STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० भाद्र १, शुक्रबार

    पोखराका ट्याक्सी मिटरमा चल्न थाले

    काठमाडौं - पोखरा उपत्यकाभित्र सञ्चालन हुने भाडाका ट्याक्सी आजदेखि मिटरमा चलेका छन् । गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन हुनुपर्ने नियम बनाएपछि पोखरा बजारभित्र सञ्चालन हुने अधिकांश ट्याक्सी मिटरमा चलेको पाइएको हो । प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय सवारीले ट्याक्सीलाई मिटर अनिवार्य गरेको हो ।...

  • २०८० भाद्र १, शुक्रबार

    तीन हजार मिटरब्याजपीडितले फिर्ता पाए ११९ विघा जग्गा

    काठमाडौं - नेपालमा विभिन्न क्षेत्रका मिटरब्याजी (साहु)ले दिएको रकममा शतप्रतिशतभन्दा बढी रकम लिने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको छ । पीडितहरूले दिएको उजुरी छानबिनका क्रममा अहिलेसम्मको उजुरी फर्छ्योटमा उनीहरूले दिएकोभन्दा दोब्बर पैसा असुल्ने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको गृहमन्त्रालयका प्रवक्ता, सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार आज मन्त्रालयमा प्राप्त रिपोर्टमा...

  • २०८० भाद्र १, शुक्रबार

    सदनको अवरोध खुलाउन सभामुख र प्रधानमन्त्रीबीच छलफल

    काठमाडौँ - प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख र प्रधानमन्त्रीबीच छलफल हुन लागेको हो । सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसकेका छन् । सुन प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले...

  • २०८० भाद्र १, शुक्रबार

    नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगकै कारण

    नेपालमा हुने मृत्युमध्ये सबैभन्दा बढी नसर्ने रोगकै कारण भएको एक अध्ययनले देखाएको छ ।नसर्ने रोगको जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि दमकको सरकारी अस्पतालमा सञ्चालन गरिएको ‘पेनप्लस’ कार्यक्रमबारे सरोकारवालाबीच छलफलमा सहभागी स्वास्थ्य अनुसन्धानकर्ताले पछिल्ला बर्ष नेपालमा नसर्ने रोगको जोखिम दिनदिनै बढ्दै गएको औँल्याएका थिए । काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ ९किओच०को संयोजनमा भएको छलफलमा...

  • २०८० भाद्र १, शुक्रबार

    फेसबुक आइडी ह्याक गरेर ठगी गर्ने पाँच जना पक्राउ

    काठमाडौँ, १ भदौ स् काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरुका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।     पक्राउपर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगर घर भई हाल काठमाडौँ महानगरपालिका नयाँ बसपार्क बस्ने सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ, रोहन गुरुङ तथा पोखरा...

  • २०८० भाद्र १, शुक्रबार

    वरिष्ठ समाजसेवी रामचन्द्र साहको निधन

    महेन्द्रनगर वरिष्ठ समाजसेवी रामचन्द्र साहको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । जनकपुरधाम निर्माण तथा यहाँको शिक्षा र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासका लागि अर्बौ रकम बराबरको जग्गा, जिन्सी र नगद गरी योगदान पुर्‍याउनुभएको उहाँ रामसागर रामस्वरुप परिवारको ज्येष्ठ सदस्य हुनुहुन्थ्यो । विसं १९८५ रामनवमीका दिन जन्मनुभएका उहाँ राराब क्याम्पस र सरस्वती माध्यामिक संस्थापक पनि हुनुहुन्थ्यो ।     ...

  • २०८० भाद्र १, शुक्रबार

    गत आवमा १५ दशमलव पाँच प्रतिशतले घट्यो व्यापार घाटा

    भदौ स् गथत आर्थिक वर्ष २०७९र८० मा मुलुकको वैदेशिक व्यापार घाटा  १५ दशमलव पाँच प्रतिशतले घटेको छ ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणानुसार अघिल्लो आवको तुलनमा गत आवमा व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेर रु १४ खर्ब ५४ अर्ब ५९ करोड कायम भएको छ । अघिल्लो आवमा यस्तो घाटा २३ दशमलव शून्य प्रतिशतले बढेको थियो । केन्द्रीय बैंकका अनुसार गत आवमा मुलुकबाट रु एक खर्ब ५७ अर्ब १४ करोडको...

  • २०८० भाद्र १, शुक्रबार

    हवाई उडानमाथि लगाइएको प्रतिबन्ध हट्यो

    काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम क्षेत्रको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटाएको छ । प्राधिकरणले उडानसम्बन्धी मापदण्डलाई कडाइका साथ लागू गर्दै देशभरको पहाडी क्षेत्रमा अवस्थित ‘सर्ट टेक अफ एन्ड ल्यान्डिङ’ (स्टोल) अर्थात् छोटो उडान र अवतरण हुने विमानस्थलमा यसअघि लगाइएको उडान समयावधि हटाएको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार उडान सुरक्षा मापदण्डको कडाइका साथ...

  • २०८० भाद्र १, शुक्रबार

    जार र बोतलकाे पानीमा तोकेभन्दा बढी मूल्य लिए कारबाही

      काठमाडौँ - नेपाल बोटल वाटर उद्योग सङ्घले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह गरेको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै बढी शुल्क नलिन व्यवसायीको ध्यानाकर्षण गरेको हो । बढी मूल्य लिएकाे पाइएमा कारबाही हुने सङ्घले जनाएकाे छ । सङ्घका अध्यक्ष धुव्र गौतमले विचौलियाका कारण आम उपभोक्तालाई पानीको मूल्य सरकारले...

  • २०८० भाद्र १, शुक्रबार

    विद्युतीय स्कुटर खरिद गर्दा सहुलयित कर्जा पाइने

    काठमाडौँ - पछिल्लो समय सहरी क्षेत्रका उपभोक्ता विद्युतीय स्कुटरप्रति थप आकर्षित हुन थालेका छन् । विद्युतीय स्कुटरमा जडान भएका उच्च क्षमताका ‘मोटर पावर’ले उकालोमा समेत सहज यात्रा, रेञ्ज (गति) उच्च, गुणस्तरीय एवं विश्वासनीय उत्पादक कम्पनीका स्कुटर तथा बैंकिङ क्षेत्रले लगानी गर्न थालेसँगै विद्युतीय विशेष गरी युवापुस्ता लागि यस्ता स्कुटर रोजाइमा पर्न थालेको हो । पेट्रोलियम पदार्थबाट चल्ने सवारी...

  • २०८० भाद्र १, शुक्रबार

    नेपालको बिजुली बंगलादेशमा बिक्रीका लागि सहमति

    काठमाडौं - नेपालको बिजुली बंगलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अथ्र्याएको छ । नेपाल, भारत र बंगलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । प्रारम्भिक चरणमा बंगलादेशले नेपालबाट ४० मेगावाट बराबरको बिजुली लैजाने जनाएको छ । हाललाई ४० मेगावाट धेरै नभए पनि...

  • २०८० श्रावण ३२, बिहिबार

    श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ

      काठमाडौं - श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएको छ। बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्‍त्रालयद्वारा जारी सूचनाअनुसार चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको हो। मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्‍याएको सूचनामा उल्लेख छ । वृद्धि भएको पारिश्रमिक सूची हेर्दा आधारभूत पारिश्रमिक १०...

Pages