-
२०७९ माघ १७, मंगलबार
सन्दीप लामिछानेलाई थुनामै राख्न माग
काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटी बुझाउन लगाएर थुनामुक्त गर्ने उच्च अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ७ त्रुटिहरु देखाउँदै थुनामा राख्नुपर्ने माग गरेको छ । नाबालिग जबर्जस्तीकरणी अभियोगमा धरौटी बुझाएर थुनामुक्त भएका सन्दीपलाई थुनामुक्त गर्ने अदालतको आदेश बेरितपूर्ण रहेको भन्दै बदर गर्न र थुनामै राख्नुपर्ने माग गरिएको हो। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को...
-
२०७९ माघ १७, मंगलबार
ओलीसामु राखे लामिछानेले गृह मन्त्रालय पाउनुपर्ने अडान
काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवैजनाबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे बारे छलफल भएको बताइएको छ । सरकार गठन हुँदा सत्ता गठबन्धन दलहरुबीच भएको सहमति कार्यान्वयनमा समस्या आएको र सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान सभापति लामिछानेले अध्यक्ष ओलीसँग...
-
२०७९ माघ १७, मंगलबार
नेपालभाषाका गीत सहित राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड ) २०२३ को मनोनयन सार्वजनिक
पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न हुन गैरहेको छैठौं संस्करणको राष्ट्रिय राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड ) २०२३ को मनोनयन सार्वजनिक भएको छ । निम अवार्डको छैठौं संस्करणको कार्यक्रमको व्यवस्थापकिय जिम्मेवारी एरा प्रोडक्सन प्रा.लि.ले लिएको छ । विभिन्न भाषाभाषीका गरी कुल ४२ विधामा प्रतिष्प्रधामा रहेका कलाकार, श्रष्टा तथा सर्जकहरुलाई अनलाईन भोटिङ प्रकृया र...
-
२०७९ माघ १७, मंगलबार
प्रधानमन्त्री प्रचण्ड र पूर्वगृहमन्त्री लामिछानेबीच भेट
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले परामर्श गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि भएको भेटमा सरकार सञ्चालनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा पूर्व गृहमन्त्री लामिछानेले गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्ने माग गरेको बुझिएको छ । उनले जिल्ला...
-
२०७९ माघ १७, मंगलबार
आर्थिक संकटलाई लिएर नेकपा समाजवादीले बुझायाे प्रधानमन्त्रीलाई ज्ञापन-पत्र
काठमाडाैँ - आज देशको आर्थिक संकटबारे नेकपा (एकीकृत समाजवादी) को प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन-पत्र बुझाएकाे छ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालकाे हस्ताक्षर रहेकाे उक्त ज्ञापन-पत्र मंगलबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारकी निवास बालुवाटार पुगेर प्रधानमन्त्री समक्ष बुझाइएको हो । पछिल्लो समय देशको आर्थिक अवस्था राम्रो नरहेको सरकारलै नै बताइरहको छ । देशको...
-
२०७९ माघ १७, मंगलबार
आज पनि माओवादीको पदाधिकारी बैठक बस्दै
काठमाडाैँ - सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रिय कार्यालयमा बस्ने जनाइएकाे छ । हिजाे सोमबारबाट शुरु भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृहमन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ । साथै भाेलि बुधबारका लागि पार्टीकाे स्थायी समिति बैठक पनि बाेलाइएकाे...
-
२०७९ माघ १७, मंगलबार
चर्को ब्याजदरबिरुद्ध सडकमा व्यवसायी
काठमाडौँ - बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या सामाधान गरी सरकारले लगानीमैत्री वातावरण बनाउन व्यवसायीहरुले माग गरेका छन् । आज नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदरबिरुद्ध गरेको सडक आन्दोलनमा व्यवसायीहरुले बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या सामाधान गरी सरकारले लगानीमैत्री वातावरण बनाउन माग गरेका हुन् । उनीहरुले बैंकको चर्को ब्याजदरका कारण...
-
२०७९ माघ १६, सोमबार
ललितपुर सातदोबाटोमा कार र ट्याक्सी ठोक्किँदा दुईजनाको मृत्यु
ललितपुर- ललितपुरको सातदोबाटो नजिक गएराति कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्सीमा सवार सरोजकुमार विक र कारमा सवार धनबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा परी दुवै सवारी साधनमा सवार छ यात्रु घाइते भएको ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए । कोटेश्वरबाट सातदोबाटोतर्फ गइरहेको बा २ ज ३४२०...
-
२०७९ माघ १६, सोमबार
फागुन २५ गते राष्ट्रपतिको निर्वाचन घोषणा
काठमाडौं - निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमवार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी आयोगले सो जानकारी गराएको हो । त्यस्तै आयोगले उपराष्ट्रपति पदको निर्वाचन भने चैत्र ३ गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीबार राष्ट्रपतिको निर्वाचन भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु हुने बताए ।...
-
२०७९ माघ १६, सोमबार
पर्खाल फोडेर भागेका ६ मध्ये एकजना कैदी पक्राउ
काठमाडौं - धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर सोमबार बिहान ६ जना थुनुवाहरू फरार भएका थिए । हिरासत कक्षबाटै थुनुवाहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेसन टोली खटाएर...
-
२०७९ माघ १६, सोमबार
एमसिसी कार्यान्वयन विषयमा छलफल भयो : अमेरिकी उपविदेशमन्त्री
काठमाडौं - संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपालले आफ्नो हितका विषयमा सार्वभौम भएर निर्णय गरोस् भन्ने अमेरिकाको चाहना रहेको बताएकी छन्। दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार यहाँ आएका उनले आज पत्रकार सम्मेलनमा नेपालले आफ्ना छिमेकी मुलुकहरूसँग बनाएको सुमधुर सम्बन्धलाई आफूहरुले स्वागत गर्ने उल्लेख गर्दै अमेरिकाले नेपालमा सहकार्य र आर्थिक...
-
२०७९ माघ १६, सोमबार
प्रधानमन्त्री दाहालसँग अमेरिकी उपविदेशमन्त्री नुल्यान्डको भेटवार्ता
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले शिष्टाचार भेटवार्ता गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास गरिएको छ । अमेरिकी उपविदेश मन्त्री...


