STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ माघ २२, आइतबार

    चितवन २ बाट मलाई निर्वाचित घोषणा गरियाेस् : उमेश श्रेष्ठ

    काठमाडौं - चितवन क्षेत्र नम्बर २ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ निर्वाचन आयोग पुगेका छन् । चितवन २ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ४९ हजार २६४ मतका साथ निर्वाचित हुँदा श्रेष्ठले १४ हजार ९८३ मत पाएर दाेस्रो स्थानमा रहेका थिए । १३ माघमा सर्वोच्च अदालतले रविसँग नेपाली नागरिकता नभएको उम्मेदवार नै हुन...

  • २०७९ माघ २२, आइतबार

    पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको निधन

    एजेन्सी- पाकिस्तानका पूर्व सैनिक जनरल तथा राष्ट्रपति परवेज मुशर्रफको ७९ वर्षको  उमेरमा निधन भएको छ । उनकाे निधन भएकाे पाकिस्तानी सेनाले आइतबार जानकारी गराएको छ । आइतबार संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित अमेरिकी अस्पतालमा उनकाे निधन भएको हो । सेनाका वरिष्ठ प्रमुखहरूले जनरल मुशर्रफको दुःखद निधनप्रति हार्दिक समवेदना व्यक्त गरेको सेनाको सञ्चार शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “अल्लाहले...

  • २०७९ माघ २२, आइतबार

    सरकारमा रहिरहने वा निस्कने टुंगाे लगाउन रास्वपा अन्तिम छलफलमा

    काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट निस्कने वा सरकारमा रहने भन्ने विषयको अन्तिम छलफलमा जुटेको छ । प्रधानमन्त्री प्रचण्डसँग भेटपछि रास्वपा सभापति रवि लामिछाने अहिले पार्टी कार्यालय बसुन्धारामा पुगेका छन् । अब रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्ने छ । बैठकले सरकारमा रहने कि नरहने भन्ने विषयको टुंगो लगाउने जनाइएको छ । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा रविले...

  • २०७९ माघ २२, आइतबार

    बिन्ध्यबासिनी म्युजिक अवार्डमा चार स्रष्टालाई सम्मान

    नेपालको गीत संगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल बिन्ध्यवासिनी फाउण्डेसन को नवौं बार्षिक भेलाले यस वर्ष हुने मुक्तिनाथ विकास बैंक को प्रस्तुति,रमपम बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७९ मा सम्मानित हुने विभिन्न स्रस्टा एवं पत्रकारको नाम घोषणा गरेको छ ।  शनिबार सम्पन्न फाउण्डेशनको एक बृहत भेलामा भएको निर्णय अनुसार यो वर्ष बिन्ध्यवासिनी फाउण्डेसन का सल्लाहकार तथा नेपाली संगीत क्षेत्रका शिखर पुरूष...

  • २०७९ माघ २१, शनिबार

    राष्ट्रपतिमा सकेसम्म राष्ट्रिय सहमति : माओवादी केन्द्र

    काठमाडौँ - नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ । सत्ता गठबन्धनको मुख्य दल नेकपा एमालेलाई बाहिर राखेर जान नसकिने निष्कर्ष समेत माओवादी नेताहरुको छ । आज (शनिबार) पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा...

  • २०७९ माघ २१, शनिबार

    लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएकोमा बिरोध प्रदर्शन

    काठमाडौँ - नाबालिका बलात्कारको अभियोग लागेको क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै बिरोध प्रदर्शन भएको छ । शनिवार दिउँसो माईतीघर मण्डलामा नेपाल क्रिकेट संघ क्यानबिरुद्ध प्रदर्शन भएको हो । प्रदर्शनकारीले अभियुक्त रमाउँदै, पीडित डराउँदै, मेरो राष्ट्रिय टिममा बलात्कारको अभियुक्त हुन सक्दैन, उता फिक्सिङ गराउने यता अभियुक्तलाई क्याम्पमा राख्ने क्यान मुर्दावाद, खेलको नियम पालना...

  • २०७९ माघ २१, शनिबार

    काठमाडौँका ३२ वटै वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण सुरू

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले सेवा विस्तार गर्दै ३२ वटै वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गरेको छ । यही माघ १५ मा कामपाले नौवटा वडाहरु २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ बाट प्रारम्भ गरेको सेवा अहिले ३२ वटै वडा कार्यालयमा विस्तार गरेको हो । यही माघ १० देखि सबै वडाबाट परिचयपत्र वितरण गर्ने भनिए पनि प्राविधिक काम बाँकी रहेपछि पञ्जीकरण विभागसँग छलफल गरी सोमबार देखि सेवा सुरु...

  • २०७९ माघ २१, शनिबार

    बृहस्पतिका थप १२ वटा चन्द्रमा पत्ता लगाइयाे

    एजेन्सी - खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ । खगोलशास्त्रीहरूले यसअघि शनिमा ८३ वटा चन्द्रमा पत्ता लगाएका थिए । हवाई र चिलीमा गत सन् २०२१ र गत वर्ष टेलिस्कोप प्रयोग गरेर बृहस्पतिका ती नयाँ चन्द्रमा पत्ता लागेका इन्टरनेशनल एस्ट्रोनोमिकल युनियन माइनर प्लानेट सेन्टरले जनाएको छ । पत्ता लागेका नयाँ...

  • २०७९ माघ २०, शुक्रबार

    मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार

      काठमाडौं - मधेस प्रदेश मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन् । शुक्रबार मन्त्रिपरिषदमा ६ मन्त्री र ३ राज्यमन्त्रीलाई सपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नयाँ मन्त्रीमा सत्ता गठबन्धनबाट एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीका सांसदहरु मन्त्री बनेका छन् भने सत्तारुढ दल माओवादी केन्द्र...

  • २०७९ माघ २०, शुक्रबार

    ‘नेपाली गर्ल’ एप : क्लिक गर्दा बैंकबाट पैसा गायब

      काठमाडौं - प्रहरीले ‘नेपाली गर्ल’ नामको एप प्रयोग गरेर लाखौं रकम ठगी गर्ने ८ जनलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । शुक्रबार जिल्ला प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन आयोजना गरी एप बनाएर विभिन्न व्यक्तिको बैंक खाता ह्याक गरी ५० लाखभन्दा बढी ठगी गर्ने ८ जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा भारतको बिहार प्रदेश सितामढी जिल्ला मधुरापुर–७ बाजपट्टी थानाका २९ वर्षीय अवधेश कुमार, सप्तरीको...

  • २०७९ माघ २०, शुक्रबार

    ओली निवासमा ओली, लामिछाने र लिङ्देनबीच भेटवार्ता

    काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। ओली निवास बालकोटमा शुक्रबार साँझ उनीहरूबीच दुई घन्टा बढी छलफल भएको हो। गृह मन्त्रालय पाउनुपर्ने भन्दै रास्वपाले सरकार छाड्ने चेतावनी दिइरहेका बेला उनीहरूबीच छलफल भएको हो। स्रोतका अनुसार गठबन्धनभित्र कसरी...

  • २०७९ माघ २०, शुक्रबार

    मूल्य नपाएपछि चितवनका किसानले सडकमा फाले तरकारी

      काठमाडौं - भारतबाट तरकारी आयात गर्दा स्वदेशी तरकारीले बजार मूल्य नपाएको भन्दै चितवनमा किसानहरुले उत्पादन गरेको तरकारी सडकमा फालेर विरोध जनाएका छन् । शुक्रबार चितवनका तरकारी उत्पादक किसानहरुले आफूहरुले उत्पान गरेको तरकारीले बजार मूल्य नपाएको भन्दै नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका हुन् । स्वदेश तरकारी उत्पादनलाई प्राथमिकता नदिएर भारतीय तरकारीको आयात गरिएपछि स्वदेशी किसान मारमा परेको...

Pages