-
२०८० श्रावण ३२, बिहिबार
एमालेद्वारा संसदीय समिति बैठक बहिस्कार
काठमाडौं - नेकपा एमालेले लेखा समितिको बैठक बहिष्कार गरेको छ । सिंहदरबारमा बसेको बैठकमा आफूहरुको माग अनुसार समिति सभापति चयन नभएको भन्दै एमालले बैठक बहिस्कार गरेको हो । संसदीय समितिको नेतृत्व चयन नभएपछि असन्तुष्टि जनाउँदै यसअघि बैठक बहिस्कारको चेतावनी दिएको एमालेका सांसद आजको समिति बैठकमै अनुपस्थित भएका हुन् । लामो समयदेखि संसद अवरुद्ध गराउँदै आएको एमालले मिनि संसद समेत मानिने संसदीय समितिको बैठक...
-
२०८० श्रावण ३२, बिहिबार
बन्दीपुर केबलकार असोजदेखि सञ्चालन गरिने
तनहुँ, ३२ साउन : बन्दीपुर केबलकार एण्ड टुरिजमले निर्माण गरेको केबलकार सम्पन्न भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबलकार निर्माण गरेको हो । एशियाकै ठूलो भनिएको यहाँको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलोकन गर्दै उक्त केबलकारबाट यात्रा गर्न सकिनेछ । केबलकारको अहिले पुनःपरीक्षणको काम भइरहेको बन्दीपुर...
-
२०८० श्रावण ३२, बिहिबार
विद्युतीय स्कुटर ‘एनआइयू ( न्यू) खरिद गर्दा सहुलयित कर्जा पाइने
पछिल्लो समय सहरी क्षेत्रका उपभोक्ता विद्युतीय स्कुटरप्रति थप आकर्षित हुन थालेका छन् । विद्युतीय स्कुटरमा जडान भएका उच्च क्षमताका ‘मोटर पावर’ले उकालोमा समेत सहज यात्रा, रेञ्ज ९गति० उच्च, गुणस्तरीय एवं विश्वासनीय उत्पादक कम्पनीका स्कुटर तथा बैंकिङ क्षेत्रले लगानी गर्न थालेसँगै विद्युतीय विशेष गरी युवापुस्ता लागि यस्ता स्कुटर रोजाइमा पर्न थालेको हो । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई कम गर्दै...
-
२०८० श्रावण ३२, बिहिबार
अस्थायी साधन प्रयोग गर्न अझै डराउँछन् महिला
पोखरा, ३२ साउन स् पोखरा उपमहानगरपालिका–२५ की २३ वर्षीया एक युवतीको बिहे भएको एक वर्ष भयो । स्नातकोत्तर पढ्दै गरेकी उनी पढाइ पूरा गरेर मात्र सन्तान जन्माउने सोचमा हुनुहुन्छ तर परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा बाँझोपन हुन्छ कि भन्ने डर उहाँमा छ । उनी भन्छिन् “मलाई निकै डर लाग्छ कहिलेकाहीँ साथीसङ्गीले भन्ने गर्छन्, एउटा बच्चा नजन्मिँदै अस्थायी साधन प्रयोग गरेपछि बच्चा बस्न गाह्रो हुन्छ,...
-
२०८० श्रावण ३२, बिहिबार
मत्स्यनारायणमा ८० हजारले गरे दर्शन
यसअघिका मलमास लागेको वर्षमा स्थानीयको सामान्य पूजापाठमा सीमित चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलस्थित ऐतिहासिक मत्स्यनारायण मन्दिरमा यस वर्ष भक्तजनको घुइँचो लागेको छ । ऐतिहासिक यस मन्दिरमा पहिलो पटक पुरूषोत्तम महिना ९मलमास० सुरु भएयता गएरातिसम्म पनि दर्शनार्थीको घुइँचो मात्रै बढेन एक महिनाको यो अवधिमा विभिन्न जिल्लाबाट आएका करिब ८० हजार भक्तजनले दर्शन एवं पूजा अर्चना गरेका छन् । मत्स्यनारायण...
-
२०८० श्रावण ३१, बुधबार
एएफसी कप : मछिन्द्र मोहन बगानसँग पराजित
काठमाडौं - ए डिभिजन क्लब मछिन्द्र एफसी एएफसी कपको छनोट चरणबाटै बाहिरिएको छ । छनोट अन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा बुधबार भारतको आइएसएल क्लब मोहन बगान सुपर जायन्ट्ससँग ३-१ ले पराजित हुँदै मछिन्द्र बाहिरिएको छ । मोहन बगानको जितमा अनवर अलीले दुई तथा जासोन कमिङ्सले एक गोल गरे । मछिन्द्रका लागि मेसुके ओलोमोउले एक गोल फर्काए । गत साता घरेलु मैदानमा भएको पहिलो खेलमा भुटानको पारोलाई...
-
२०८० श्रावण ३१, बुधबार
राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलसँग एमाले अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बुधवार भएको भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधका बारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनका अनुसार भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव...
-
२०८० श्रावण ३१, बुधबार
विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमकाबारे छलफल गर्न आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विमानस्थलको सुरक्षा...
-
२०८० श्रावण ३१, बुधबार
सुन तस्करी प्रकरण : थप ४ चिनियाँ नागरिक पक्राउ
काठमाडौं - तस्करीको ६० केजी सुन बरामद प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतका अनुसार पक्राउ पर्नेमा ३ महिला र एक पुरुष छन् । मंगलबार राति काठमाडौंका विभिन्न स्थानबाट तियानमी,वीन तङ, डिङ सेग्फा र ली नेङ्काई पक्राउ परेका हुन् । सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि उनीहरुलाई राजश्व छलि तथा संगठित...
-
२०८० श्रावण ३१, बुधबार
चितवनमा हुने ‘लक्की फिल्मी अवार्ड २०८०’मा बसुन्धरा भुसाललाई लाइफटाइम अवार्ड
लक्की मिडिया हाउस चितवनको आयोजनामा हुने भनिएको ‘लक्की फिल्मी अवार्ड २०८०’ यही असोजको पहिलो साता हुने भएको छ । मोफसलमा रहेर पनि नेपाली सिने जगतको संरक्षण र जगेर्ना गर्ने हेतुले चितवनको लक्कि मिडिया हाउसले फिल्मी अवार्डको कार्यक्रम सञ्चालन गर्न लागेको हो । आयोजक मिडिया हाउसका महाप्रबन्धक हरि कार्कीले अवार्डको तयारी तीब्र पारिएको जानकारी दिनुभएको हो । अवार्डको कार्यक्रममा दुई दर्जन विधामा...
-
२०८० श्रावण ३१, बुधबार
जहाजको पर्खाइमा चार बालकले ज्यान गुमाए
सिमकोट दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको ज्यान गएको छ । विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजानका लागि जिल्ला अस्पतालले रिफर गरे पनि यातायातको सुविधा नहुँदा अस्पतालको शय्यामै ज्यान गुमाएका हुन् । जिल्लाको एक मात्र सिमकोट विमानस्थलमा लामो समयदेखि हवाई उडान नहुँदा...
-
२०८० श्रावण ३१, बुधबार
खानेपानी सञ्चालनको तयारी
बाढीले खानेपानीका पाइपलाइन तथा धारा बगाउँदा अवरुद्ध बनेको खानेपानी आजदेखि सञ्चालनमा आउने गरी काम सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिनुभयो । मङ्गलबारदेखि पारिको गाउँमा खानेपानी सञ्चालनमा ल्याइएको जानकारी दिँदै उहाँले आज साँझसम्म सबै ठाउँमा खानेपानी सञ्चालनमा आउने बताउनुभयो ।प्रजिअ केसीका अनुसार अहिले स्थानीयले मूल र नजिकैको खोलाबाट पानी भरेर उपभोग गर्दै आएका छन् । बाढीले कागबेनीका...



