STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० भाद्र २७, बुधबार

    बिहीबार नेम्वाङको शवयात्रापछि राजकीय सम्मानका साथ अन्त्येष्टि

    काठमाडौं - संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुँदैछ । उनको शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अपर्णका लागि बिहान ११ बजे निजी सवारीसाधन हुने शङ्खपार्क, धुम्बाराही र सवारीसाधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि०)पुग्न एमालेबाट अनुरोध गरिएको छ । शवयात्राको रुट उनको निजी निवास...

  • २०८० भाद्र २७, बुधबार

    गोकर्णेश्वर मेलाको तयारी पूरा

    काठमाडौं - प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ । बाबुको मुख हेर्ने दिनका रुपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्रस्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ । यसै अनुसार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा यही भदौ २८ गते...

  • २०८० भाद्र २७, बुधबार

    पुराना गहना मर्मत गरी तीज मनाउँदै

    टीकापुर हिन्दू महिलाको पर्व तीज आउन अब केही दिन मात्र बाँकी रहँदा गाउँघरमा तीजको रौनकता छाइसकेको छ । गाउँघरमा दिदीबहिनी जम्मा हुने र दर खाएर नाचगान गर्नेक्रम जारी छ । तीज नजिकिएपछि महिला आवश्यक लुगाकपडा र गरगहनाको जोहो गर्न थालेका छन् । विगतमा गहनामा धेरै रुचि राख्ने महिला पछिल्ला केही वर्षयता गहनामा कम रुचि राख्न थालेका छन् ।         आर्थिक अभाव र सुनको मूल्य उच्च भएपछि नयाँ गहना खरिद गर्न...

  • २०८० भाद्र २७, बुधबार

    तनहुँमा सात सय ३२ मा डेङ्गु सङ्क्रमण

    दमौली, तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । साउनयता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ मा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ भने एकको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।     व्यास नगरपालिकामा कार्यरत इञ्जिनियर कमलप्रसाद शर्माको डेङ्गुबाट मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । उहाँले डेङ्गु परीक्षणका लागि दमौली अस्पतालमा किट...

  • २०८० भाद्र २७, बुधबार

    संविधान निर्माण यात्रामा सुवासचन्द्र नेम्वाङ

    सुवासचन्द्र नेम्वाङको भूमिका २०६३ वैशाख ३० गते शनिबारका दिनदेखि फेरियो, त्यो दिन सभामुख पदमा उहाँको एकमात्र उम्मेदवारी प¥यो । अर्थात्, नेपाली कांग्रेस प्रस्तावक र नेकपा ९एमाले० समर्थक हुँदै सर्वसम्मत सभामुख बन्नुभयो । त्यसपछि सदनको नेतामा परिणत हुनुभयो, एमाले नेताबाट । पूर्वमन्त्री, लेखा समितिका पूर्वसभापतिबाट लोकतन्त्रसँगै सभामुख परिणत हुँदै लोकतान्त्रिक आन्दोलनका उपलब्धि संस्थागत गर्ने भूमिका...

  • २०८० भाद्र २६, मंगलबार

    नेम्वाङको पार्थिव शरीरमा ओलीले ओढाए पार्टीको झण्डा

    काठमाडौं- संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएका छन् । नेम्वाङको शव अन्तिम श्रद्धाञ्जलीका एमाले पार्टी मुख्यालय च्यासलमा राखिएको छ । नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण मृत्यु भएको हो । अहिले च्यासलमा नेम्वाङको पार्थिव शरीरमाथि मानिसहरूले पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली दिइरहेका छन् ।

  • २०८० भाद्र २६, मंगलबार

    नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा

    काठमाडौँ - नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिएकाे छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा राखिएकाे उनकाे पार्थिव शरीरमाथि फूलमाला सहित श्रद्धाञ्जली दिने नेता-कार्यकर्ता तथा शुभेच्छुककाे भीड लागेकाे छ । पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले...

  • २०८० भाद्र २६, मंगलबार

    नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने, अन्त्येष्टिकाे दिन सार्वजनिक बिदा

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ । सोमबार राति हृदयघातका कारण निधन भएका नेम्वाङको अन्त्येष्टि उनका छोराहरू विदेशबाट आइसकेपछि मात्रै गरिने जनाइएको छ । सम्भवतः बुधबार या नभए जुन दिन अन्त्येष्टि हुन्छ त्यसै दिन सरकारले सार्वजनिक बिदा समेत दिने...

  • २०८० भाद्र २६, मंगलबार

    एमालेका सबै कार्यक्रम स्थगित, उपाध्यक्ष नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका पार्टी कार्यालयमा राखिने

    काठमाडौं - नेकपा एमालेले पार्टी र जनसंगठनका सबै कार्यक्रम स्थगित गरेको छ। एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको आज बिहान १ : ४० बजे निधन भएकाले अर्को सूचना नभएसम्मका लागि एमालेको सबै कार्यक्रम स्थगित गरिएको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजेपछि तुल्सीलाल स्मृति हल, पार्टी केन्द्रीय कार्यालय, च्यासल...

  • २०८० भाद्र २६, मंगलबार

    नेम्वाङको निधनले मर्माहत भएको छु : प्रधानमन्त्री

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समा लेख्दै उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन् । उनले भनेका छन्, ‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’ मंगलबार बिहान १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण...

  • २०८० भाद्र २६, मंगलबार

    सुवास नेम्वाङको अप्रत्यासित निधन स्तब्ध भएँ : राष्ट्रपति

    काठमाडौं - संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो । नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको राष्ट्रपति पौडेलले बताएका छन् । उनले नेम्वाङप्रति श्रद्धान्जली र परिवारप्रति गहिरो समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सम्माननीय...

  • २०८० भाद्र २६, मंगलबार

    संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको निधन

    काठमाडौं - संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ । उनलाई घरमै हृदयाघात भएकोमा उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । तर उनको बाटोमै निधन भएको जनाइएको छ । शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार, उनलाई राती १:२० बजे अस्पताल ल्याएको थियो । यसैबीच शिक्षण अस्पतालमा...

Pages