STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ माघ २०, शुक्रबार

    मलेसियाका गृहमन्त्री काठमाडाैंमा, श्रममन्त्री अर्यालसँग गरे भेट

    काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले भेटवार्ता भएको छ । शुक्रवार काठमाडौंस्थित एक होटलमा दुई देशका मन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको हो । बैठकपछि बोल्दै श्रममन्त्री अर्यालले मलेसिया सरकारसँग नेपाल सरकारको श्रम सम्झौतालाई नविकरण गर्ने बेला भएको र...

  • २०७९ माघ २०, शुक्रबार

    सर्वाेच्चद्वारा लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग

    काठमाडौं - सर्वोच्च अदाललते बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको छ । लामिछानेलाई थुनामुक्त गर्ने पाटन उच्च अदालतको आदेशविरुद्धको मुद्दामा अदालतले आवश्यक कागजात झिकाउने आदेश दिएको हो । न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलसाले आज लामिछानेको मुद्दामा भएको आदेशसम्बन्धी आवश्यक कागजात झिकाउने आदेश गरेको हो । महान्यायाधिवक्ताको कार्यालयले उच्च अदालत...

  • २०७९ माघ २०, शुक्रबार

    एकीकृत समाजवादीका नेता भूसाल बेहोस भएपछि अस्पताल भर्ना

    काठमाडौं - नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल एक्कासी बेहोस भएपछि अस्पताल भर्ना भएका छन् । उनी पार्टी कार्यालय जाँदै गर्दौ आँफैले हाँकिरहेको गाडीमा बेहोस भएको हुन् । उनी वानेश्वर पुग्दा बेहोस भएको बताइएको छ । शुक्रबार पार्टी कार्यालय आलोकनगर जाने क्रममा उनी गाडीमै बेहोस भएका हुन् । बेहोस भएपछि उनलाई उपचारका लागि नयाँ वानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ । अहिले उनको अवस्था सुधार...

  • २०७९ माघ २०, शुक्रबार

    नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी जेल चलान

    काठमाडाैं- प्रतिनिधिसभा सदस्य एवं नागरिक उन्मुक्ति पार्टीका सचेतक अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार साँझ कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई आज १० बजे कैलाली जिल्ला अदालतमा उपस्थित गराई कैद पुर्जी लिएर धनगढी कारागारमा चलान गरिएको हो । फरार सूचीमा रहेका चौधरीलाई बिहीबार बाँकेबाट पक्राउ गरेको थियो । चौधरीलाई प्रहरीले पक्राउ गरेर नेपालगञ्जबाट जहाजमा काठमाडौँ लगेको थियो...

  • २०७९ माघ १९, बिहिबार

    कालिगण्डकी शिला राम मन्दिर निर्माण ट्रस्टलाई हस्तान्तरण

    काठमाडौं - भारत अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान रामको मूर्ति बनाउन कालिगण्डकीबाट उत्खनन् गरी ल्याइएको शिला राम मन्दिर निर्माण ट्रस्टलाई हस्तान्तरण गरिएको छ। बिहिबार अयोध्यामा आयोजित भव्य समारोहका बीच पूर्वउपप्रधानमन्त्री एवम् गृहमन्त्री विलमेन्द्र निधि र जनकपुरको जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले उक्त शिला श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायलाई शिला...

  • २०७९ माघ १९, बिहिबार

    राष्ट्रिय क्रिकेट टिममा फर्किए सन्दीप लामिछाने

    काठमाडौं - जबर्जस्ती करणी अभियोगमा २० लाख धरौटी बुझाएर उच्च अदालतको आदेशमा जेलमुक्त भएका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा फर्किएका छन् । बुधबार नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेसँगै सन्दीपलाई बिहीबार खेल अभ्यासका लागि टिममा बोलाइएको हो । उच्च अदालतको सर्तसहित जेलबाट रिहाइ भएका सन्दीपको टिममा आवश्यक्ता देखेर राष्ट्रिय टिममा फर्काइएको...

  • २०७९ माघ १९, बिहिबार

    रास्वपा सरकारबाट नबाहिरिने, गृहमन्त्रीका लागि अझैँ दुई दिन पर्खिने

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएको छ । बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल पार्टी सरकारबाट नबाहिरिने र गृह मन्त्रालयमा दाबी अझैँ दुई दिन पर्खिने निर्णय गरेको हो । बैठकमा सहभागी पार्टीका अधिकांश नेताहरुले सरकारबाट बाहिरिन नहुने पक्षमा धारणा राखेका थिए । ती नेताहरुले तत्काल सरकारबाट हटेको अवस्थामा जनतासामू कमजोरी र कच्चा...

  • २०७९ माघ १९, बिहिबार

    गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्छ : ओली

    काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय पाउनुपर्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यसअघि सत्ता गठबन्धनमा भएको सहमति अनुसार (रास्वपा)ले गृह मन्त्रालय पाउने बताए । सरकार गठनको बेला सत्ता साझेदार दलबीच गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको थियाे । आफू र प्रधानमन्त्री प्रचण्डबीच यस विषयमा पटकपटक...

  • २०७९ माघ १९, बिहिबार

    परराष्ट्रमन्त्री आज श्रीलङ्का भ्रमणमा जाँदै

    काठमाडौं - परराष्ट्रमन्त्री डा विमला राई पौड्याल आज श्रीलङ्का भ्रमणमा जाँदैछिन् । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रुपमा सहभागी हुन उनी त्यसतर्फ जाने भएकी हुन् । मन्त्री पौडेल कोलोम्बोमा यही माघ २० र २१ गते हुने समारोहमा सम्मानित अतिथिका रुपमा सहभागी हुनेछिन् । उनलाई श्रीलङ्काली परराष्ट्रमन्त्री अली साब्रीको निमन्त्रणा थियो ।...

  • २०७९ माघ १९, बिहिबार

    आज विश्व सिमसार दिवस मनाइँदै

    काठमाडौं - आज विश्व सिमसार दिवस मनाइँदै छ । मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन । पछिल्लो समय सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन् । सिमसार क्षेत्रमा असङ्ख्य जीवजन्तु तथा वनस्पतिको लागि महत्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको संरक्षणकर्मी बताउँछन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत...

  • २०७९ माघ १८, बुधबार

    ज्ञानेन्द्र मल्ल ‘बी’ ग्रेडमा, सन्दीप परेनन्

    काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्र्याक्टका लागि पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको छ। पुरुषतर्फ ग्रेड एमा ५, ग्रेड बीमा ३ र ग्रेड सीमा १० जना रहेका छन् । क्यानको नयाँ ग्रेडिङमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई बी ग्रेडमा झारिएको छ भने अर्का पूर्वकप्तान सन्दीप लामिछानेलाई समेटिएको छैन ।क्यानले सेन्ट्रल कन्ट्र्याक्टका लागि पुरुष र महिला खेलाडीको वर्गिकरण गरेको छ। पुरुषतर्फ...

  • २०७९ माघ १८, बुधबार

    भारतको नाटु नाटु र द एलिफ्यान्ट व्हिस्परर्स ओस्कारमा मनोनित

    एजेन्सी – ९५ औँ संस्करणको एकेडेमी अवार्ड (ओस्कर)मा भारत तीन ओटा मनोनयनमा पर्न सफल भएको छ । एसएस राजामौलीको ब्लकबस्टर फिल्म आरआरआर बाट नातु नातु गीत, डकुमेन्ट्री फिचर विधामा ‘अल दैट ब्रेथ्स’ र छोटो वृत्तचित्र विधामा ‘द एलिफ्यान्ट व्हिस्परर्स’ मनोनयनमा परेको छ । त्यसो त तेलुगु हिट डान्स ट्राक नातु नातुले गोल्डेन ग्लोब जिति सकेको छ । यो सँगै यो गीत गोल्डेन ग्लोब जित्ने पहिलो भारतीय गीत पनि हो ।...

Pages