-
२०७९ माघ २५, बुधबार
कार्यतालिका बनाएर सदन सञ्चालन गर्ने सहमति
काठमाडौं -प्रतिनिधिसभालाई आगामी दिनमा कार्यतालिका बनाएर सञ्चालन गर्ने विषयमा दलहरूबीच सहमति भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको आजको बैठकमा संसद् र सांसदलाई जनताप्रति उत्तरदायी तुल्याउन सभा सञ्चालनका लागि कार्यतालिका बनाएर काम गर्ने विषयमा सदस्यरूबीच मतैक्य भएको हो । बैठकमा समिति सदस्य एवं पूर्वसभामुख सुवास नेम्वाङले मुख्य जिम्मेवारी कानून निर्माणमै सांसदको ध्यान केन्द्रित गर्न...
-
२०७९ माघ २५, बुधबार
माओवादी उपाध्यक्षमा पम्फा भुसाल र अग्नि सापकोटा मनोनीत
काठमाडौं - नेकपा माओवादी केन्द्रले थप दुई जनालाई उपाध्यक्ष बनाएको छ । स्थायी कमिटी बैठकले अग्निप्रसाद सापकोटा र उपमहासचिव पम्फा भुसाललाई उपाध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको हो । भुसाल यसअघिको पार्टीको उपमहासचिव थिइन् भने सापकोटा सभामुखको जिम्मेवारीपछि पार्टीको राजनीतिमा फर्किएका हुन् । उपमहासचिव भुसाल पार्टी उपमहासचिवबाट बढुवा भएकी छन् । थप दुई उपाध्यक्षसँगै माओवादीमा ३ जना उपाध्यक्ष र एक...
-
२०७९ माघ २५, बुधबार
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ११ हजारभन्दा बढी
एजेन्सी - टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजार नाघेको दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधबार अपरान्ह् सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गरेका छन्। राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीमा भूकम्पमा परी आठ हजार ५७४ जनाको मृत्यु भएको छ ।...
-
२०७९ माघ २५, बुधबार
मानन्धर संघद्वारा सामुदायिक ईहि संस्कारको आयोजना
केन्द्रीय मानन्धर संघको आयोजनामा सामुदायिक ईहि मुना कार्यक्रम भएको छ । नेवार समुदायका बालिकालाई रजश्वला हुनु अगाडी ईहि गराउने प्रचलन रहेको छ । ईहिलाई बेलविवाहको रुपमा समेत चित्रण गरिन्छ । संघले सांस्कृतिक परम्परालाई निरन्तरता दिनको लागि सातौं पटक ईहि मुना कार्यक्रम गरेको हो । कालिमाटीस्थित लुमन्ति घरको सभाहलमा मंगलबारदेखि सुरु भएको ईहि मुना कार्यक्रम माघ २५ गते बुधबार सम्पन्न भएको छ । कार्यक्रममा...
-
२०७९ माघ २५, बुधबार
सुनसरीको ईनरुवामा प्रथम चलचित्र महोत्सव हुने
सुनसरीको ईनरुवामा प्रथम चलचित्र महोत्सव हुने भएको छ । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष चलचित्रकर्मी अरुण कुमार प्रधानले जानकारी गराए अनुसार प्रधानकै संयोजकत्वमा यो महोत्सव हुन लागिरहेको हो । यस ईनरुवा महोत्सवको संयोजकमा ईनरुवा नगरपालिका रहेको छ । यही फागुन ७ देखी ११ गतेसम्म गरेर जम्मा ५ दिन उक्त महोत्सव हुन लागेको हो । सांस्कृतिक तथा पर्यटन महोत्सव २०७९ नाम दिइएको यो महोत्सव...
-
२०७९ माघ २४, मंगलबार
रवि लामिछानेलाई ५ वर्ष कैद सजायको माग गर्दै निवेदन
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पाँच वर्ष कैद र हदैसम्मको जरिवानासमेत हुनेगरी कारबाही गर्न माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन परेको छ। मंगलबार युवराज पौडेल (सफल)ले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं पुगेर राहदानी ऐन २०२४ को दफा (५) को खण्ड (ख) को व्यवस्था अनुसार लामिछानेलाई पाँच वर्ष कैद र जरिवानासहित मुद्दा चलाइ कारबाही गरिपाउँ भन्दै निवेदन...
-
२०७९ माघ २४, मंगलबार
सडकमै अण्डा र कुखुरा फालेर विरोध
काठमाडौं - झापाका किसानले सडकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका छन् । आफ्ना उत्पादनले उचित मुल्य र बजार पाउनु पर्ने माग गर्दै उनीहरुले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका हुन् । कृषिमा आत्मनिर्भर होउ भनेर सरकारले गरेको आग्रह अनुसार आफूहरु कृषि कर्ममा लागेर र उत्पादन पनि गरेको तर सरकारले त्यसको बजारीकरण नगरेकाले बाध्य भएर सडकमा उत्रिनु परेको किसानहरुले जनाएका छन् । सरकारले...
-
२०७९ माघ २४, मंगलबार
नेमकिपाले गर्यो बागमती प्रदेशमा प्रमुख प्रतिपक्षी दलको दाबी
काठमाडौं- नेपाल मजदुर किसान पार्टीले बागमती प्रदेश सभाको प्रमुख प्रतिपक्षी दलको दाबी गरेको छ । नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोर्साइले आज प्रमुख प्रतिपक्षी दलको दाबी गर्दै सभामुख भुवन पाठक समक्ष पत्र बुझाएका हुन् । गत माघ ३ मा मुख्यमन्त्री शालिकराम जमकटेलले विश्वासको मत लिँदा नेमकिपा बाहेक सबै दलले सरकारलाई विश्वासको मत दिएको भन्दै उनले प्रमुख प्रतिपक्षी दलको दाबी गरेका हुन्...
-
२०७९ माघ २४, मंगलबार
टर्की भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ४,३००, आठ गुणा बढ्न सक्ने : डब्लूएचओ
एजेन्सी- सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको छ । सोमबार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म ४,३०० जनाको मृत्यु भएको जनाइएको छ। पहिलो धक्काको करिब १२ घण्टा पछि अर्को शक्तिशाली भूकम्प उत्तरी भेगमा गएको थियो। उद्धारकर्मीहरूले अत्यधिक चिसो र हिउँका बाबजुद भग्नावशेषको थुप्रोमा...
-
२०७९ माघ २४, मंगलबार
त्रिमूर्ति निकेतनमा सम जयन्ती सम्पन्न
नाट्यसम्राट् बालकृष्ण समको १२१ औँ जयन्ती एक कार्यक्रम गरी सम्पन्न गरेको छ । सो कार्यक्रममा त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले बालकृष्ण समको पूर्णकदको सालिकमा माल्यार्पण गर्न भई नाट्यसम्राट समलाई स्मरण गर्नु भयो । सोही अवसरमा उहाँले कविशिरोमणि लेखनाथ पौडयाल र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदका सालिकमा पनि माल्यार्पण गर्नुभयो । सोही अवसरमा त्रिमूर्ति निकेतनद्वारा आयोजित विशेष...
-
२०७९ माघ २४, मंगलबार
ज्येष्ठ कलाकार पदम बाको महाप्रस्थान
नेपाली कलाकारिता क्षेत्रका ज्येष्ठ कलाकार पदम बा अर्थात पदम प्रसाद पौडेल अब यो संसारमा रहेनन् । पदम बाको ९२ वर्षको उमेरमा मंगलबार निधन भएको छ । अाजै साँझ पशुपति आर्यघाटमा उनको अन्तिम् संस्कार गरियो । उनको अन्त्येष्टि मा कलाकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । उनी चलचित्र नेपाल चलचित्र कलाकार संघका आजीवन सदस्य थिए । चलचित्रकर्मीहरुमाझ ‘पदम बा’ को नामले चिनिन कलाकार पौडेलले दर्जनौं नेपाली फिल्म...
-
२०७९ माघ २४, मंगलबार
'एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड' सफल पार्न चलचित्र क्षेत्रका अग्रजहरुसंग छलफल
नेपालको चलचित्र क्षेत्रका अग्रजहरुले मोफसलमा हुन लागेको लक्की फिल्मी अवार्डले कलाकारहरुको प्रोत्साहन तथा सिने क्षेत्रको प्रर्वद्धन हुने विश्वास व्यक्त गरेका छन् । 'एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड २०८०' को तयारीमा रहेको चितवनको लक्की मिडिया हाउसले कलाकार, समाजसेवी, व्यवसायीहरु संग सुझाव संकलन छलफल अभियान नै चलाएको छ । सुशिल कोइराला मेमोरियल फाउण्डेशनका सदस्य सचिव अतुल कोइराला, चलचित्र विकास...


