-
२०७९ माघ १०, मंगलबार
काम गर्न नसक्नेगरी राज्य संयन्त्र छाडिएको गृहमन्त्रीको आरोप
काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काम गर्न नसक्नेगरी राज्य संयन्त्रलाई थिलथिलो बनाएर छाडिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको शुक्रबार बैठकलाई सम्बोधन गर्दै उनले पूर्ववर्ती सरकारले काम नै गर्न नसक्नेगरी राज्यसंयन्त्रलाई थिलथिलो बनाएर छाडिएको आरोप लगाएका हुन् । काम गर्नलाई कानुन पालनाभन्दा पनि आदेश पालना गर्ने अवस्था सृजना गरिएको भन्दै उनले राज्यको संयन्त्रलाई कमजोर बनाइएको आरोप...
-
२०७९ माघ १०, मंगलबार
आईओएमका विद्यार्थी र प्रहरीबीच झडप
काठमाडौं - त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । विद्यार्थीले आईओएमको डीन कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि केही समय तनाव सिर्जना भएको थियो । आईओएमको विकृति सुधारको माग गर्दै विद्यार्थीले विहान लगाएको ताला प्रशासनले प्रहरी लगाएर खोलेपछि विद्यार्थीले प्रहरी विरुद्ध नाराबाजी गरेकाले प्रहरीले केही विधार्थीहरुलाई सामान्य लाठी चार्ज गरेको छ । केही...
-
२०७९ माघ १०, मंगलबार
संघीयताको विरोध गर्ने मन्त्रीलाई प्रधानमन्त्रीले स्पष्टीकरण सोध्ने
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक रुपमा संघीयताको विरोध गर्ने बहालवाला मन्त्रीलाई स्पष्टीकरण सोध्ने बताउनुभएको छ । आज (मंगलवार) राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो मन्त्रिपरिषद्का मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । मन्त्रिपरिषद्भन्दा बाहिर बसेर आफ्नो कुरा राख्ने अधिकार सबैलाई भए पनि...
-
२०७९ माघ १०, मंगलबार
भूकम्पले बाजुरामा एक जनाको मृत्यु
काठमाडौं - भूकम्पपछि बाजुरामा ढुङ्गाले लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका–२ आगरकी ३५ वर्षीया जमुना रोकाया रहेकी छिन् । घाँस काट्न गएकी रोकायाको भीरबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएको स्थानीय प्रेमबहादुर रोकायाले जानकारी दिए। घाँस ल्याएर घर फर्किने क्रममा ढुङ्गाले टाउकोमा लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो । भूकम्पबाट २५ घरमा क्षति बाजुराको स्वामीकार्तिक...
-
२०७९ माघ १०, मंगलबार
नयाँबानेश्वरमा पेट्रोल छर्केर युवकदवारा आत्मदाहको प्रयास, आत्मदाह गर्नुअघि लेखिएकै स्टाटसमा के छ?
काठमाडौं - मंगलबार दिउँसो नयाँबानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे । उनी थिए इलाम घर भएका ३६ वर्षीय प्रेमप्रसाद आचार्य । सडकबीचमै उभिएर ती युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाउनुको कारणबारे उनी आफैँले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेका छन्। आत्मदाहको प्रयास गरेका उनलाई अहिले उपचारका लागि बर्न अस्पताल कीर्तिपुर लगिएको छ । र, उनी बोल्न...
-
२०७९ माघ ९, सोमबार
हनुमानढोका दरबार क्षेत्रका ३८ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न
काठमाडौं - भूकम्पले क्षतिग्रस्त बनाएका विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३८ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त ७५ सम्पदामध्ये ३८ वटाको पुनःनिर्माण सम्पन्न भएको छ भने १४ वटाको पुनःनिर्माण जारी रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । सङ्ख्यात्मक रुपमा पुनः निर्माण सम्पन्न भएका सम्पदा सङ्ख्या कम भन्दै केही निर्माणको काम...
-
२०७९ माघ ९, सोमबार
राष्ट्रपतिको निर्वाचन समयमै गर्न कांग्रेसको माग
काठमाडाैँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन गर्न सरकार र निर्वाचन आयोगसँग आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको आज भएको बैठकले सो निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकले कुनै पनि कानुनी अड्चन देखाएर राष्ट्रपतिको निर्वाचन पछि सार्न नहुनेबारे सरकार र निर्वाचन...
-
२०७९ माघ ९, सोमबार
कर्णाली प्रदेशमा सात मन्त्रालय कायम
कर्णाली - कर्णाली प्रदेश सरकारले सात मन्त्रालय कायम गरेको छ । यसअघि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय थपेर आठ मन्त्रालय बनाइएकोमा मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले आज जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा समायोजन गरेको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत कर्णाली प्रदेश...
-
२०७९ माघ ९, सोमबार
कांग्रेसले पायो प्रमुख प्रतिपक्ष दलको मान्यता
काठमाडौं - नेपाली कांग्रेसले प्रतिपक्ष दलको मान्यता प्राप्त गरेको छ । संघीय संसद् सचिवालयले माघ ४ गते लेखेको पत्रमा कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिँदै प्रतिपक्ष दलका सभापति शेरबहादुर देउवाको सेवा सुविधा पनि तोकेको छ । सचिवालयका उपसचिव रामहरि थापाद्वारा लिखित पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा तहाँ दलको कार्यालयको पत्र संख्या २०७९।०८० च.नं. ४५ मिति २०७९।०९।२९ को पत्रवाट प्रतिनिधि सभामा...
-
२०७९ माघ ९, सोमबार
कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने
काठमाडाैं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन गर्न सरकार र निर्वाचन आयोगसँग आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको आज भएको बैठकले सो निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । बैठकले कुनै पनि कानुनी अड्चन देखाएर राष्ट्रपतिको निर्वाचन पछि सार्न नहुनेबारे सरकार र निर्वाचन आयोगको...
-
२०७९ माघ ९, सोमबार
प्रदेश मन्त्रालय घटाएर खर्चभार कटौती गर्दैछौँ : प्रधानमन्त्री दाहाल
काठमाडाैं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको संख्या घटाउने र खर्चभार कतौती गर्ने बताएका छन् । सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले भने, प्रदेशका संरचना भद्दा हुँदा प्रशासनिक खर्च बढेको, वित्तीय सुशासन कायम...


