STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० भाद्र १३, बुधबार

    गाईजात्राको दिन काठमाडौँका यी सडकमा सवारीसाधन चलाउन नपाइने

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले बिहीबार र शुक्रबार काठमाडौँका विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गरिएको जानकारी दिएको छ ।  आज बुधबार एक सूचना जारी गर्दै महानगरले बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया पर्व मनाउने भएकाले काठमाडौँका विभिन्न सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो ।  सूचनामा असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–...

  • २०८० भाद्र १२, मंगलबार

    सकिना महर्जन बनिन् १७औं मिस नेवाः

    काठमाडौं - मिस नेवाः नेपाल ११४३ को उपाधि चन्द्रागिरि नगरपालिका नयाँ नैकापकी सकिना महर्जनले चुमेकी छन्। नेप्लिज फेसन होमद्वारा राजधानीमा आयोजित नेवार सुन्दरीहरूको प्रतिभामूलक प्रतियोगितामा महर्जनले १७औं संस्करणको उपाधि चुमेकी हुन्।  सकिनाले उपाधिबापत नगद एक लाख रुपियाँ प्राप्त गरेकी छन्। मंगलबार राति कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा नेवार कला, संस्कृति र भेषभूषामा भव्यताका साथ...

  • २०८० भाद्र १२, मंगलबार

    प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि पाँच वर्ष कायम

    काठमाडौं - सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको छ । शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र सीमित अवधिको हुँदा खासगरी विद्यार्थीहरू ठूलो मर्कामा परेका थिए । अब प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि छ महिनाको सट्टा पाँच वर्ष कायम गरिएको...

  • २०८० भाद्र १२, मंगलबार

    एमसीसी खारेजीको माग राख्दै बुधबार देशब्यापी विरोध प्रदर्शन गरिने

    काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषी कटेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले अमेरिकी सहायता परियाेजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन ( एमसीसी) खारेज गर्न जोडदार माग गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लव सी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक...

  • २०८० भाद्र १२, मंगलबार

    ‘मिसेस नेपाल वल्र्ड २०२३’को फिनालेमा ‘मिसेस वल्र्ड’ सरगम कौशल आउने

    ‘मिसेस नेपाल वल्र्ड २०२३’को फिनालेमा ‘मिसेस वल्र्ड २०२२’ सरगम कौशलले सहभागिता जनाउने पक्का भएको छ । आयोजक रिबन इन्टरटेनमेन्टले मिसेस वल्र्ड कौशलले सम्बोधन गरेको भिडियो सन्देश सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो । कार्तिक पहिलो साता राजधानीमा आयोजना हुने फिनालेमा मिसेस वल्र्ड कौशलका अलवा नेपालका ख्यातिप्राप्त ब्यक्तित्वहरुको पनि उपस्थिति रहने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी...

  • २०८० भाद्र १२, मंगलबार

    सुनको मूल्य प्रतितोला रु छ सयले बढ्यो

     सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार सात सय निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार एक सयमा कारोबार भएका सुनको मूल्य आज प्रतितोला रु छ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय ५० कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख १० हजार पाँच सय ५०...

  • २०८० भाद्र १२, मंगलबार

    राजेश्वर नेपाली एक ‘इन्साइक्लोपिडिया’

    राजेश्वर नेपाली । पत्रकारिता र साहित्य क्षेत्रका एक सुविख्यात परिचित नाम । आजका दिनमा नेपालीजीलाई कुनै थप परिचय आवश्यक छैन । खासमा नाम नै उहाँको परिचय हो । सादा जीवन उच्च विचारका अनुयायी नेपालीजीको पत्रकारिता र साहित्य क्षेत्रमा अनेक योगदान छन् । नेपाली पत्रकारिताका धरोहर, वरिष्ठ पत्रकार, लोकतान्त्रिक सङ्घर्षका योद्धा, प्रेस स्वतन्त्रता सेनानी उनै नेपाली अब भौतिकरुपमा यस धरामा उपस्थित रहनुभएन ।...

  • २०८० भाद्र १२, मंगलबार

    राष्ट्रिय संस्कृति नीति बनाउन आयोग गठन गरौँः वर्षमान पुन

    सांसद एवं नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेपालको राष्ट्रिय संस्कृति नीति कस्तो हुने भन्नेबारे अध्ययन गरिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा पुनले संस्कृति नीति तयार पार्न आवश्यक भएको बताउनुभएको हो । “नागरिकको धार्मिक र सांस्कृतिक हकको प्रत्याभूत गर्न र समय–समयमा देखापर्ने साम्प्रदायिक हिंसालगायतका अवस्थालाई सम्बोधन गर्न कानुनी ढङ्गले नै यसलाई निरुपण गर्नुपर्ने हुन्छ ।...

  • २०८० भाद्र १२, मंगलबार

    मासिँदै छन् बुद्धकालीन पोखरी

    लुम्बिनी,“कुनैबेला खानेपानी तथा सिँचाइका सुविधासँगै पोखरीमा चराहरुको बास हुन्थ्यो । ंबसमुर्गी, लालसर, पटेरा, आदि चराको चहलपहलबीच शिकारका सौखिनहरुको गुलेली र बन्दुक पनि पड्किएको मनमोहन चौधरीलाई झझल्को आइरहन्छ ।त्यतिबेला कमलका फूलकोे मनोरम देखिने पोखरीहरुमा अहिले धार्मिक अनुष्ठानका बेला कमलका फूल पाउन मुस्किल छ भने भोजभतेरका बेला खाने थालीका लागि पुरैनीको पात टिप्नेहरुको भीड पनि देखिन छाडेको उहाँ...

  • २०८० भाद्र ११, सोमबार

    सुर्मादेवी विरिजात धार्मिक सहिष्णुता र सामाजिक एकताको प्रतीक

    ‘तलम्बाहै आया मष्टाजसा देउ हप्रौँदा है गया महालिङ्ग देउ कोडी हौँ कि कामल्या, छुई–छुई पर झाउ कोडी नभई कामल्या भया महालिङ्ग देउ’यो श्लोक स्व लालबहादुर बोहराको ‘सुर्मा सेरोफेरो’ नामक पुस्तकमा उल्लेख गरिएका मष्टा देवता र सोह्र बहिनीको उत्पत्तिमा आधारित बझाङी भाषाका फागको हो । श्लोकहरू अथ्र्याउँदा हिन्दू धर्मालम्बीले पुज्ने सुर्मादेवीमा तलबाट आउने मष्टा देवता र माथि हिमाल पर्वतबाट महादेव तल आउँदा...

  • २०८० भाद्र ११, सोमबार

    जनैपूर्णिमामा मेला लाग्ने सिन्धुपाल्चोकका प्रसिद्ध धार्मिकस्थल

    चौतारा,जनैपूर्णिमामा सिन्धुपाल्चोकको आधादर्जन प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थलमा दर्शनार्थीले उत्साहपूर्वक मेला भर्ने गरेका छन् । पाँचपोखरी, रैथानेश्वर महादेव, नौलिङेश्वर महादेव, भैरवकुण्ड, ढुकु र रानीपोखरीमा दर्शनार्थीको भीड लाग्ने गरेको हो  । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा समुद्री सतहबाट चार हजार तीन सय मिटर उचाइ रहेको पाँचपोखरीमा साना–ठूलो गरी पाँचवटा ताल छन् । संसारकै उच्च स्थानमा...

  • २०८० भाद्र ११, सोमबार

    तीर्थयात्रीको उपचारका लागि चिकित्सकको समूह गोसाइँकुण्डमा

     रसुवा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली गोसाइँकुण्ड पुगेको छ । बागमती प्रदेश पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय उद्धार सङ्घ काठमाडौँको सहकार्यमा गोसाइँकुण्डमा मेला भर्न गएका तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि सातजनाको डाक्टर समूह गोसाइँकुण्ड पुगेको हो...

Pages