अवसरमा  नेपालभाषाका पत्रकार सुगतरत्न सिन्दुराकारलाई धर्मादित्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सो समारोह नेवाः पत्रकार राष्ट्रिय दबु ललितपुरका अध्यक्ष मन्जु बज्राचार्यको सभापतित्वमा सम्पन्न भएको थियो भने ...

  • २०८१ जेठ १०, बिहिबार

    चैत्य, गुम्बा र विहारमा बौद्धमार्गीको भीड

    बौद्ध धर्मावलम्बी आज बिहानैदेखि चैत्य, गुम्बा, विहारलगायत स्थलमा जम्मा भएर बुद्धजयन्ती मनाउँदै छन् । जहाँ लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाउन लागिएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा...

  • २०८१ जेठ १०, बिहिबार

    संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक आह्वान

    काठमाडौं - सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक आह्वान गरिएको छ ।  आज (बिहीबार) दिउँसो ३ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बस्न लागेको हो । सत्ता पक्ष र प्रतिपक्ष दलका प्रतिनिधिहरुबीच कार्यादेशमा सहमति नजुट्दा अघिल्ला बैठक निष्कर्षविहीन हुँदै आएका छन् ।  मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तापक्षलाई कार्यादेशको...

  • २०८१ जेठ १०, बिहिबार

    मनाइँदै उँभौली पर्व

    काठमाडौँ - प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।  बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ ।  गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो ।  वैशाख शुक्ल पूर्णिमादेखि...

  • २०८१ जेठ १०, बिहिबार

    बुद्धवचन सम्झँदै २५६८औं बुद्धजयन्ती मनाइँदै

    काठमाडौं- शान्तिका अग्रदूतका रूपमा संसारभर परिचित सिद्धार्थ गौतमको २५६८औं जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ। दिवसको अवसरमा गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा विशेष समारोह आयोजना गरिएको छ। कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरू बुधबार साँझ नै लुम्बिनी आइपुगेका छन्। बुधबार साँझ नै प्रचण्डले बुद्धजयन्तीको अवसरमा भारतीय दूतावास र लुम्बिनी विकास कोषले संयुक्त...

  • २०८१ जेठ १०, बिहिबार

    कुन मन्त्रीको सम्पत्ति कति ?

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार - सञ्चारमन्त्री रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको २० लाख रुपैयाँ सहकारीमा रहेको छ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्रीहरूको सम्पत्ति विवरण मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा राखेको छ ।  उक्त विवरणअनुसार सञ्चारमन्त्री शर्मासँग एक लाख ७८ हजार...

  • २०८१ जेठ ९, बुधबार

    पशुपतिनाथको भेटी चोर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको म्याद

    काठमाडौं- भेटी चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका पशुपति क्षेत्र विकास कोषका पाँच जना कर्मचारीमाथि अनुसन्धान गर्न प्रहरीले पाँच दिनको समय पाएको छ।  कोषका पाँच कर्मचारीमाथि काठमाडौं जिल्ला अदालतले अनुसन्धान अघि बढाउन अनुमति दिएको हो। कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाका कर्मचारी भेटी गणना कक्षबाट भेटी चोरी कार्यमा संलग्न भएको देखिएको थियो।  महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख...

  • २०८१ जेठ ९, बुधबार

    ३०औँपटक सगरमाथाकाे सफल आराेहण गरेर कामीरिताकाे नयाँ कीर्तिमान

    काठमाडौं - कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी बुधबार बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन् ।  “कामीरिता शेर्पाले सगरमाथा शिखमा ३०औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गर्नुभएको छ,” सगरमाथा आधारशिविरबाट कार्यालय गौतमले भने। वसन्त ऋतुको जारी आरोहणमा उनले यसअघि...

  • २०८१ जेठ ९, बुधबार

    कैलाश सिरोहिया पक्राउ पर्नुका ६ आधार

    काठमाडौं- धनुषा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गर्नुका ६ आधार सार्वजनिक गरेको छ। मंगलबार सिरोहियालाई प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो।  धनुषा प्रहरी अनुसन्धान अधिकृत प्रहरी निरीक्षक नवराज खड्काले जारी गरेको विज्ञप्तिमा सिरोहियाका नागरिकतामा देखिएका कैफियतपूर्ण तथ्यहरू यसप्रकार उल्लेख गरिएको छ। १. कैलाशप्रसाद सिरोहियाले...

  • २०८१ जेठ ७, सोमबार

    लामिछानेलाई कारबाही माग गर्दै तरुण दलको मसाल जुलुस प्रदर्शन

    काठमाडौं - नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले सहकारीको रकम हिनामिनामा संलग्न गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्नुपर्ने मागसहित मसाल जुलुस प्रदर्शन गरेको छ। तरुण दलका नेता-कार्यकर्ताले नाराबाजी गर्दै सोमबार साँझ पुरानो बानेश्वरमा मसाल जुलुस प्रदर्शन गरेका हुन्। तरुण दलका काठमाडौं सचिव दिनेश विक्रम शाहले सहकारी ठगलाई जोगाउने सरकार र आफ्ना नेताहरूलाई संगीन आरोप लगाउने गृहमन्त्रीविरुद्ध मसाल...

  • २०८१ जेठ ७, सोमबार

    उपेन्द्र यादवको रिट हेर्न भ्याइएन

    काठमाडौं - जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको पार्टी फुटविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको छ । निर्वाचन आयोगको निर्णय यथावत् राखी फरक दलका रूपमा काम नगर्न/नगराउने माग गर्दै यादवले आइतबार दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको थियो ।  इजलासको अन्तिम नम्बरमा रहेको रिट हेर्न नभ्याइनेमा परेको हो । यादवको रिट ढुंगानाको इजलासको अन्तिम नम्बर...

Pages