STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० भाद्र ४, सोमबार

    दर्ता नभएका टिकट बुकिङ काउण्टर हटाउन सुरु

    काठमाडौँ, महानगरपालिकाले दर्ता नभएका बस टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको छ । काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरले दर्ता नगरी सञ्चालनमा आएका टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको हो ।     महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गत साउन २६ गते सूचना जारी गरी जथाभावी रुपमा सञ्चालित काउन्टर हटाउने निर्णय गरिएको जनाउँदै दर्ता नभएका काउण्टर भदौ १ देखि...

  • २०८० भाद्र ४, सोमबार

    काठमाडौँ–कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण हुँदै

    काठमाडौँ, वर्षदेखि आरम्भ भएको ‘काठमाडौँ–कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण भदौ १५ देखि १७ गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपालको यशस्वी प्रज्ञा–प्रतिष्ठान र भारतको कलिङ साहित्य महोत्सव ९केएलएफ०को संयुक्त आयोजनामा हुने उक्त महोत्सवमा नेपाल, भारत, भूटान, बङ्गलादेश र श्रीलङ्कालगायत देशका साहित्यकार जमघट हुने जारी प्रेस विज्ञप्तिमा बताइएको छ । दक्षिण एशियाका कला, साहित्य, सङ्गीत, सिनेमा, नृत्य,...

  • २०८० भाद्र ४, सोमबार

    बरामद सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत

    तस्करहरुले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत भएको परीक्षणबाट पाइएको लागेको छ । हाल नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको सुन परीक्षण गर्दा पूर्ण शुद्ध रहेको पाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले जानकारी दिनुभयो । उहाँले उक्त सुन ९९ दशमलव ९ प्रतिशत नै शुद्ध रहेको भनेर विभागलाई जानकारी गराइएको रासससँग बताउनुभयो । “९९...

  • २०८० भाद्र ४, सोमबार

    बस्दै नबसी प्रतिनिधिसभाको बैठक स्थगित

    काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसि स्थगित भएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आजको बैठक स्थगित भएको र अर्को बैठक मंगलबार ३ बजे बस्ने सूचना प्रकाशित गरेका छन् । यसअघि आज अपराहन्न १ बजेका लागि बैठक तोकिएको थियो । सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले साउन १० गतेदेखि संसद अवरोध गर्दै आएको छ । संसदको अवरोध...

  • २०८० भाद्र ४, सोमबार

    फुटबलर विमल घर्ती मगर विवाह बन्धनमा

    काठमाडौं - फुटबलर विमल घर्तीमगर विवाह बन्धनमा बाँधिएका छन्। लिना प्रधानसँग लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनले काठमाडौंको भद्रकाली मन्दिरमा विवाह गरेका हुन्। एफसी कप छनोट खेलेर भारतबाट केही दिनअघि मात्र फर्किएका विमलले सुटुक्क विवाह गरेका हुन् । विमल र लिनाको परिवारको उपस्थितिमा दुवैले सुटुक्क विवाह गरेका हुन् । पाँच वर्षदेखि उनीहरु प्रेमसम्बन्धमा रहेका थिए । वैदेशिक रोजगारीको शिलशिलामा...

  • २०८० भाद्र ४, सोमबार

    स्पेनले पहिलोपटक जित्यो महिला विश्वकपको उपाधि

    काठमाडौँ - स्पेनले पहिलो पटक महिला फुटबल विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो । स्पेनको जितमा खेलको २९औँ मिनेटमा ओल्गा कार्मोनाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । खेलको ६९औं मिनेटमा स्पेनले पाएको पेनाल्टीलाई इङल्याण्डकी गोलकिपरले बचाएकी थिइन् । यसअघि घरेलु टोली अस्ट्रेलियाविरुद्ध ३–१ को जित...

  • २०८० भाद्र ४, सोमबार

    राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । राष्ट्रपति पौडेलले मङ्गलबार बिहान साढे ८ बजेको निम्ति बैठक बोलाउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई जानकारी दिए। बैठक राष्ट्रपति भवन शीतल निवासमा बस्नेछ । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरूको पहिलो पटक बैठक राखेका हुन् । संसद्को जारी गतिरोध अन्त्य गर्न राष्ट्रपति पौडेलले संसद्मा...

  • २०८० भाद्र २, शनिबार

    धादिङमा बस दुर्घटना हुँदा २६ जना घाइते

    काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । तुलसीपुर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो । बिहान करिब ५ बजे भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका...

  • २०८० भाद्र २, शनिबार

    ७५ देखि १२५ वर्षमा फेवातालको अस्तित्व मेटिने !

    काठमाडौं - फेवा ताललाई पोखराको मुटु मानिन्छ । तर वर्सेनि फेवामा प्राकृतिक तथा मानवीय अतिक्रमण बढ्दो छ । केही अध्ययनले फेवा ताल अहिलेकै गतिमा घट्दै जाने हो भने इतिहासमा फेवा ताल पोखराको भूगोलबाट हराउन समेत सक्ने प्रक्षेपण गरिएका छन् । तर पनि यसलाई संरक्षण गर्नुपर्ने निकायहरु भने मौन छन् । फेवा तालको क्षेत्रफल वर्सेनि घट्दै गइरहेको छ । २०१८ सालमा १० वर्गकिलोमिटरमा फैलिएको विशाल फेवा ताल अहिले ४...

  • २०८० भाद्र १, शुक्रबार

    निष्पक्ष अनुसन्धान गर्ने हो भने धेरै नेता जेल जान्छन् : रवि लामिछाने

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अहिले नक्कली भूटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड र सुन काण्डमा आँखा चिम्लेर अनुसन्धान गर्ने हो भने देशका धेरै शिर्ष नेताहरू जेल जाने बताएका छन् । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी झापा विर्तामोडको जनसभालाई सम्बोधन गर्दै यी तीनवटै काण्डमा कुनै नेता तथा पार्टीहरु अछुतो नरहेको बताउँदै निष्पक्ष छानबिन गर्ने हो भने, औंलामा गन्ने...

  • २०८० भाद्र १, शुक्रबार

    ब्याजदर बढाएपछि तीन सरकारी बैंकका अध्यक्ष र सीईओसँग स्पष्टीकरण

    काठमाडौँ - अर्थमन्त्री डा. प्रकाशशरण महतले तीन वटा सरकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा अध्यक्षलाई स्पष्टीकरण सोधेका छन् । मन्त्री महतले अर्थ मन्त्रालयमै बोलाएर ब्याजदर बढाउनुको कारण सोधेका हुन् । कृषि विकास बैंकका सीईओ गोविन्द गुरुङ, अध्यक्ष रामशरण पुडासैनी, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ र अध्यक्ष बलराम पाठक, नेपाल बैंकका कृष्णबहादुर अधिकारी र अध्यक्ष ज्ञानप्रसाद...

Pages