-
२०८१ जेठ १४, सोमबार
एसिड आक्रमणबाट घाइते सांसद कंसाकारको बिलौना...
एसिड आक्रमणमा गम्भीर घाइते भई उपचारमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विन्दबासिनी कंसाकारले मन्त्रालयलगायत निकायबाट तदारुकता काम नहुँदा क्षतिपूर्तिबापत पाउनुपर्ने रकम प्राप्तिमा ढिलाइ भएको गुनासो गर्नुभएको छ । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा सांसद स्वयम्ले आफू पीडित भएको घटनाको विवरण सुनाउँदै राज्यले पीडितलाई न्याय दिनुपर्नेमा सांसद भएबापत...
-
२०८१ जेठ १३, आइतबार
किम्फको २१औँ संस्करणमा २२ देशका ६० चलचित्र
काठमाडौं - अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१औं संस्करण जेठ १६ देखि २० गतेसम्म हुने भएको छ । राष्ट्रियसभागृह र नेपाल पर्यटन बोर्डमा आयोजना हुने फेस्टिभलको नारा ‘परिवर्तनको प्रतिध्वनि’ रहेको छ । काठमाडौं महानगरपालिकाको सह-आयोजनामा हुने फेस्टिभलमा २२ देशका ६० भन्दा बढी चलचित्र प्रदर्शन हुनेछन् । किम्फको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत वृत्तचित्र, कथानक, लघु तथा प्रयोगात्मक...
-
२०८१ जेठ १३, आइतबार
सहकारी ठगीविरुद्ध कांग्रेस आजदेखि सडकमा
काठमाडौं- सहकारी ठगीका आरोपित उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसहितलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै विपक्षी दल नेपाली कांग्रेसले आइतबार विरोध प्रदर्शन गर्दै छ। संसद्मा निरन्तर अवरोध गर्दै आएको कांग्रेस अब त्यही मुद्दा लिएर विरोध प्रदर्शनका लागि सडकमा उत्रिएको हो । पहिलो चरणमा काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। उपत्यकाका तीन वटै जिल्ला कार्यसमितिको...
-
२०८१ जेठ १३, आइतबार
सडक मर्मत समयमै नसकाएपछि सडक डिभिजन कार्यालयलाई बालेनको धुलो उपहार
काठमाडौँ - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले सडक विभागलाई १ ट्रक धुलो उपहार पठाएका छन् । उक्त धुलो विभागको गेटैमा खन्याइएको छ । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठलाई भने दैनिक १ ट्रक धुलो उपहार पठाउने घोषणा गरेका छन् । कलङ्कीदेखि महाराजगन्जसम्मको बाटो सुधार र मर्मत नहुँदा विगत १५ वर्षदेखि जनताले सास्ती खेप्नु परेको र महानगरले गाली खानुपरेको भन्दै महासेठलाई...
-
२०८१ जेठ १२, शनिबार
‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक
काठमाडौँ - नवीन सुब्बाको फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक गरिएको छ ।बिहीबार सार्बजनिक ट्रेलरबाट गिल्मले पूर्वी नेपालको एउटा गाउँमा सडक र गाडी पुगेपछि आएको परिवर्तन र त्यसले पारेको असर बारे फिल्म बनेको बुझ्न सकिन्छ । यही जेठ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा दयाहाङ राई र उनकी श्रीमतीको भूमिकामा पशुपति राईले अभिनय गरेकी छन् । यो फिल्मले विश्वका २० वटाभन्दा बढी प्रतिष्ठित...
-
२०८१ जेठ १२, शनिबार
५७ जिल्लामा फैलियो डेंगु, सचेतना अपनाउन आग्रह
काठमाडौं - डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगुको जोखिम बढेको जानकारी दिए । उनका...
-
२०८१ जेठ १२, शनिबार
सुरक्षण मुद्रणमा दोषी ठहरिएका इन्जिनियर पोखरेल मृत भेटिए
काठमाडौं -सुरक्षण मुद्रण केन्द्रले गरेको सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा भ्रष्टाचार भएको प्रकरणमा दोषी ठहरिएका एक जना कर्मचारी मृत फेला परेका छन् । सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल बिहीबार झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ । घरमा सुसाइड नोटसमेत फेला परेकाले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । प्रहरी स्रोतका अनुसार, सुसाइड नोटमा आफ्नो...
-
२०८१ जेठ १२, शनिबार
सगरमाथामा ५ आरोहीको मृत्यु, ३ बेपत्ता
काठमाडौं - जारी पर्वतारोहण सिजनमा सगरमाथामा मात्र ५ आरोहीको मृत्यु भएको छ । पर्यटन विभागले बिहीबार साँझ सार्वजनिक गरेको विवरण अनुसार नेपाली सहयोगी र विदेशी आरोहीहरूको विभिन्न कारणले मृत्यु भएको हो । मृत्यु हुनेमा मंगोलियाका दुई आरोही छन् । उनीहरूको १३ मेका दिन साउथ समिटमा मृत्यु भएको विभागले जनाएको छ । मृत्यु हुनेमा युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ रहेका छन् । क्याम्प थर्डमा रोमानियाका...
-
२०८१ जेठ १२, शनिबार
गृहमन्त्रीको अभिव्यक्ति र सिरोहिया पक्राउबारे कांग्रेसले माग्यो जवाफ
काठमाडौं- बालुवाटारमा बसेको प्रमुख दलका नेताहरुको बैठक सकारात्मक भएको कांग्रेसले बताएको छ। बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक भएको र कार्यदलमा छलफल भइरहेको बताए। लेखकले आजको बैठकमा कांग्रेसले प्रधानमन्त्रीसँग कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ बारे ध्यानाकर्षण गराएको बताए। आफूहरुले सिरोहियालाई पक्राउ गरिएको तरिकाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण...
-
२०८१ जेठ १२, शनिबार
आज काठमाडौंको तापक्रम यो वर्षकै बढी
काठमाडौं - काठमाडौंको अधिकतम तापक्रम शुक्रबार ३४.४ डिग्री सेल्सियस मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज यो वर्षका लागि अहिलेसम्मकै बढी तापक्रम मापन गरिएको हो । “यो यस वर्षका लागि आजसम्मको बढी तापक्रम हो,” महाशाखाका मौसमविद् अधिकारीले भने । यसअघि गएको शनिबार काठमाडौंको अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस मापन गरिएको थियो । बिहीबार भने काठमाडौंको अधिकतम...
-
२०८१ जेठ १०, बिहिबार
सहकारी ठगी प्रकरण: कार्यदलको बैठक निष्कर्षविहीन
काठमाडौं— सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ। बैठक बिहीबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठक निष्कर्षमा पुग्न नसके पनि सकारात्मक छलफल गरेको सदस्य महेश बर्तौलाले जानकारी दिए। कांग्रेसले उठाएका सहकारीको नाम उल्लेख गर्न समस्या नभएको तर व्यक्ति नाम उल्लेख नगर्ने प्रस्ताव सत्ता पक्षले राखेको उनले...
-
२०८१ जेठ १०, बिहिबार
सहकारी ठगी प्रकरण: कार्यदलको बैठक निष्कर्षविहीन
काठमाडौं— सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ। बैठक बिहीबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठक निष्कर्षमा पुग्न नसके पनि सकारात्मक छलफल गरेको सदस्य महेश बर्तौलाले जानकारी दिए। कांग्रेसले उठाएका सहकारीको नाम उल्लेख गर्न समस्या नभएको तर व्यक्ति नाम उल्लेख नगर्ने प्रस्ताव सत्ता पक्षले राखेको उनले...


