-
२०८० भाद्र १८, सोमबार
वसुन्धरामा भ्यानको ठक्करबाट मृत्यु
काठमाडौँ, काठमाडौँको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको छ ।काठमाडौँ महानगरपालिका–३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सङ्खुवासभा मकालु गाउँपालिका–१ का शेर्पाको आज बिहान मृत्यु भएको हो ।दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा ग्रिनसिटी अस्पताल वसुन्धरामा मृत्यु...
-
२०८० भाद्र १८, सोमबार
आजको मौसमः भारी वर्षाको सम्भावना
काठमाडौँ, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको छ । साथै बङ्गालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकाले देशका धेरैजसो स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको र ती प्रदेशका थोरै स्थानमा मेघ...
-
२०८० भाद्र १७, आइतबार
गौ हत्याविरुद्ध भदौ २७ गते राप्रपाको विरोध सभा
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भदौ २७ गते विरोध सभा गर्ने भएको छ। आइतबार बसेको पदाधिकारी बैठकले सरकारलाई दबाब सिर्जना गर्न र्यालीसहित विरोध सभा गर्ने निर्णय भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। गौवंश हत्याको विरोध गर्न, विभिन्न संघसंस्थाबाट भइरहेका प्रदर्शन र विरोधमा ऐक्यबद्धता जनाउन, हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना गर्न...
-
२०८० भाद्र १७, आइतबार
‘हेलो सरकार’ अब २४ सै घण्टा सञ्चालनमा
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । आईतवार ‘हेलो सरकार’को सेवालाई तीन सिफ्टमा विस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले सरकारको सबै निकायहरुलाई जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन् । उनले आफूहरुलाई महत्वको नलाग्ने गुनासोहरु जनताको दैनिक जीवनका लागि...
-
२०८० भाद्र १७, आइतबार
मेयर बालेनको स्पष्टीकरण : प्रसव पीडामा रहेकीलाई ट्राफिकको हप्काई दप्काइ
काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले शनिबार राति फेसबुक स्टाटसमा पोष्ट गरेको विषयमा पैदा भएकाे विवादका विषयमा सचिवालयमार्फत स्पष्टीकरण दिएका छन् । उनको स्वकिय सचिवालयका स्वकीय सचिव भुपदेव शाहले बुधबार प्रसव पीडामा रहेकी मेयर शाहकी पत्नीलाई अस्पताल लैजादै गर्दा भएकाे सवारीसाधन चेकजाँचका क्रममा ट्राफिकले रुखो बोलेर हप्काई दप्काइ गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा...
-
२०८० भाद्र १७, आइतबार
संविधान दिवस तीन दिनसम्म मनाइने
काठमाडौं - नेपाल सरकारले संविधान दिवसलाई तीन दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूलसमारोह समितिको बैठकले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो । बैठकले असोज २,३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो । कार्यक्रमअन्तर्गत असोज २ गते विशेष संवाद, जनचेतनामूलक...
-
२०८० भाद्र १७, आइतबार
“प्रथम अन्तर टोल ब्याडमिन्टन प्रतियोगिता २०८०” आयोजना हुने
ज्यापु समाज यलको आयोजनामा प्रथम काजीलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । समाजका संस्थापक अध्यक्षको सम्झनामा ललितपुरका ४० वटा टोल र बहाबहीका खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा ४ समूहमा प्रतिस्पर्धा गराइने भएको छ । प्रतियोगिताको सम्बन्धमा जानकारी दिने उद्देश्यले आइतबार आयोजित प्रेसमिट कार्यक्रममा प्रतियोगिताको तयारीका सम्बन्धमा जानकारी दिनु हुँदै समाजका श्रम तथा युवा विभाग...
-
२०८० भाद्र १७, आइतबार
ज्यापु समाजले “प्रथम अन्तर टोल ब्याडमिन्टन प्रतियोगिता २०८०” आयोजना गरिने
ज्यापु समाज यलको आयोजनामा प्रथम काजीलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको छ । समाजका संस्थापक अध्यक्षको सम्झनामा ललितपुरका ४० वटा टोल र बहाबहीका खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा ४ समूहमा प्रतिस्पर्धा गराइने भएको छ । प्रतियोगिताको सम्बन्धमा जानकारी दिन आज आयोजित कार्यक्रममा प्रतियोगिताको तयारीका सम्बन्धमा जानकारी दिनु हुँदै श्रम तथा युवा विभाग अन्तर्गतको युवा तथा खेलकुद...
-
२०८० भाद्र १७, आइतबार
एमालेको उच्चस्तरीय टोली चीन जाँदै
काठमाडौँ - नेकपा (एमाले)का उच्चस्तरका नेता आज चीन भ्रमणमा प्रस्थान गरेका छन् । महासचिव शङ्कर पोखरेल नेतृत्वमा रहेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल साँझ चीनतर्फ प्रस्थान गरेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको टोलीमा पार्टीका केन्द्रीय सदस्यसहित २२ जना रहेका छन् । भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य...
-
२०८० भाद्र १७, आइतबार
आज मधेश, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम पूर्वानुमान् महाशाखाले आज देशका चार प्रदेश मधेश, बागमती, गण्डकी र लुम्बिनीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाकाअनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतिर अवस्थित छ। यो सहित बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत नेपालमा आंशिक प्रभाव रहेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा...
-
२०८० भाद्र १६, शनिबार
संस्कृति लोप हुँदै गएकाप्रति नेवार समुदाय चिन्तित
भोजपुर, बढ्दो आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति लोप हुने खतरा बढेपछि भोजपुरका नेवार समुदायका व्यक्तिहरु संरक्षणमा जुटेका छन् । मौलिक परम्परा धर्म संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउन उनीहरु यसको संरक्षणमा जुटेका हुन् । नेवार समुदायले विगतबाट मान्दै आएका परम्परालाई जीवन्त राख्नका लागि गाउँघरमा विभिन्न सङ्घ संस्था गठन गरेर आफ्नो संस्कार संस्कृतिको संरक्षणको निमित्त काम गर्दै आएको...
-
२०८० भाद्र १६, शनिबार
सरकार साहसिक तरिकाले अगाडि बढेको छः प्रधानमन्त्री दाहाल
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै कामलाई अगाडि बढाएको बताउनुभएको छ । सरकारले इतिहासले नै सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय काम अघि बढाएको उल्लेख गर्दै उहाँले एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै...


