STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० माघ १९, शुक्रबार

    नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको घोषणा

    नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको सातौं संस्करण २०२४ जुन २० देखि २३ सम्म हुनेभएको छ। अमेरिकाको मेरील्याण्ड राज्य तथा वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गरिने सातौं अन्तराष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरीबाट आवेदन खुला गरिएको आयोजक संस्थाले जनाएको छ।  अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो...

  • २०८० माघ १९, शुक्रबार

    डिभी परेकालाई नक्कली प्रमाणपत्र बनाइदिने १० जना पक्राउ

    काठमाडौं- प्रहरीले अमेरिकाको इलेक्ट्रोनिक डाइभर्सिटी लट्री २०२३ को नतिजामा लट्री परेको तर आवश्यक शैक्षिक योग्यता नपुगेपछि त्यसका लागि एसएलसी र प्लस २ को नक्कली प्रमाण पत्र बनाउने १० जनालाई पक्राउ गरेको छ ।  प्रहरीले उनीहरूमध्ये विवेक उपाध्यायसहित ३ जनालाई अमेरिकन दूतावासको समन्वयमा मंगलबार दूतावासबाटै पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले...

  • २०८० माघ १९, शुक्रबार

    चन्द्रागिरी, दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा हिमपात

    काठमाडौं - मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा हिमपात भएको छ। दामन सीमभञ्ज्याङ क्षेत्रमा हिमपात भएपछि स्थानीय किसान, होटल व्यवसायी खुसी भएका छन्।  इलाका प्रहरी कार्यालय थाहानगरका प्रहरी निरीक्षक यम थापामगरले सीमभञ्ज्याङ क्षेत्रमा बिहीबार साँझदेखि हिमपात सुरु भएको जानकारी दिए। थप हिमपात भए त्रिभुवन राजपथ अवरुद्ध हुने सम्भावना रहेको उनले बताए।  दामन सीमभञ्ज्याङ क्षेत्रबाट...

  • २०८० माघ १९, शुक्रबार

    प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच भेटवार्ता

    काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनको विषयमा छलफल भइरहेको जनाइएको छ ।

  • २०८० माघ १९, शुक्रबार

    नवलपरासीमा बस र टिपर ठोक्किँदा १७ जना घाइते

    गएराति पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर आपसमा ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। बिहीबार राति पौने १० बजे सुनवल नगरपालिका- ४ गैरै पेट्रोलपम्प नजिकै काठमाडौँबाट बाजुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेशको ०१-००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु.२ ख १६९६ नम्बरको टिप्पर आपसमा ठक्कर खाँदा दुर्घटना भएकाे हाे। पश्चिम नवलपरासीका सूचना...

  • २०८० माघ १८, बिहिबार

    काभ्रेमा बस दुर्घटना हुँदा पाँच जना घाइते

    काभ्रे - काभ्रेमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइते हुनेमा पाँचखाल नगरपालिका-६ की २४ वर्षीया नबिना दनुवार, नमोबुद्ध नगरपालिका-३ की ३६ वर्षीया वाङ्जु लामा, उनकी छोरी ११ वर्षीया फुर्सङ लामा, उनको छोरा ९ वर्षीय समर्पण लामा  र नमोबुद्ध नगरपालिका-५ की २० वर्षीया करुणा भुजेल रहेका छन्।  काभ्रेको बनेपा नगरपालिका-१४, भैंसेपाटी स्थितमा पनौतीबाट काठमाडौं तर्फ जाँदै गरेको बा २ ख ६६६९ नम्बरको...

  • २०८० माघ १८, बिहिबार

    नारायणगढ–मुग्लिन सडक दिउँसो तीन साता बन्द हुने

    काठमाडौं - नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ। सो सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो।  आज जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको नागढु्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इञ्जिनियर...

  • २०८० माघ १८, बिहिबार

    खुलामञ्चलाई दुबोको चउर बनाइँदै

    काठमाडौँ - राजधानीको खुलामञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालिएको छ । अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाइने र त्यसमाथि प्राकृतिक दुवो रोपिने सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राज भण्डारीले जानकारी दिए । ‘दुबोसहितको चउर भएपछि जनसाधारणको बहुउपयोगमा आउनेछ । बिहान शारीरिक अभ्यास...

  • २०८० माघ १८, बिहिबार

    बाँसबारी जग्गा हिनामिना प्रकरण : पक्राउ पर्ने तीन जनालाई अदालत लगियो

    काठमाडौं- बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सीआईबीले अरुण चौधरी, अजितनारायण सिंह थापापछि थप एकजनालाई पक्राउ गरेको छ ।  चौधरी अध्यक्ष रहेको सीजी होल्डिङ्सको महाप्रबन्धक रहिसकेका सञ्जय ठाकुरलाई काठमाडौंबाट पक्राउ गरेको सीआईबी स्रोतले जानकारी दियो ।  'बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडप्ने क्रियामा ठाकुर समेतको प्रत्यक्ष संलग्नता रहेको देखिएकाले उनलाई पनि पक्राउ गरिएको हो...

  • २०८० माघ १८, बिहिबार

    पोखरामा टेलिफिल्म तथा वैवसिरिज अवार्ड र फुटबल प्रतियोगिता हुने

    पर्यटन गन्तव्यको एक उत्कृष्ट स्थानको रुपमा रहेको  पोखरा शहरमा नेशनल बक्स अफिस टेलिफिल्म / तथा वैव सिरिज अवार्ड आयोजना हुने भएको छ । गत सिजन यो अवार्ड राजधानीकोमै सम्पन्न भएको थियो भने अहिले मुलुकको पर्यटकिय शहर पोखरामा हुन लागेको हो। बक्स अफिस इन्टरनेसनल ग्रुप र ग्लोबल एक्टर्स फेडरेशन ( विश्व कलाकार महासंघ ) ले हरेक बर्ष नियमित रूपमा आयोजना गर्दै आएको नेपालको एकमात्र  टेलि तथा वैव सिरिज  अवार्ड ...

  • २०८० माघ १८, बिहिबार

    व्यवसायी अरुण चौधरी र बाँसबारी जुत्ताका पूर्वप्रमुख पक्राउ

    काठमाडौँ - व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौँको लैनचौरबाट पक्राउ गरेको हो । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा...

  • २०८० माघ १८, बिहिबार

    आजको मौसम स् कर्णाली र सुदूरपश्चिममा हल्का वर्षादेखि हिमपात

    नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।     महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा, कर्णाली प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा फाट्टफुट्टदेखि हल्का वर्षासहित हल्कादेखि मध्यम हिमपात...

Pages