STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ माघ १६, सोमबार

    प्रधानमन्त्री दाहालसँग अमेरिकी उपविदेशमन्त्री नुल्यान्डको भेटवार्ता

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले शिष्टाचार भेटवार्ता गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास गरिएको छ । अमेरिकी उपविदेश मन्त्री...

  • २०७९ माघ १६, सोमबार

    नेताहरुबीच कुरा नमिलेपछि माओवादीको बैठक सारियो

    काठमाडौँ - सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक दुई दिन पछि सारिएको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सोमबार बोलाइएको पदाधिकारी बैठकमा नेताहरुको कार्य विभाजनको विषयमा कुरा नमिलेपछि माघ  माघ १८ गते (पर्सी)का लागि बोलाउने निर्णय गरिएको हो । यसअघि साे बैठक १७ गते (भोली)का लागि तय गरिएकाे थियाे । पार्टीको संगठनसम्बन्धि होमवर्क नसकिएकाले भोली पनि पदाधिकारी बैठक बसेर आवश्यक...

  • २०७९ माघ १६, सोमबार

    नेवाः डान्स कम्पिटिशनमा अग्रिया सिंह उत्कृष्ट ठहर

    काठमाडौंको बसन्तपुरमा आयोजित ‘नेवाः नृत्य प्रतियोगिता ने सं ११४३’ को उपाधि अग्रिया सिंहले जितेकी छन् । नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं जिल्ला शाखाले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा सम्पन्न गरेको प्रतियोगिता जित्ने सिंहलाई प्रमाण–पत्र, शिल्डसँगै नगद दस हजार प्रदान गरिएको छ । विभिन्न जातजातिका किशोरकिशोरीहरुको सहभागिता रहेको नृत्यको विधागत विषय भने नेपालभाषाको गीतसंगीतमा नृत्य गर्नुपर्ने...

  • २०७९ माघ १६, सोमबार

    लक्की फिल्मी अवार्डको प्रचार प्रसार आरम्भ

    मोफसलमा रहेर नेपालको चलचित्र र कला क्षेत्रको उत्थानमा क्रियाशिल चितवनको लक्की मिडिया हाउसले आयोजना गर्न लागेको ‘लक्की फिल्मी अवार्ड २०८०’ को तयारी तीब्र रुपमा आरम्भ गरेको छ । सोही क्रममा  फिल्मी अवार्डको प्रचार सामाग्री ‘स्टिकर’ सार्वजनिक भएको छ । लक्की मिडिया हाउसको मुख्य कार्यालय भरतपुरमा सो प्रचार सामाग्री सार्वजनिक गरिएको हो । कार्यक्रममा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका वरिष्ठ सर्जन...

  • २०७९ माघ १६, सोमबार

    आज शहीद दिवस मनाइँदै

    काठमाडौँ - प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न...

  • २०७९ माघ १६, सोमबार

    गृह मन्त्रालयबारे छलफल गर्न माओवादी केन्द्रकाे बैठक बस्दै

    काठमाडाैँ- आज सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्नेछ । आजको बैठकमा गृह मन्त्रालयबारे छलफल हुने बताइएको छ । यसअघि गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको भएपनि रावि लामिछानेको नेपाली नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेको थियो । नागरिकता अवैध भएसँगै लामिछानेले उपप्रधान एवं गृहमन्त्रालयको...

  • २०७९ माघ १६, सोमबार

    अमेरिकी उपमन्त्री नुल्याण्ड आज प्रधानमन्त्रीसहित उच्च नेताहरुसँग भेट गर्दै

    काठमाडौं - नेपाल भ्रमणमा रहेकी उपमन्त्री भिक्टोरिया नुल्याण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उच्च नेताहरुसँग भेटवार्ता गर्ने भएकी छन् । दुई दिने नेपाल भ्रमणमा शनिबार आइतबार नेपाल आएकी उनले आज प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने गर्ने भएकी हुन् ।...

  • २०७९ माघ १५, आइतबार

    यस वर्षकाे एसईई परीक्षा चैत १७ देखि

    काठमाडाैं - चैतमा हुने यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ । चैत्र १७ गते बाट सुरुहुने गरि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ । एसईई परीक्षा चैत्रको २९ गते सकिने छ ।

  • २०७९ माघ १५, आइतबार

    पोखरामा आत्मदाहको प्रयास

    काठमाडौं - पोखरामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा-१३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आज शरीरमा लागो लगाइ आत्मदाहको प्रयास गरेका थिए । जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला पनि घाइते भएकी छन् । ती दुवैलाई जलिरहेको अवस्थामा आज दिउँसो उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास तिमिल्सिनाले जानकारी दिए । “डेरा गरी बस्ने पुरुष जलिरहेको घरबेटीले देखेपछि उद्धार...

  • २०७९ माघ १५, आइतबार

    काठमाडौंका मेयर साहविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन

    काठमाडाैं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेलनले डोजर आतंक चलाएको भन्दै विरोध प्रदर्शन भएको छ । काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर मेयर साहले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।...

  • २०७९ माघ १५, आइतबार

    विवेकशील साझा पार्टीलाई पुनर्जीवन दिने पाण्डेको घोषणा

      काठमाडाैँ - विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आफ्नो पार्टीलाई पुनर्जीवन दिने बताएका छन् । साथै उनले सडकबाटै प्रतिपक्षी दलकाे भूमिका निर्वाह गरेर खबरदारी गरिरहने समेत बताएका छन् । एक प्रेस वक्तव्य जारी गर्दै उनले भनेका छन्,  ‘२०६९ सालमा स्व. उज्वल थापाले सुरु गर्नुभएको विवेकशील अभियानले लगभग एक दशक पार गरेको छ। यो बिन्दुसम्म आइपुग्दा वैकल्पिक राजनीति, सुसंस्कृत राजनीति, गहिरो सुझबुझ...

  • २०७९ माघ १५, आइतबार

    गृह मन्त्रालयका विषयमा निर्णय गर्ने अधिकार रास्वपाको

      काठमाडौं - गृह मन्त्रालयको कस्ले सम्हाल्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले त्यो निर्णय गर्ने अधिकार केवल रास्वपाको रहेको बताएको छ । आइतबार केन्द्रीय समितिको बैठकपश्चात् पत्रकारहरुसँगको कुराकानीमा रास्वपाका महामन्त्री मुकुल ढकालले गृह मन्त्रालयका विषयमा निर्णय अधिकार रास्वपाको रहेको बताएका हुन् । उनले पत्रकारहरुसँग भने, ‘अहिले देखिएको समस्या हाम्रो हो र हामीले समाधान गरिसकेको...

Pages