STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० भाद्र ६, बुधबार

    राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हन्नाबीच शिष्टाचार भेट

    काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हन्ना सिंगर–हम्दीले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा राष्ट्रपति पौडेलले नेपालको विकास र समृद्धि एवं दिगो विकास लक्ष्य हासिल गर्ने क्रममा संयुक्त राष्ट्रसङ्घले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

  • २०८० भाद्र ६, बुधबार

    बजारमा प्याज अभाव : कालोबजारी गर्ने १७ जना कारबाहीमा

    काठमाडौं - भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ । काठमाडौँको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन् । कालीमाटी बजारमा दैनिक एक सय मेट्रिकटनसम्म प्याज आउने गरेकामा सोमबार र मङ्गलबार कत्ति पनि प्याज नआएको सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । ‘दैनिक औसत ९० देखि सय मेट्रिनटनसम्म प्याज आउनेगरेकामा दुई...

  • २०८० भाद्र ६, बुधबार

    पर्यटन मन्त्री सुदन किराँतीलाई पितृ शोक

    काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । उनका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा निधन भएको हो । राई लामो समयदेखि अस्वस्थ भइ उपचाररत रहेका थिए । यसैबीच प्रधानमन्त्रीले राईको निधन भएकोमा उनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

  • २०८० भाद्र ६, बुधबार

    त्रिशुलीमा बस दुर्घटना : ८ वटा शव निकालियाे

    काठमाडौं - त्रिशुलीमा खसेको बसबाट ८ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । त्यस्तै २० जना घाइतेको उद्धार गरि अस्पताल पठाइएको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बर बस आज बिहान ११ बजे त्रिशुली नदीमा खसेको थियो । पछिल्लो जानकारी अनुसार नदीबाट कम्तिमा ८ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । थप मृतक पनि फेला पर्ने संभावना रहेकाे स्थानीयकाे भनाइ छ । बस...

  • २०८० भाद्र ६, बुधबार

    चन्द्रमामा भारतको सफलता, चन्द्रयान–३ को सफल अवतरण

    एजेन्सी – भारतले पठाएको चन्द्रयान–३ चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ । भारतीय समयअनुसार ६ बजेर ४ मिनेटमा चन्द्रयान–३ चन्द्रमामा अवतरण भएको हो । योसँगै भारत चन्द्रमामा सफ्ट ल्यान्डिङु गर्ने चौथो र चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेको छ । यसअघि भारतको चन्द्रयान–३ भन्दा केही दिनअघि चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने तयारीमा रहेको रुसको यान लुना–२५ दुर्घटनामा परेपछि भारत...

  • २०८० भाद्र ६, बुधबार

    संसद् सञ्चालन गर्न दलहरूबीच दुईबुँदे सहमति

    काठमाडौं - संसद्को गतिरोध अन्त्यका लागि दलहरूबीच दुईबुँदे सहमति भएको छ ।बुधबार सिंहदरबारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने ७ दलका नेताहरुबीचको बैठकले २ बुँदे सहमति जुटाएको हो । यससँगै संसदमा जारी अवरोध हट्ने भएको छ । सुन प्रकरणमा सीआईबीको अनुसन्धान सकिएपछि एक महिनापछि मात्रै आयोग गठन गर्ने सहमति भएको हो । सिंहदरबारमा बसेको बैठकमा एक महिनापछि असोज ५ गते आयोग गठन गर्ने सहमति भएको कांग्रेस प्रमुख...

  • २०८० भाद्र ६, बुधबार

    लता केसीलाई लघुकथा सम्मान

    १६औं लघुकथा दिवसका अवसरमा ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान- २०८०’ बाट लघुकथा केन्द्रका संस्थापक अध्यक्ष एवं लघुकथाकार लता केसीलाई सम्मान गरिएको छ । सर्वनाम नाट्यशालामा आयोजित श्रीबाबु कार्कीद्वारा सञ्चालन गरिएको कार्यक्रममा प्रमुख अतिथि कथाकार भागिरथी श्रेष्ठ, लघुकथा समाजका संस्थापक अध्यक्ष एवं स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनलगायतले केसीलाई सम्मान तथा पुरस्कार अर्पण गरे। उक्त...

  • २०८० भाद्र ६, बुधबार

    डोलेश्वर मन्दिरमा आज चारै ढोका खुला

    भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज मन्दिरका चारै ढोका खुला हुनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न पाइने भएको छ ।डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गरिएको दिन भदौ ६ गते भएकाले केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मन्दिरको चारै ढोक खुला राखी भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गरिएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो...

  • २०८० भाद्र ६, बुधबार

    आहा डल्फिन उफ्रँदै गरेको हेर्न क्या मज्जा

    कैलालीको लम्कीचुहाका हरि सुनार डल्फिन हेर्न कैलालीको टीकापुरस्थित वडा नं ७ बैदी ढुङ्गानाटोलमा पुग्नुभयो । साथीसहित बैदीस्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा पुग्नुभएका उहाँले डल्फिन उफ्रेको हेरेर आनन्द लिनुभयो । बर्खा लागेपछि कैलालीको टीकापुर–७ स्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा दैनिक डल्फिन देखापरिरहेका छन् । नदीमा साँझ र बिहानको समयमा साना र ठूला डल्फिन देखिने गरेका छन् । “नदीमा...

  • २०८० भाद्र ६, बुधबार

    प्रधानमन्त्रीद्वारा मन्त्री किरातीको पिताप्रति श्रद्धाञ्जलि

    काठमाडौँ,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका पिता हर्कबहादुर राईप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । पुल्चोकस्थित मन्त्री निवास पुगेर उहाँले दिवङ्गत राईप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । प्रधानमन्त्री दाहालले शोकसन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकमा समवेदनासमेत प्रकट गर्नुभएको छ ।यस्तै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर...

  • २०८० भाद्र ६, बुधबार

    राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधानन्यायाधीशलाई शपथ

    काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । समारोहमा राष्ट्रपतिका साथै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, कानुन, न्याय...

  • २०८० भाद्र ६, बुधबार

    बाल सुधार गृह घटना अपडेट : फरारमध्ये थप १० जना पक्राउ

      भक्तपुर - मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहबाट सोमबार फरार भएकामध्ये प्रहरीले आज थप १० जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो सुधार गृहको पछाडिको गेट भत्काएर भागेका दुई सय २१ जना बन्दीमध्ये प्रहरीले पक्राउ गर्न बाँकी १७ जनामध्ये आज दिनभरमा १० जना पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए। फरार रहेकामध्ये सोमबार रातिसम्ममा दुई सय चार जनालाई...

Pages