STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० कार्तिक १८, शनिबार

    भूकम्प पीडितलाई सहयोग जुट्दै, बुद्ध एअरले एक करोड दिने

    काठमाडौं- जाजरकोट भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिपछि त्यस क्षेत्रका लागि सहयोग जुट्न सुरु भएको छ । विभिन्न कम्पनी तथा सङ्घ संस्थाले भूकम्प पीडितलाई सहयोग रकम घोषणा गर्न सुरु गरेका छन् ।  निजी क्षेत्रको ठूलो वायु सेवा कम्पनी बुद्ध एअरले भूकम्पपीडितका लागि एक करोड आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । बुद्ध एअरले उद्धार तथा राहत सामग्री ढुवानीमा पनि सहयोगका लागि प्रतिबद्धता जनाएको छ...

  • २०८० कार्तिक १८, शनिबार

    भूकम्प प्रभावित जाजरकोट र रुकुममा ५-५ करोड पठाउने सरकारको निर्णय

    काठमाडौं - सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा तत्काल पाँच-पाँच करोड रुपैयाँ पठाउने निर्णय गरेको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको बैठकले भूकम्प प्रभावित जिल्लामा राहतस्वरुप तत्काल ५-५ करोड पठाउने निर्णय भएको बताए। उनले भूकम्प प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकाय र विपद् व्यवस्थापनका जनशक्तिहरू खटिएको बताए। शवहरू शनाखतका लागि विशेष टोलीसमेत प्रभावित...

  • २०८० कार्तिक १८, शनिबार

    भूकम्पबाट मृत्यु हुनेको संख्या १५७ पुग्यो, १९७ जना घाइते

    काठमाडौं - भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ। भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन्। सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। त्यसैगरी भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन-...

  • २०८० कार्तिक १८, शनिबार

    जाजरकोटका घाइतेलाई भेटेर रुकुम फर्किए प्रधानमन्त्री

    जाजरकोट- भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्ड घाइतेलाई भेटेर दिएर रुकुम पश्चिम फर्किएका छन् । जाजरकोटको खलङ्गास्थित जिल्ला अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले घाइतेहरूलाई भेटेर ढाडस दिएका हुन् । नेपाली सेनाका १६ जनाको मेडिकल टीमसहित पुगेका उनले डाक्टर र औषधी लिएर आएको बताउँदै घाइते र आफन्तलाई चिन्ता नलिने भनेका थिए । ‘डाक्टर र औषधी ल्याएर आएका छौं । उपचारमा समस्या...

  • २०८० कार्तिक १८, शनिबार

    जाजरकोट भूकम्पको वितण्डा तस्बिरमा

    जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राती आएको भूकम्पले भेरी नगरपालिका ३ थाप्लेमा भत्किएका घरहरू । तस्बिर : हेमन्त केसी/रासस

  • २०८० कार्तिक १८, शनिबार

    मेडिकल टोली लिई प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रतर्फ

    काठमाडौं— जाजरकोट र रुकुम पश्चिममा गएराती गएको भूकम्पले पुर्‍याएको क्षतिबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डाक्टरको टोलीसहित त्यसतर्फ उडेका छन् । भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको र धेरै घाइते भएको कारण डाक्टरको टोली लिएर प्रधानमन्त्री त्यसतर्फ उडेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । ‘प्रधानमन्त्री एकजना सुरक्षाकर्मी र अरु सबै डाक्टरहरू र औषधि...

  • २०८० कार्तिक १८, शनिबार

    मध्यरात गएकाे भूकम्पबाट जाजरकोटमा ८६ र रूकुममा २७ जनाको मृत्यु

    काठमाडौँ - जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर जाजरकोटमा  ८६ र रूकुममा २७ जनाको मृत्यु भएको छ ।  भूकम्पमा परेर मृत्यु हुनेको संख्या ८६ पुगेको जाजरकोटका डिएसपी सन्तोष रोकाले संचार माध्यमलाई बताए ।  भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ । शुक्रवार राति ११ बजेर ४७ मिनेटमा ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।  भूकम्पमा परेर...

  • २०८० कार्तिक १७, शुक्रबार

    मध्यरात काठमाडौंमा भूकम्पको झट्का

    काठमाडौं - काठमाडौंमा शुक्रबार मध्य रातमा भूकम्पको झट्का महसुस गरिएकाे छ । रातकाे ११:४७ को समय गएकाे भूकम्पको झट्का गएकाे थियाे । घटना बारे थप विवरण आउन बाँकी छ ।

  • २०८० कार्तिक १७, शुक्रबार

    आममाफी बदर गर्ने फैसलाले थप साहस दिएको छ : भारती मानन्धर

    काठमाडौं- भारती शेर्पा मानन्धले श्रीमान् चेतन मानन्धरको हत्यारा रिगल डनको आममाफी बदर गर्ने सर्वोच्चको फैसलाले आफूलाई थप साहस दिएको भन्दै खुसी व्यक्त गरेकी छन् ।  काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सिंगो सरकार हत्याराको पक्षमा लाग्दा पनि आफूले न्याय पाएको बताउँदै  अदालतप्रति आम नागरिकको भरोसा बढेको बताइन् । भनिन्, ‘फैसला सुनाउँदा अब न्यायाधीशहरू पनि बिक्छन् होला भन्ने जुन मेरो सोच थियो,...

  • २०८० कार्तिक १७, शुक्रबार

    यूएईलाई पराजित गर्दै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट

    काठमाडौं- नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो ।  यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । काठमाडौंमा भएको छनोट खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ । मूलपानी मैदानमा यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने...

  • २०८० कार्तिक १७, शुक्रबार

    सप्तकोशीमा पानी जहाज दुर्घटना, १३ को उद्धार

    धरान - सप्तकोशी नदीमा सशस्त्र प्रहरीको पानी जहाज दुर्घटना भएको छ। एक दर्जनभन्दा बढी चढेको पानी जहाज शुक्रबार सुनसरीको चतराघाटस्थित सप्तकोसी नदीमा दुर्घटना भएको हो। उदयपुरतर्फ जाने क्रममा पानी जहाज दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर विराटनगरका पत्रकार कुमोद अधिकारी घाइते भएका छन्। १३ जनाको उद्धार गरिएको छ। सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उद्धार गरिरहेको छ। घाइतेलाई बीपी कोइराला...

  • २०८० कार्तिक १७, शुक्रबार

    तारा एयरका दुई क्याप्टेनबीच कुटाकुट

    रामेछाप - रामेछाप विमानस्थलमा दुई पाइलटबीच हात हालाहाल भएको छ । आज बिहान काठमाडौँ कोटेश्वर निवासी तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाहलाई सोही एयरका क्याप्टेन सञ्जीव श्रेष्ठले थप्पड हानी धकेलेका थिए । क्याप्टेन शाहले आफू बिहान ८ः३० बजे लुक्लाबाट रामेछापको मन्थली विमानस्थलमा आएको विमानबाट ओर्लिएको र क्याप्टेन सञ्जीव श्रेष्ठ लुक्ला उडानका लागि विमानस्थलमा रहेको जहाजतर्फ जाँदै हात मिलाउने क्रममा...

Pages