-
२०७९ माघ २४, मंगलबार
आगालागीमा एक बालिकाको जलेर मृत्यु
काठमाडौं - घरमा आगालागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ । चन्दननाथ नगरपालिका— १ ठिन्केमा स्थानीय लोकबहादुर भण्डारीको घरमा आगलागी भएको हो । गएराति करिब साढे १० भएको आगलागीका कारण उनकी १४ वर्षीया छोरी वन्दना भण्डारीको जलेर मृत्यु भएको हो । आगलागीबाट भण्डारीको ३ कोठे घर जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए । उनका अनुसार ३ तले घरमा...
-
२०७९ माघ २४, मंगलबार
शाखा अधिकृतका सबै परीक्षा स्थगित
काठमाडाैँ - यही माघ २८ गते सञ्चालन हुने गरी तोकिएको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदका सबै परीक्षा स्थगित भएको छ । लोकसेवा आयोगले आज विज्ञप्ति जारी गरी सर्वोच्च आदालतबाट जारी भएको अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगले ती तहका पहिलो र द्वितीय चरणका परीक्षा कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको जनाएको हो । आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत...
-
२०७९ माघ २४, मंगलबार
डिजेल, पेट्रोल र मट्टीतेलमा फेरि बढ्याे प्रतिलिटर तीन रूपैयाँ
काठमाडाैँ - नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर तीन/तीन रूपैयाँ बढाएको हो । सोमबार राति १२ बजेदेखि लागू हुने गरि मूल्य बढाएको निगमले पेट्रोलको प्रतिलिटर १७८ र डिजेल र मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँ पुर्याएको छ । यसअघि पेट्रोल १७५ र डिजेल तथा मट्टितेल १७२ रूपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको थियो । निगमले हवाई इन्धन र खाना...
-
२०७९ माघ २४, मंगलबार
यति विमान दुर्घटना : प्रारम्भिक चरणको तथ्य फेला
काठमाडौं - पोखराको सेती खोँचमा यती एयरलायन्सको एटीआर विमान दुर्घटना हुनुको प्रारम्भिक चरणको तथ्य पत्ता लागेको छ । दुर्घटना जाँच आयोगद्वारा सोमबार जारी विज्ञप्तिअनुसार फ्लाइट डेटा (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) को डेटा विश्लेषण तथा अनुसन्धान गर्दा दुबै इन्जिनमा रहेका १२ (दायाँमा ६ तथा बायाँमा ६ ब्लेड) प्रोपेलर ब्लेड फेदर भएको देखिएको छ । दुबै इन्जिनका प्रोपेलर ब्लेड फेदर हुनुको मतलब जहाज...
-
२०७९ माघ २३, सोमबार
टर्कीए र सिरियामा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडाैं - टर्कीए र सिरियामा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर अहिलेसम्म १५० भन्दा बढीको मृत्यु भएकाे छ। उक्त भूकम्पका कारण धेरै घरहरू भत्किएका छन्। टर्कीएको मलाट्यामा मात्रै ७६ जनाको निधन भएको र ४४० भन्दा बढी घाइते भएको जनाएको छ। योसँगै सिरियामा ज्यान गुमाउनेको संख्या ९० पुगेको छ । ५ सयभन्दा बढी घाइते भएको बताइएको छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार भूकम्पका कारण धेरै...
-
२०७९ माघ २३, सोमबार
आज दिउँसो ४ बजे मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं - आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सुरक्षा अधिकारीहरुको बढुवाका विषयमा छलफल हुनेछ । त्यसका अलावा मन्त्रिपरिषदको नियमित एजेण्डाका विषयमा छलफल हुने जनाइएको छ । सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार मात्रै सरकार छाडेको छ । रास्वपाले स्वास्थ्य राज्यमन्त्रीसहित ३ मन्त्रालय र एक राज्यमन्त्री पाएको थियो । उक्त...
-
२०७९ माघ २३, सोमबार
रास्वपाका निवर्तमान मन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै
काठमाडौं - आईतबार राजीनामा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निवर्तमान मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । पार्टीले सरकारबाट निस्किने निर्णय गरेसँगै प्रधानमन्त्रीलाई राजीनामा दिएका रास्वपाका ३ जनाले पत्रकार सम्मेलन गर्ने भएका हुन् । राजीनामा बुझाएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा...
-
२०७९ माघ २२, आइतबार
रवि लामिछानेको अभिव्यक्तिप्रति पत्रकार महासङ्घको निन्दा
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप भन्दै नेपाल पत्रकार महासङ्घले निन्दा गरेको छ । महासङ्घले आज विज्ञप्ति जारी गरी ‘पत्रकार सम्मेलनमा सभापति लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो’, भनेको छ...
-
२०७९ माघ २२, आइतबार
मिडिया सञ्चालक र सम्पादकलाई रविकाे चितवनमा निर्वाचन लड्न चुनौति
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले देश मिडियाले चलाउने होइन भन्दै एक एक गरि आफूसँग चितवन २ मा निर्वाचन लड्न आउन ठाडो चुनौती दिएका छन् । आइतबार केन्द्रीय कार्यालय बसुन्धारामा पत्रकार सम्मेल गर्दै सभापति लामिछानेले नेपालमा नाम चलेका मिडियाका सञ्चालक र सम्पादकहरुलाई देश बनाउने हो भने चितवनमा निर्वाचन लड्न चुनौती दिएका हुन् । उनले भने, ‘कैलाश सिरोहिया आउने हो कि...
-
२०७९ माघ २२, आइतबार
प्रधानमन्त्री प्रचण्डसमक्ष रास्वपाका तीन मन्त्रीले बुझाए राजीनामा
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन जना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पत्र बुझाएका छन्। आइतबार रास्वपाको पार्टी कार्यालय बसुन्धारामा पत्रकार सम्मेलनपश्चात् तीनै मन्त्रीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा पत्र बुझाएका हुन् । रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका डोलप्रसाद अर्याल, शिक्षा,...
-
२०७९ माघ २२, आइतबार
सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। आइतबार बसेको सो पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले सो जानकारी दिएका हुन्। बैठकले सरकारलाई दिएको समर्थन भने यथावत राख्ने निर्णय गरेको छ।...
-
२०७९ माघ २२, आइतबार
नेपालभाषाको चलचित्र ‘ तिब : ’को छयांकन अमेरिकाको मेरिल्याण्ड सिटीमा
नेपालभाषाको चलचित्र ‘ तिब : ’ को छायांकन अमेरिकाको मेरिल्याण्ड सिटीमा सम्पन्न भएको छ । उक्त शुटिंगको सम्पूर्ण संयोजन अमेरिका स्थित नेपाली युवाहरुको समुह ‘ द हिमालयन भाइब ’ ले गरेको छ । सो चलचित्रको कथाले मागे बमोजिम अमेरिकामा पनि दृश्य छायांकन गर्नुपर्ने यो चलचित्रमा विदेशको छायांकन पक्षको संयोजन THV ले नगरी दिएको भए शुटिङ्ग सम्भव नहुने कुरा निर्देशक रवि सायमीले बताए। युट्युबमा विभिन्न भिडियो...


