-
२०८१ जेठ २१, सोमबार
सडक निर्माण रोक्न न्युरोडमा नगर प्रहरी, स्थानीयबासीसँग भनाभन
काठमाडौं - सडक निर्माण रोक्न काठमाडौं महानगर प्रहरी पुगेपछि न्यूरोड क्षेत्र तनावग्रस्त बनेको छ। काम रोक्न महानगर प्रहरी पुगेपछि स्थानीयहरूले सडक निर्माणको काम रोक्न पाइँदैन भन्दै नाराबाजी गरेका थिए। अहिले महानगर र स्थानीयबीच छलफल भइरहेको छ। काठमाडौं महानगरले फुटपाथ विस्तार गर्ने भन्दै न्यूरोड सडक किनाराको पीच भत्काएको थियो। महानगरले भत्काएको उक्त आज सडक विभागले बनाउन थालेको थियो। स्थानीयहरूले...
-
२०८१ जेठ २१, सोमबार
महानगरले भत्काएको न्युरोड सडक विभागले टाल्दै
काठमाडौं - काठमाडौं महानगरले फुटपाथ विस्तारका लागि भत्काएको न्यूरोडको पीच सडक विभागले निर्माण गर्न सुरू गरेको छ। स्थानीयहरूले जथाभावी सडक भत्काएको भन्दै सडक विभागमा उजुरी दिएका थिए। त्यसपछि सडक विभागले न्यूरोडस्थित सडक कार्यलयलाई महानगरले भत्काएको सडक तत्काल बनाउन निर्देशन दिएको थियो। काठमाडौं महानगरका मेयर बालेन शाहले फुटपाथ विस्तार गर्न सडकको आकार घटाएका थिए । त्यसलाई रोक्न सडक विभागले...
-
२०८१ जेठ २०, आइतबार
केजरीवालले गरे तिहाड जेलमा आत्मसमर्पण
काठमाडौं- २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले आइतबार तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन्। दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले मुख्यमन्त्री केजरीवालले निर्धारित समयमा आत्मसमर्पण गरेको जानकारी दिएकी हुन्। उनले केजरीवालको स्वास्थ्य राम्रो नभएको बताएकी छन्। जेल जानु अघि केजरीवालले सर्वोच्च अदालतले निर्वाचन प्रचारका लागि २१...
-
२०८१ जेठ २०, आइतबार
इन्डोनेसियामा ज्वालामुखी विस्फोट
काठमाडौं- पूर्वी इन्डोनेसियामा आइतबार ज्वालामुखी विस्फोट भएको छ। विस्फोटपछि सात किलोमिटर माथि आकाशमा खरानीले बादलजस्तै ढाकेको सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यमले देखाएका छन्। यो ज्वालामुखीबाट यस वर्षको सुरुदेखि अहिलेसम्म भएका करिब १०० वटा विस्फोटको पछिल्लो घटना हो। उत्तरी मालुकु प्रान्तको हलमहेरा टापुमा रहेको माउन्ट इबुमा स्थानीय समयअनुसार दिउँसो १२ः४५ बजे विस्फोट हुँदा खरानीको बाक्लो बादल...
-
२०८१ जेठ २०, आइतबार
ट्राफिक नियम उल्लंघनकर्तालाई सडकमा उभ्याउने निणर्यमा सर्वोच्चको रोक
काठमाडौं - सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघनकर्तालाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा थप सजायका लागि खटाउने निर्णयको कार्यान्वयन रोकिदिएको छ । न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले ट्राफिक नियम उल्लंघनकर्तालाई जरिवानाका अतिरिक्त ट्राफिक स्वयंसेवी बनाउने मन्त्रिस्तरीय निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसमा घोषणा गरी मन्त्रिस्तरीय...
-
२०८१ जेठ २०, आइतबार
विश्वकप छनौट खेल्ने नेपाली फुटबल टीमको घोषणा
काठमाडौं- फीफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ। नेपालले फीफा विश्वकप २०२६ र एसियन कप २०२७ को दोश्रो चरणको छनौट खेल जुन ६ मा यूएईविरुद्ध र जुन ११ मा यमनसँग खेल्ने तालिका छ। यूएई र यमनविरुद्ध खेल्ने नेपाली टोलीमा २३ खेलाडी छनौट गरिएको छ। दोस्रो चरणमा समूह एचमा रहेको नेपालले अन्तिम दुई खेल साउदी अरेबियामा खेल्ने छ। दुवै खेल दमामको...
-
२०८१ जेठ २०, आइतबार
नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन्
नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनशिपमा दोहोरो स्वर्ण पदक जितेकी छन् । अमेरिकाको न्युजर्सीमा भएको प्रतियोगिताको महिला ५० वर्षमुनि फ्री स्टायल ब्रेकिङ र ओपन डिभिजन पुम्सेमा नन्दाले स्वर्णपदक जितेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । राखेपको कार्यकारी समितिको सदस्यसमेत रहेकी नन्दाले १० महिनाको अवधिमा जितेको यो तेस्रो स्वर्ण पदक हो । यसअघि नन्दाले गत...
-
२०८१ जेठ २०, आइतबार
एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक
काठमाडौँ - सन् २०२४ को मे महिनामा मात्र ९० हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस महिना कूल ९० हजार २११ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६.१० प्रतिशतले वृद्धि भएको हो । सन् २०२३ को मेमा ७७ हजार ७०३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । प्रि–कोभिड भने...
-
२०८१ जेठ २०, आइतबार
गृहमन्त्रीले सदनमा विषय ‘डाइभर्ट’ गरे, जिम्मेवारी प्रमले लिनुपर्छ : गगन थापा
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन कुुमार थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनभित्र विषय ‘डाइभर्ट’ गर्न बोलेका विषयमा जिम्मेवारी लिनुपर्ने बताएका छन्। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले सभामुख देवराज घिमिरेलाई सांसद र मन्त्रीलाई सभाप्रति मर्यादित बनाउन समेत आग्रह गरेका छन्। महामन्त्री थापाले विशेष समयमा बोल्दै...
-
२०८१ जेठ २०, आइतबार
प्रहरी र गुठी पीडितबीचको झडपमा ४ जना घाइते
काठमाडौं- दाङमा स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ। किसानहरुले आफूहरुको माग पूरा नभएको भन्दै नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न पुगेका थिए। सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति सिर्जना भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी तुलबहादुर विकले जानकारी दिए। उनका अनुसार अवस्थालाई नियन्त्रणमा लिनका लागि प्रहरीले केही थान अश्रुग्यास प्रहार...
-
२०८१ जेठ २०, आइतबार
डोनाल्ड ट्रम्प अपराधमा दोषी ठहर
काठमाडौं- अमेरिकी राजनीतिमा डोनाल्ड ट्रम्प अपराधमा दोषी ठहरिने पहिलो पूर्व वा सेवारत अमेरिकी राष्ट्रपति बनेका छन्। न्यूयोर्क स्थित म्यानहट्टन अदालतले बिहीबार ट्रम्पलाई ३४ अपराधमा दोषी ठहर गरेको छ। अब यसको सजाय निर्धारण जुलाई ११ मा हुने बताइएको छ। उनीहरूले त्यसको विरुद्धमा पुनरावेदन गर्न पाउने छन् र निर्णय यथावत रहेमा पनि उनीहरूलाई जरिवाना आदि लाग्ने उच्च सम्भावना छ। तर सबैभन्दा नराम्रो अवस्थामा...
-
२०८१ जेठ २०, आइतबार
सहकारी ठगी प्रकरण : छानबिन समितिले आइतबारदेखि काम थाल्ने
काठमाडौं- सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित ‘संसदीय छानबिन विशेष समिति’ले आइतबारदेखि काम थाल्ने भएको छ। सत्तापक्ष र प्रतिपक्षको लामो रस्साकस्सीपछि एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठित समितिले सहकारी ठगी प्रकरण छानबिनका लागि आइतबारदेखि काम थाल्नेगरी कार्यालयको व्यवस्थापन भइरहेको छ। संसदीय समिति कालका लागि कार्यालय र आवश्यक जनशक्ति जुटाउने कार्य भइरहेको संयोजक थापाले बताए। उनले...


