STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ माघ १२, बिहिबार

    बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीको भेटवार्ता

    काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । राष्ट्रपति निर्वाचनको तयारी भइरहेको बेला आवश्यक छलफलका लागि ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । सत्ता गठबन्धनबीच भएको सहमति अनुसार राष्ट्रपति पद एमालेले पाउनेछ । सरकारमा सहभागी सात दलहरुबीचको सहमतिअनुसार राष्ट्रपति र सभामुख एमालेले लिने सहमति भएको थियो । तर नेपाली...

  • २०७९ माघ १२, बिहिबार

    राष्ट्रपति र प्रधानमन्त्रीबाट वसन्त श्रवण

    काठमाडाैँ - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर बिहीवार वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सरस्वती पूजाको अवसरमा सो उक्त स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । यो प्रचलन राजा प्रताप मल्लको पालादेखि नै गर्दै आएको पाइन्छ । सोही परम्पराअनुसार नासलचोक पुग्नुभएकी राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामीसमेत अर्पण...

  • २०७९ माघ १२, बिहिबार

    'पेट्रोलियम पदार्थको खुलारूपमा बिक्रीवितरण गरे कारबाही'

    नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले गए राती सूचना जारी गरी पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षतिसमेत हुने भएकाले बिक्री वितरण नगर्न अनुरोध गरेको हो । जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी...

  • २०७९ माघ १२, बिहिबार

    आज वसन्त पञ्चमी पर्व, सरस्वतीको पूजा आराधना गरिँदै, हनुमानढाेका नासल चोकमा वसन्त श्रवण हुने

    काठमाडौँ - प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज बिहान १०ः४७ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति सहभागी हुनुहुने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो । वसन्त...

  • २०७९ माघ १२, बिहिबार

    निफको छैठौं संस्करणमा प्रदिप खडकाको "प्रसाद”लगायतका नेपाली चलचित्रहरुको भिडन्त हुने

    छैटौं संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) आगामी चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म आयोजना हुने भएको छ । यो महोत्सवमा वर्ल्ड पानोरामा, नेशनल फिचर, इन्टरनेशनल डकुमेण्ट्री फिल्म, नेशनल डकुमेण्ट्री,इन्टरनेशनल नाराएटिभ शर्ट्स,इन्टरनेशनल एनिमेटेड शर्ट्स,नेशनल शर्ट्स विधामा प्रतिस्पर्धा हुनेछ भने नेशनल फिचर अन्तर्गतको प्रतिस्पर्धामा प्रदिप खडका अभिनित र दिनेश राउत निर्देशित चलचित्र...

  • २०७९ माघ ११, बुधबार

    आफ्नै निर्णय उल्टाएर क्रसर उद्योग खोल्न दिने सरकारको नयाँ निर्णय

    काठमाडौं - सरकारले क्रसर उद्योगहरू खोल्ने निर्णय गरेको छ। महिना दिन बित्न नपाउँदै सरकारले आफ्नै निर्णय उल्टाएर क्रसर उद्योग खोल्ने निर्णय गरेको हो। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कर नतिरी सञ्चालनमा रहेका क्रसर उद्योगलाई असार मसान्तसम्म तिर्ने सर्तमा खुला गर्ने निर्णय गरेको हो।  गृह मन्त्रालयले गत २० पुसमा मापदण्ड विपरित खोलिएका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो। क्रसर उद्योग बन्द...

  • २०७९ माघ ११, बुधबार

    काठमाडौंमा माघ २१ र २२ गते एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही माघ २१ र २२ गते केन्द्रीय कमिटीको बैठक काठमाडौँमा बोलाएको छ । बैठकमा राजनीतिक तथा निर्वाचन समीक्षा प्रतिवेदन, समसामयिक प्रस्तावमाथि छलफल गरिने महासचिव डा वेदुराम भुसालले जानकारी दिए। पार्टीका विभिन्न तहका कमिटीले पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका र निर्माण गरेका धारणाकाबारे बैठकमा छलफल गरिनेछ । प्रतिनिधिसभा तथा प्रदेशसभा...

  • २०७९ माघ ११, बुधबार

    बागमती सरकारले पायो पूर्णता

    काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराज जम्कट्टेलले आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । ११ सदस्यीय मन्त्रिपरिषद्लाई उनले बुधबार बाँकी मन्त्री नियुक्त गरेर पूर्णता दिएका हुन् । उनले बुधबार नियुक्त गरेका मन्त्रीहरूले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथसमेत लिइसकेका छन् । कट्टेलको मन्त्रिपरिषद्‌मा एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, केशवप्रसाद...

  • २०७९ माघ ११, बुधबार

    आत्मदाह गरेका युवकले उठाएका विषय छानबिन हुने

    काठमाडौं - सरकारले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले फेसबुक स्टाटसमार्फत उठाएका विषयमा छानबिन गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त विषयबारे छानबिन गर्ने जिम्मा गृह मन्त्रालयलाई दिएको छ । मंगलबार आचार्यले संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका थिए । आत्मदाहको प्रयासपछि घाइते भएका उनलाई उपचारका लागि कीर्तिपूर अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा उनको निधन भएको थियो ।...

  • २०७९ माघ ११, बुधबार

    आत्मदाह गरेका युवकको परिवारलाई भेटी गृहमन्त्रीले मागे क्षमा

    काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेको प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेर बचाउन नसकेकोमा क्षमा मागेका छन् । नयाँबानेश्वरस्थित संसद् भवनअगाडि मंगलबार आफ्नो शरीरमा आगो लगाएका प्रेमप्रसादको बुधबार निधन भएको छ । उपचारका लागि उनलाई लगिएको किर्तिपुरस्थित अस्पतालमा पुगेर गृहमन्त्री लामिछानेले मृतक आचार्यको परिवारका सदस्यलाई भेटेर बचाउन नसकेकोमा क्षमा मागेका हुन् । उनले मृतक...

  • २०७९ माघ ११, बुधबार

    गृहमन्त्रीको नागरिकता विवाद मुद्दा हेर्दाहेर्दैमा

    काठमाडाैं - सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज सुनुवाइ गर्दागर्दै समय अभावका कारण ‘हेर्दाहेर्दै’मा शुक्रबारका लागि राखिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा आज सुनुवाइ नसकिएपछि शुक्रबारका लागि राखिएको छ । यो विवादको अन्तिम...

  • २०७९ माघ ११, बुधबार

    नयाँ वानेश्वरमा आत्मदाह गरेका युवककाे निधन

    काठमाडौं - मंगलबार काठमाडौंको नयाँ वानेश्वरमा आत्मदह प्रयास गर्ने ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ । आचार्यले मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि पेट्रोल छर्किएर आफैमाथि आगो लगाएका थिए । आगो सल्किएपछि गम्भीर घाइते भएका उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । तर उनको आज बिहान उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ । आचार्यको करिब ८० प्रतिशत शरीर जलेको बताइएको...

Pages