-
२०८१ जेठ २०, आइतबार
मेयर बालेनको व्यवहार असभ्य : ओली
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यवहार असभ्य देखिएको टिप्पणी गरेका छन्। शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्। सडक निर्माणका विषयमा मतभेद भएपछि दबाब दिन काठमाडौं महानगरपालिकाले गत साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग सुपरीवेक्षण...
-
२०८१ जेठ १८, शुक्रबार
पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ घट्यो
काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ । डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ । सरकारले बजेटमार्फत पेट्रोलियम...
-
२०८१ जेठ १८, शुक्रबार
टिचिङ हस्पिटलको कम्पाउण्डभित्रका दुईवटा फार्मेसीमा महानगरले लगायो ताला
काठमाडौं – काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल((टिचिङ हस्पिटल) महाराजगञ्जको कम्पाउण्डभित्रै सञ्चालनमा रहेका दुईवटा निजी फार्मेसीमा ताला लगाएको छ। अस्पतालको कम्पाउण्डभित्र मापदण्डविपरीत फार्मेसी सञ्चालन गरिएको भेटिएपछि पानोरमा र पञ्चकन्या फार्मेसीमा ताला लगाइएको महानगरपालिकाका निमित्त स्वास्थ्य विभाग प्रमुख सजिना महर्जनले जानकारी दिए। उनले भने, ‘हामी अर्कै...
-
२०८१ जेठ १८, शुक्रबार
देशका विभिन्न ठाउँमा अत्याधिक गर्मी, पठनपाठन ठप्प
काठमाडौं — पूर्वी र पश्चिम तराईका अधिकांश भू–भागमा अत्याधिक गर्मी बढेको छ । दिनानुदिन बढ्दै गएको तापक्रमले बालबालिका प्रभावित हुन थालेपछि महोत्तरीका दुई पालिकाले आफ्नो नगर क्षेत्रभित्र पर्ने विद्यालयमा बिहीबारदेखि गर्मी बिदा दिएको छ । जिल्लाको बर्दिबास नगरपालिकाले आजदेखि यही जेठ २० गतेसम्म चार दिनका लागि आफ्नो नगरक्षेत्रभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिएको हो । ...
-
२०८१ जेठ १८, शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा, विश्वकप खेल्ने सपना अधुरै
काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा फेरि पनि भिसा दिन अस्वीकार गरेको छ । परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि अन्तर्वार्ताका लागि बोलाए पनि उनलाई भिसा दिन अस्वीकार गरेको हो । नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए । योसँगै उनको विश्वकप खेल्न जाने सम्भावना अब सकिएको छ । भिसाको लागि खेल मन्त्रीको पहल...
-
२०८१ जेठ १७, बिहिबार
अस्पतालको अभावमा स्वास्थ्य परीक्षण गर्न दुई घण्टा रामेछापमा सकस
केन्द्रीय मानन्धर संघले रामेछापको सुनापति गाउँपालिका वडा नं. ५ को श्री मानन्धर सेवा समाजसँग समन्वय गरेर एकदिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । राजधानी काठमाडौंबाट करिब ३ घण्टाको दूरीमा रहेको खनियापानी स्वास्थ्य चौकीमा स्त्रीरोग, दाँत, आँखा, जनरल फिजिसियन तथा फिजियो थेरापी सेवा संलग्न गरी शिविर सञ्चालन गरेको थियो । स्वास्थ्य शिविरलाई उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङले ग्रामिण...
-
२०८१ जेठ १७, बिहिबार
काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
काठमाडौं- काठमाडौं उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको छ । गत मङ्गलबार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन भएकामा बुधबार त्यो बढेर ३३ दशमलव तीन डिग्री सेल्सियस पुगेको थियो । आज यहाँको तापक्रम ३१देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा...
-
२०८१ जेठ १७, बिहिबार
‘अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता’ सम्मेलनको तयारी पुरा
नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले धर्मादित्य धर्माचार्य ले आफ्नो मातृभाषा नेपालभाषामा पत्रकारिता शुरु गरेर नेपालमा मातृभाषा पत्रकारिता आरम्भ गरेको सय वर्ष प्रवेश गरेको अवसर पारेर प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन आयोजना गर्ने भएको छ । यो सम्मेलन यही जेठ १९ र २० गते दुई दिन ललितपुर र भक्तपुर को ठिमिमा हुने भएको छ । नेपालमा मातृभाषा पत्रकारिता सुरु...
-
२०८१ जेठ १६, बुधबार
कैलाश सिरोहिया हाजिरी जमानतमा रिहा
काठमाडौं - कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छुटेका छन्। अनुसन्धानका लागि हिरासतमा राखिरहन आवश्यक नपर्ने भएकोले हाजिरी जमानतमा छोडिएको हो। ‘सरकारी वकिल कार्यालय धनुषासँग अनुमति लिएर धनुषा प्रहरीले कैलाश सिरोहियालाई छोड्न भनेपछि ललितपुर प्रहरीले उनलाई छोडेको हो । उनका छोरा सम्भव सिरोहियाको रोहबरमा अनुसन्धानको लागि आवश्यक परेकोले बेलामा उपस्थित गराउनुपर्ने शर्तमा उनी...
-
२०८१ जेठ १६, बुधबार
म्युजिक भिडियो ‘दाग’को विमोचनमाहरु सम्मानित
नेपाली गीतसंगीतको आकाशमा म्युजिक भिडियोले बेग्लै छाप छोड्दै आइरहेको छ भने हालैमात्र एउटा नयाँ म्युजिक भिडियो " दाग ” सार्वजनिक गरिएको छ । यो भिडियो ‘दाग’को विमोचनमा कार्यक्रममा स्रष्टा सर्जकहरूलाई सम्मान समेत गरिएको छ । सोमबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच प्रतिनिधिसभा उपसभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा स्रष्टा सर्जकलाई सम्मान गरिएको हो । कार्यक्रममा ब्राण्ड यु पिक्चर्स तारकेश्वर...
-
२०८१ जेठ १५, मंगलबार
बजेटले निजी क्षेत्र समेटेको छ : ढकाल
काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको बजेट मुलुकको आर्थिक विकासका लागि सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्। मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै ढकालले निजी क्षेत्रसँग सहकार्य गर्ने बिषयलाई बजेटले सम्बोधन गरेको बताए। यसैगरी नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष राजेश अग्रवालले आगामी आर्थिक वर्षको बजेट समग्ररूपमा सकारात्मक रहेको...
-
२०८१ जेठ १५, मंगलबार
पेट्रोल र डिजेलमा प्रतिलिटर एकका दरले हरित कर लाग्ने
काठमाडौं – सरकारले पेट्रोलियम पदार्थ, कोइलालगायतका सामग्रीमा हरित कर लगाएको छ। अर्थमन्त्री वर्षमान पुनद्वारा आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आर्थिक विधेयक–२०८१ मा पेट्रोल, डिजेलमा प्रतिलिटर एकका दरले हरित कर लगाउने उल्लेख छ। जैविक इन्धनको प्रयोगलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ उक्त कर लगाउने प्रस्ताव गरिएको जनाइएको छ। यो करसँगै पेट्रोलियम पदार्थको मूल्यमा चाप पर्नेछ। त्यस्तै फर्नेस आयल,...


