STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० भाद्र ७, बिहिबार

    प्रधानमन्त्रीद्वारा भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको निरीक्षण

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिम तर्फको भवनको निरीक्षण गरेका छन् । बिहिबार दिउँसो उनले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनर्निर्माण सम्पन्न पश्चात् देखिने बाहिरी र भित्री कक्षहरूको थ्रिडी एनिमेसनको अवलोकन पनि गरेका हुन् । उक्त अवसरमा उनले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा संलग्न सबैलाई धन्यवाद समेत दिएका थिए ।

  • २०८० भाद्र ७, बिहिबार

    ट्रकको ठक्करबाट महिलाको मृत्युपछि रौतहट तनावग्रस्त

    काठमाडौं - ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि तनावग्रस्त बनेको रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ को राजमार्ग खुला भएको छ । स्थानीय भोलि शुक्रबार दिउँसो १२ बजेभित्र सवारी धनी वा संघका प्रतिनिधिहरुबीच छलफल गरेर सहमति खोज्ने शर्तमा हाललाई बन्द राजमार्ग खुला गरिएको हो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार बिहीबार दिउँसो बागमतीको नहरमा रहेको पुलमा पश्चिमबाट पूर्व जाँदै गरेको ना ६...

  • २०८० भाद्र ७, बिहिबार

    गौरा पर्व राष्ट्रिय पर्व : प्रधानमन्त्री

    काठमाडौँं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम र कर्णाली प्रदेशमा भव्यताका साथ मनाइने गौरा पर्वलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गरिने विश्वास दिलाएका छन्। गौरा पर्व २०८० का सन्दर्भमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस पर्वलाई राष्ट्रिय मान्यता दिने विषयमा मन्त्रिपरिषद्को बैठकमासमेत छलफल भएको जानकारी दिए। उनले गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिने...

  • २०८० भाद्र ७, बिहिबार

    लक्की फिल्मी अवार्डमा कलाकारसहित अन्य विधाका व्यक्तित्वहरु सम्मानित हुने

    मोफसलमा रहेर नेपालको चलचित्र जगतको उत्थानमा सकृय  लक्की मिडिया हाउसले असोज पहिलो साता आयोजना गर्न लागेको अवार्ड कार्यक्रमका लागि लक्की फिल्मी अवार्डको तयारी तीव्र पारेको छ । यसै क्रममा कलाकारहरु सँग अन्तर्क्रिया, भेटघाटका गतिविधि हुदै आएका छन् । झण्डै दुई दर्जन कलाकारलाई विभिन्न विधामा अवार्ड दिने तयारी भैरहेको  अवार्ड वितरण कार्यक्रममा समाजमा उत्कृष्ट प्रशंसनीय काम गरेका व्यक्तित्वहरुलाई समेत...

  • २०८० भाद्र ७, बिहिबार

    विश्व आदिबासी दिवसको अवसरमा जनजाति आयोगको तालिम

    विश्व आदिबासी दिवसको अवसरमा नेपाल सरकार आदिवासी जनजाति आयोगको आयोजनामा एक दिने "प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम” कार्यक्रम सम्पन्न भएको छ । आदिवासी जनजाति चलचित्र महासंघको सह आयोजनामा सम्पन्न भएको सो तालिम कार्यक्रमको उदघाटन जनजाति आयोगका अध्यक्ष राम बहादुर थापाले गर्नु भएको थियो । उदघाटन समारोहमा आफ्नो मन्तव्य राख्ने क्रममा उहाँले आदिवासी जनजाति समुहका चलचित्रकर्मि र संघ संस्थाहरुले आर्थिक...

  • २०८० भाद्र ७, बिहिबार

    संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते

    काठमाडौं - संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ मा हुने भएको छ । बिहीबारको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने जनाइएको छ । सभापतिको अभावमा संसदका कामकारबाहीहरु लापरबाही भएका छन् । निर्वाचनको अभावमा अहिलेसम्म संसदका ११ समितिका बैठक जेष्ठ सदस्यको नेतृत्वमा संचालनमा हुँदै आएको छ । नेकपा (एमाले) ३, नेकपा (माओवादी केन्द्र) २, नेपाली कांग्रेसले ४, जनता...

  • २०८० भाद्र ७, बिहिबार

    बारा दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुग्यो

    काठमाडौंं - पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाई मन्दिर नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । काठमाडाैंबाट जनकपुर तर्फ आउँदै गरेको प्रदेश ०३-००१ ख ७९९४ नम्बरको बस आज बिहान करिब अढाई बजे दुर्घटनामा परेको हो । बस सडकको दायाँ साइडमा करिब १५ मिटर तल खसेपछि त्यसमा सबार सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृत्यु हुनेमा...

  • २०८० भाद्र ७, बिहिबार

    रुसकाे निजी सैन्य समूह ‘वाग्नर’का प्रमुखको विमान दुर्घटनामा मृत्यु

    एजेन्सी - रुसको निजी सैन्य समूह वाग्नर ग्रुपका प्रमुख एभगेनी प्रिगोजिनको विमान दुर्घटनामा निधन भएको छ । बुधवार वाग्नर समूहको निजी सैन्य कम्पनीका नेता एभगेनी प्रिगोजिनको मो नजिकैको तेवेर क्षेत्रमा भएको विमान दुर्घटनामा निधन भएको हो । उनीसहित १० जनाको पनि दुर्घटानामा निधन भएको छ । विमान दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको बताइएको छ । रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले सार्वजनिक गरेको विमान...

  • २०८० भाद्र ७, बिहिबार

    मिथिलामा बढ्दै राखीको रौनक

    महोत्तरी, मिथिलामा चन्द्रमासको साउन शुक्लपक्ष प्रारम्भ भएपछि चाडबाड बाक्लिनेक्रम चल्छ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा प्रचलनमा रहेका मिथिला र विद्यापति पञ्चाङ्गको वर्ष आरम्भ नै चन्द्रमासको साउन प्रारम्भसँगै हुन्छ । वर्षको प्रारम्भसँगै साउन शुक्लपक्ष सुरु हुनासाथ चाडपर्व बाक्लिँदै जान्छन् ।     मिथिलामा साउन शुक्लपक्षभित्रै मधुश्रावणी पर्व समापन, झुलनोत्सव, नागपञ्चमी पर्व पर्दछन् । यी...

  • २०८० भाद्र ७, बिहिबार

    नेता कार्कीको निधनमा कांग्रेसले दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

    काठमाडौैँ,  नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य डा राजाराम कार्कीको निधनमा  दुःख व्यक्त गर्दै यही भदौ ७ र ८ गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । उहाँको उपचारका क्रममा बुधबार निधन भएको थियो ।     पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्वकेन्द्रीय सदस्य, बागमती प्रदेशसभा पूर्वसदस्य तथा...

  • २०८० भाद्र ७, बिहिबार

    तीर्थयात्री चढेको बस दुर्घटना, छ जनाको मृत्यु

    बारा, ७ भदौ स् बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन नसकेको  प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । बसमा सवार २६...

  • २०८० भाद्र ७, बिहिबार

    शनिबारदेखि मौसममा सुधार आउने

    काठमाडौँ, ७ भदौ स् मनसुनी वर्षा अझै तीन दिन जारी रहने छ । शनिबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म  झरी जारी रहनेछ । विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।आज र भोलि यस्तै झरी रहन्छ, केही समय वर्षा रोकिए पनि घाम लाग्दैन । शनिबारदेखि...

Pages