-
२०७९ फाल्गुण १, सोमबार
भोलिदेखि उपत्यकामा सार्वजनिक यातायात नचल्ने
ट्राफिक नियमको विरोध गर्दै यातायात मजदुर संगठनहरूले भोलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । तीनवटा मजदुर संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा आन्दोलन घोषणा गरेका हुन् । उनीहरूले विभिन्न १० बुँदे माग राखेका छन् । उता बालाजु...
-
२०७९ फाल्गुण १, सोमबार
बालाजुमा यातायात मजदुर र प्रहरीबीच झडप, प्रहरीका गाडीमा आगजनी
काठमाडौं - काठमाडौंको बालाजु क्षेत्रमा प्रहरी र यातायात मजदुरबीच झडप भएको छ । ट्राफिक नियमको विरोध गर्दै यातायात अवरुद्ध पारेर यातायात मजदुर आन्दोलनमा उत्रिएका थिए । सो क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । झडपका क्रममा आन्दोलनकारीले प्रहरीका गाडीमा आगजनी गरेका थिए । यसका साथै उनीहरूले त्यस क्षेत्रमा रहेकाे एउटा अस्थायी प्रहरी बिटमा समेत आगाे लगाएका थिए । प्रहरीका दुईवटा गाडीमा तोडफोड भएको...
-
२०७९ माघ २९, आइतबार
बजेटको आकार २ अर्बले घटाइयो
काठमाडौ - चालू आर्थिक बर्षको बजेटको आकार घटेर १५ खर्ब ५० अर्ब रूपैयाँ हुने अनुमान रहेको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्बको बजेट ल्याएका थिए । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा पेश गरेको चालू आर्थिक वर्षको बजेट समीक्षामार्फत उक्त बजेटको आकार घटाएर १५ खर्बमा झारिएको हो । यस्तै राजस्व संकलनको लक्ष्य पनि घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड बनाइएको छ । यसअघि १४...
-
२०७९ माघ २९, आइतबार
चिकित्सकहरुको सरकारसँग ६ बुँदे सहमति
काठमाडौं - सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । यही माघ २७ गते ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो । लगत्तै आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच वार्ता भएको थियो । वार्तामा चिकित्सक कुटिएको घटनाको...
-
२०७९ माघ २९, आइतबार
चितवन २ मा वैशाख १० गते उपनिर्वाचन
काठमाडौं - चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले रिक्त एक प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मिति तोकेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १० गते आइतबार चितवन २ मा उपनिर्वाचन गर्ने निर्णय भएको बताए। गत मंसिर ४ मा भएको निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। तर उनको नागरिकतासम्बन्धी...
-
२०७९ माघ २९, आइतबार
सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं - सरकारले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि...
-
२०७९ माघ २९, आइतबार
'एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड' को मुख्य प्रायोजन एसवन होम्सले गर्ने
'एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड' को मुख्य प्रायोजकका रुपमा चितवनको एसवन होम्सले सहकार्य गर्ने भएको छ । आगामी असारमा चितवनमा हुन लागेको फिल्मी अवार्डलाई सफल पार्न एसवन होम्सले सहकार्य गरेको हो । लक्की मिडिया हाउस चितवनले आयोजना गर्न लागेको अवार्ड कार्यक्रममा विभिन्न ३० विधामा अवार्ड दिइने जनाइएको छ । चलचित्र क्षेत्रको विकास, प्रर्वद्धन तथा कलाकारहरुको प्रोत्साहनका लागि लक्की मिडिया हाउस...
-
२०७९ माघ २९, आइतबार
जित्यो इन्टर स्कुल अर्किड एङकरिङ स्टारको अवार्ड लिटिल फ्लावरको पोल्टामा
चितवनको भरतपुरमा आयोजित इन्टर स्कुल अर्किड एङकरिङ स्टारको अवार्ड लिटिल फ्लावरले जितेको छ । अर्किड स्कुलले वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको जिल्लास्तरीय प्रतियोगितामा लिटिल फ्लावर स्कुलका सलिसा आचार्य, अलिसा रिजालको समूहले उपाधि जितेको हो । यस्तै फष्ट रनरअपको उपाधि ग्रीनल्याण्ड स्कुलका विदुषि कार्की र सुप्रिम पौडेलले जितेका छन् । यस्तै सेकेण्ड रनरअपको उपाधि सृजना बोर्डिङ स्कुलका प्रार्थना...
-
२०७९ माघ २९, आइतबार
उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक सुरु
काठमाडौं - उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । केहीबेर अघिबाट प्रधानमन्त्री निवास वालुवाटारमा बैठक सुरु भएको बताइएको छ । बैठकमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति तथा उपराष्ट्रपतिको आगामी निर्वाचन र सरकारलाई पूर्णता दिने विषयमा छलफल हुनेछ । बैठकमा केही दलहरु अनुपस्थित भएको जनाइएको छ । वालुवाटार स्रोतका अनुसार जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका प्रतिनिधि उपस्थित छैनन् ।...
-
२०७९ माघ २९, आइतबार
विवेकशील साझाकाे अध्यक्षमा समीक्षा र महासचिवमा रञ्जु दर्शाना चयन
काठमाडौं - विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । उपाध्यक्षमा मिलन पाण्डे, प्रकाशचन्द्र परियार र विमला अधिकारी सर्वसम्मत चयन भएकी हुन् । सो पार्टीको दुई दिनसम्म काठमाडौँमा चलेको महाधिवेशनले महासचिवमा रञ्जु दर्शनालाई चयन गरेको छ । सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी र कोषाध्यक्षमा दामोदर नेपाल चयन हुनुभएको छ । विवेकशील साझा पार्टीमा ५१ सदस्यीय केन्द्रीय...
-
२०७९ माघ २९, आइतबार
ललितपुरमा वक्तृत्व विकास तथा उद्घोषण प्रशिक्षण सम्पन्न
ललितपुर महानगरपालिका वडा ८ भोलढोकाका महिलाहरुको समूह भोलगणेश महिला समूहले आयोजना गरेको १० दिने वक्तृत्व विकास तथा उद्घोषण प्रशिक्षण सम्पन्न भएको छ । विभिन्न उमेर समूहका ३० प्रशिक्षार्थीहरुको सहभागितामा सम्पन्न उक्त प्रशिक्षण ललितपुर महानगरपालिका वडा ८ को सहयोगमा भएको थियो । प्रशिक्षण कार्यक्रमको समापन समारोहका प्रमुख अतिथि वडा ८ का अध्यक्ष बाबुरत्न महर्जनले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण...
-
२०७९ माघ २७, शुक्रबार
टर्की भूकम्पः २२ हजारभन्दा बढीको मृत्यु
इस्तानबुल । स्टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीएको विपद् व्यवस्थापन निकायले अन्तर्राष्टिय सहायताका निम्ति अपिल गरेको छ । उद्धारकर्मीहरूका अनुसार टर्कीएमा १८ हजार नौ सय ९१ जना तथा सिरियामा तीन हजार तीन सय ७७ जनाले ज्यान गुमाएका छन् । सिरियाको सरकार नियन्त्रित क्षेत्रमा एक हजार तीन सय ४०...


