STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० भाद्र २९, शुक्रबार

    प्रधानमन्त्री स्वदेश नफर्केसम्म प्रतिनिधिसभा बैठक नबस्ने

    काठमाडौं - प्रतिनिधसभाको बैठक आगामी असोज १४ गतेका लागि तोकिएको छ । राष्ट्रियसभाको बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको छ। संघीय संसदका दुवै सदनको बैठक एकैपटक लामो समयका लागि स्थगित हुनुलाई राम्रो मानिएको छैन । संसद सचिवालयका अनुसार बैठक लामो समय रोकिनुका पछाडि सदनमा बिजनेस नहुनु, प्रधानमन्त्री र सभामुखको विदेश भ्रमण रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघ र चीनको औपचारिक...

  • २०८० भाद्र २९, शुक्रबार

    सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको छः प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा अवैधरुपमा सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संसद्को रुलिङका सम्बन्धमा धारणा राख्दै उहाँले दलहरुबीच यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय आयोग बनाउने प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो । “अवैध सुन तस्करीका सम्बन्धमा नेपाल...

  • २०८० भाद्र २९, शुक्रबार

    एमालेले नेम्वाङको स्मृतिमा सातै प्रदेशमा कार्यक्रम गर्ने

    काठमाडौ, नेकपा (एमाले)ले संविधानसभाका अध्यक्ष स्व सुवास नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ । पार्टीका महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको एमालेको केन्द्रीय प्रचार विभागले जनाएको छ । विचार गोष्ठी सबै प्रदेशमा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा हुनेछ भने विभिन्न राजनीतिक दलका नेतालाई अतिथि वक्ताका...

  • २०८० भाद्र २८, बिहिबार

    डाक्टर कुट्नेलाई तुरुन्त कारबाही हुन्छ : प्रधानमन्त्री

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाक्टरमाथि आक्रमण गर्नेलाई तुरुन्त कारबाही गर्ने बताएका छन् । हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत डाक्टरहरु विकास थापा र प्रशान्त विडारीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै भेट्न आएका नेपाल चिकित्सक संघका प्रतिनिधिलाई प्रधानमन्त्री प्रचण्डले चिकित्सकमाथि आक्रमण गर्नेले उन्मुक्ति नपाउने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले त्यसका लागि...

  • २०८० भाद्र २८, बिहिबार

    फिल्म, टेलिशृङ्खलामा प्रहरी पोसाक प्रयोग गर्दा स्वीकृति लिनुपर्ने

    काठमाडौँ – नेपाल प्रहरीले फिल्म, टेलिशृङ्खला, स्टेज कार्यक्रमलगायतमा नेपाल प्रहरीको पोसाक प्रयोग गर्दा अनिवार्य स्वीकृति लिनुपर्ने जनाएको छ । प्रहरी पोसाकको दुरूपयोग भएको पाइएको भन्दै नेपाल प्रहरीले अबदेखि भिडियोको स्क्रिप्टसमेत देखाएर स्वीकृति लिनुपर्ने जनाएको हो । केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले आज जारी गरेको प्रेस विज्ञप्तिमा पोसाक दुरूपयोगका साथै साङ्गठानिक...

  • २०८० भाद्र २८, बिहिबार

    पुरस्कार पाइँदैन कि भन्ने चिन्ता नलिनुस् : प्रधानमन्त्री

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कार शुक्रवारको मन्त्रीपरिषद् बैठकबाट निकासा हुने बताएका छन् । बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १९ औं एशियाली खेलकुदका लागि भाग चीन जाने नेपाली खेलाडीहरुलाई बिदाइ गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले खेलाडीलाई घोषणा गरिएको पुरस्कार खेलाडीहरुले आजसम्म पनि नपाएको भन्ने कुरा आफूलाई जानकारी...

  • २०८० भाद्र २८, बिहिबार

    नेम्वाङको अन्तिम बिदाइ

    काठमाडौं - तीन दिनअघि हृदयाघातका कारणले निधन हुनुभएका संविधानसभाका अध्यक्ष तथा नेकपा ९एमाले०का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहान ११ः०० बजे अन्त्येष्टि गर्ने भनिए पनि बिहान १०ः०० बजेदेखि नै पशुपति आर्यघाटमा मानिसको भीड लागेको थियो । निर्धारित समयमा नै पशुपति आर्याघाटमा शव पुर्याइएको थियो । शवयात्रामा पार्टीका नेता तथा कार्यकर्ता, शुभचिन्तक सर्वसाधारणलगायत हजारौँको सहभागिता रहेको थियो ।...

  • २०८० भाद्र २८, बिहिबार

    बीजेन्द्र चवालको " मां ” आउने

    आराधाना संगीत समूह ख्वपको आयोजनामा यहि शनिबार नेपालभाषाको नयाँ म्युजिक भिडियो "मां" को विशेष प्रीमियर कार्यक्रम हुने भएको छ ।  भिडियोग्राफीमा आफ्नो कुशल कार्य दक्षता प्रस्तुत गर्न सफल भिडियोग्राफर तथा सम्पादक योवन शाक्य (14K) पछिल्लो समयमा भिडियो निर्देशनमा पनि सक्रिय देखिएका छ्न् भने शाक्यले हालै विभिन्न शर्ट मुभीहरुका साथै म्युजिक भिडियोहरुको निर्देशनमा आफ्नो दक्षता देखाउन सफल एक युवा...

  • २०८० भाद्र २७, बुधबार

    सीआईबीले सरकारी वकिललाई बुझायो अनुसन्धान प्रतिवेदन

    काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले त्रिभुवन विमानस्थलबाट बरामद भएको ६० किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। अनुसन्धान सकेर सीआईबीले रायसहितको अनुसन्धानको प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। सुन प्रकरणमा ५० जना प्रतिवादी बनाइएको छ। सुन प्रकरणमा...

  • २०८० भाद्र २७, बुधबार

    संघीय सरकारविरुद्ध मुद्दा हाल्ने बागमती सरकारको निर्णय

    काठमाडौं - बागमती प्रदेश सरकारले आफ्नो अधिकार हस्तक्षेप गरेको भन्दै संघीय सरकारविरुद्ध मुद्दा हाल्ने निर्णय गरेको छ । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बुधबार संविधानले प्रदत्त गरेको अधिकारमाथि संघीय सरकारले हस्तक्षेप गरेको भन्दै मुद्दा हाल्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतमा श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशको तर्फबाट रिट निवेदन दर्ता गर्ने निर्णय...

  • २०८० भाद्र २७, बुधबार

    ज्ञानेन्द्र मल्ल उपाध्यक्षमा मनोनीत

    काठमाडौं - नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ । खेलाडी सङ्घले आज ज्ञानेन्द्रसहित तीन सदस्य पनि मनोनयन गरेको छ । बास्केटबलकी सदिना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र भलिबलकी सरस्वती चौधरी सदस्यमा मनोनीत भए । मनोनयनसँगै खेलाडी सङ्घको केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । भदौ १९ गते सम्पन्न...

  • २०८० भाद्र २७, बुधबार

    मोरक्को भूकम्पमा दुई हजार नौ सयभन्दा बढीको मृत्यु

      एजेन्सी - मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नौ सय नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् । खोज तथा उद्धारका काम पनि अब स्थगन गरिने उनीहरूले बताएका छन् । पर्यटकीय नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः११ बजे भएको ६।८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मराकेस र आसपासका...

Pages