-
२०७९ माघ ६, शुक्रबार
भिजिविलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान प्रभावित
काठमाडौं - आज बिहानैबाट काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिविलिटी कम हुँदा आन्तरिक तथा बाह्य दुवै उडान प्रभावित बनेको छ । बिहान काठमाडौंका लागि बाँकेबाट आएको श्री एयरको जहाज झापाको चन्द्रगढी अवतरण भएको छ । त्यस्तै मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको अर्को विमान पनि काठमाडौंमा अवतरण हुन नसकेपछि भारतको कोलकाता डाइभर्ट गरिएको विमानस्थल स्रोतले जनाएको छ । विमानस्थल स्रोतका...
-
२०७९ माघ ५, बिहिबार
उपसभामुखमा सोबिता गौतम पक्का !
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमलाई उपसभामुख बन्न तयार रहन भनेका छन् । शुक्रबार हुने उपसभामुखको उम्मेदवारी दर्तामा प्रचण्ड–ओलीबीच छलफल भएसँगै गौतमलाई उपसभामुखमा तयार रहन भनिएको स्रोतले बताएको छ । स्रोतका अनुसार अध्यक्ष ओलीले भोलि हुने उपसभामुखको उम्मेदवारी दर्तामा गौतमलाई तयार रहन भनिसकेका छन् । ओलीले...
-
२०७९ माघ ५, बिहिबार
एमालेले उठाउने राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ : ओली
काठमाडौं - सत्ता साझेदार दलहरुबीच भएको सहमति अनुसार नेकपा एमालेले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवार उठाउने अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । सत्ता साझेदार दलहरुबीच भएको सहमतिअनुसारै राष्ट्रपति चयनमा राष्ट्रिय सहमति हुनुपर्ने उनले बताए । सभामुख चयन पछि बिहीबार संसद बैठकबाट बाहिरिने क्रममा ओलीले सञ्चारकर्मीहरुको प्रश्न दिँदै भने, ‘हो, राष्ट्रिय सहमतिमा हुनुपर्छ । एमालेले उम्म्मेदवार उठाउँछ,...
-
२०७९ माघ ५, बिहिबार
राष्ट्रपति चयन सहमतिमै गर्ने कोसिस भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति चयन सहमतिमै गर्ने कोसिस भइरहेको बताएका छन् । बिहीबार सभामुख निर्वाचनपछि सञ्चारर्मीसँग बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूले राष्ट्रपति चयन सहमतिमै चाहेको र सहमतिमै राष्ट्रपति चयनको प्रयास भइरहेको पनि बताए । उनले भने, ‘सभामुखको निर्वाचन भयो । उपसभामुखको निर्वाचन पनि यसैगरी हुन्छ । राष्ट्रपतिको निर्वाचनका लागि समय अझै बाँकी छ । छलफल...
-
२०७९ माघ ५, बिहिबार
सभामुखमा एमालेका घिमिरे निर्वाचित
काठमाडाैं - प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले)का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनलाई मतदान गर्ने पक्षमा एक सय ६७ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा १ सय मत खसेको थियो । मतदानमा दुई सय ६८ले भाग लिएका थिए । एक जनाले मत दिएनन् । मतदान प्रक्रियापछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले मत विभाजनको नतिजाबारे जानकारी दिँदै सदनको...
-
२०७९ माघ ५, बिहिबार
७ सय ३१ थान राहदानीसहित तीनजना पक्राउ
काठमाडौं - नेपाल प्रहरीले नयाँ बसपार्क क्षेत्रबाट सात सय ३१ थान राहदानीसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरी बृत्त महाराजगञ्ज र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले काठमाडौँ महानगरपालिका–२६ स्थित वीरेन्द्र ऐश्वर्य मार्गमा रहेको होटल सिनामा र मित्रनगरस्थित गुल्मी पल्लीकोट गेष्टहाउसबाट तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा गुल्मी छत्रपुर नगरपालिका–९ का ३८ वर्षीय मीनबहादुर...
-
२०७९ माघ ५, बिहिबार
चन्द्रागिरिमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं - काठमाडौँको चन्द्रागिरिमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डामा ना६ख ६६१५ नंको ट्रकले प्रदेश३–०२–०१प ८२५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धादिङ धुनिबेँसी नगरपालिका–९ घर भई हाल चन्द्रागिरि –१ दहचोक बस्ने ४५ वर्षीय राजकुमार सुनारको आज दिउँसो मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते सुनारको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु...
-
२०७९ माघ ५, बिहिबार
खेल चलिरहोको बेला एक्कासी हेलिकप्टर अवतरण भएपछि...
काठमाडौं - बिहीबार स्याङ्जाको वालिङमा फुटबल खेल चलिरहोको बेला एक्कासी हेलिकप्टर अवतरण गरेपछि झडप भएको छ । ‘वालिङ गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल’ खेल चल्दै गर्दा हेलिकप्टर अवतरण भएपछि केही समय झडप भएको हो । खेल चलिरहँदा वालिङका विनोद गैह्रेले बिनासूचना प्रभु कम्पनीको हेलिकप्टर अवतरण गरेको बताइएको छ । हेलिकप्टर बिनासूचना अवतरण गरेको पनि भनिएको छ । हेलिकप्टर अवतरण गर्नुको कारण के हो...
-
२०७९ माघ ५, बिहिबार
चिनियाँ नयाँ वर्ष एवं वसन्त उत्सवका अवसरमा स्वागत समारोह
चिनियाँ नयाँ वर्ष एवं वसन्त उत्सवका अवसरमा नेपालका लागि चीनका राजदूत छन् सङ्ले आज साँझ यहाँ एक स्वागत समारोहको आयोजना गर्नुभयो । समारोहका प्रमुख अतिथि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको सामाजिक–आर्थिक विकासमा चीनबाट निरन्तर सहयोग प्राप्त भएकामा कृतज्ञता ज्ञापन गर्नुभयो । राजदूत छन्ले चीनप्रति नेपाली जनताले देखाएको सद्भावबाट आफू प्रभावित भएको बताउँदै ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’...
-
२०७९ माघ ४, बुधबार
विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्रका कर्मचारी अनिवार्य राख्नुपर्ने
काठमाडौं - मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रीहरुले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको हो। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विदेशी प्रतिनिधिहरूलाई मन्त्रीहरूले भेट्दा परराष्ट्र...
-
२०७९ माघ ४, बुधबार
हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १८ जनाको मृत्यु
काठमाडौं - राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी युक्रेनका गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् । अनलाइनमा पोष्ट गरिएको एउटा भिडियोमा आगो लागेको देखिन्छ भने रुवाबासी भएको आवाज सुनिन्छ । बीबीसीका अनुसार दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ भने दुर्घटनामा गृहमन्त्रालयका कैयौँ उच्च...
-
२०७९ माघ ४, बुधबार
ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न कांग्रेसको ह्विप
काठमाडौं - नेपाली कांग्रेसले सभामुख पदका आफ्नो पार्टीका उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न ह्विप जारी गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज पार्टीका सांसदहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र उम्मेदवार न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा मतदान गर्न तथा देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका विपक्षमा मतदान गर्न ह्विप जारी...


