-
२०७९ माघ ४, बुधबार
ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न कांग्रेसको ह्विप
काठमाडौं - नेपाली कांग्रेसले सभामुख पदका आफ्नो पार्टीका उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न ह्विप जारी गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज पार्टीका सांसदहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र उम्मेदवार न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा मतदान गर्न तथा देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका विपक्षमा मतदान गर्न ह्विप जारी...
-
२०७९ माघ ४, बुधबार
सभामुखमा एमालेकाे तर्फबाट घिमिरेको मनोनयन दर्ता
काठमाडाैं - प्रतिनिधिसभाको सभामुख पदका लागि सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले) का सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा व्यवस्था गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा एमालेका सांसद सुवास नेम्वाङ, समर्थकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र...
-
२०७९ माघ ४, बुधबार
विमान दुर्घटनाबारे फ्रान्सेली विज्ञ टोलीद्वारा अध्ययन सुरु
काठमाडौं - फ्रान्सदेखि आएको एटीआर विमान निर्माता कम्पनीको विज्ञ टोलीले गत आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाबारे स्थलगत अध्ययन थालेको छ । बुधबार विमान खसेको ठाउँ सेतीखोँचमा पुगी उक्त टोलीले घटनास्थलको अवलोकन गर्नुका साथै दुर्घटनाबारे जानकारी लिएको हो । टोलीलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का कर्मचारी, सुरक्षाकर्मी, स्थानीयवासीलगायतले सहजीकरण गरिरहेका छन् । ‘ड्रोन’समेत...
-
२०७९ माघ ४, बुधबार
सरकारको प्रवक्तामा सञ्चारमन्त्री शर्मा
काठमाडौं - सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले विभूषण प्रदान गर्ने मापदण्ड निर्माणका लागि समिति गठन गरेको छ । सरकारले विभूषण तथा पदक वितरणको मापदण्ड बनाउन समिति गठन गरेको जानकारी दिँदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले भने, “विभूषणका सम्बन्धमा...
-
२०७९ माघ ४, बुधबार
मोबाइल सेवा अवरुद्ध हुने समस्या समाधान गर्न प्रणालीगत सुधार गरिने
काठमाडौं - नेपाल टेलिकमले मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुने समस्या दोहोरिन नदिन प्रणालीगत सुधार गर्ने भएको छ । मङ्गलबार करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुन गएकोमा कम्पनीका प्राविधिकबाट तत्काल समाधान गरिएको जनाउँदै त्यसको प्रणालीगत सुधार गर्ने टेलिकमले जनाएको छ । टेलिकमले आज विज्ञप्ति जारी गरी...
-
२०७९ माघ ४, बुधबार
आठ विकास बैंक र चार वित्त कम्पनीलाई राष्ट्र बैंकको कारबाही
काठमाडौं - नेपाल राष्ट्र बैंकले आठवटा विकास बैंक र चारवटा वित्त कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएका कानूनी व्यवस्था, मौद्रिक नीति तथा निर्देशनका व्यवस्था उल्लङ्घन गरेको भेटिएपछि एक दर्जन संस्थालाई आर्थिक जरिवाना गरिएको हो । राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७९र०८० को पहिलो त्रैमासिक अवधिमा भएको सुपरिवेक्षणका आधारमा कारबाही गरिएको जनाएको छ ।...
-
२०७९ माघ ३, मंगलबार
ग्लोबल पिस योङ्गलिडर्स मार्फत नेपालमा विभिन्न कार्यक्रमहरु सम्पन्न
फरक पहिचान एवं संस्कृतिसंग आबद्ध भए पनि विश्व शान्ति र समृद्धिको लागि विश्वभर विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको ग्लोबल पिस फाउण्डेशन, नेपाल च्याप्टर अन्तर्गत रहेको ग्लोबल पिस योङ्ग लिडर्सले नेपालमा आफ्ना विभिन्न सामाजिक कार्यक्रमहरुलाइ सक्रियरुपमा अगाडी बढाउदै आईरहेकोे छ । समाजमा विभिन्न कारणले उत्पन्न भईरहने प्राकृतिक वा मानव सृजित विपत्तिहरुमा आफ्नोे उलेख्य सहभागीता जनाउँदै आएको योङ्ग लिडर्सले...
-
२०७९ माघ ३, मंगलबार
सहमतिका साथ अघि बढ्न सर्वदलीय बैठकमा प्रधानमन्त्रीको प्रस्ताव
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक पदहरूको निर्वाचनमा सहमतिका साथ अगाडि बढ्न प्रस्ताव गरेका छन्। बालुवाटारमा मंगलबार बसेको विश्वासको मत दिने दलहरूको बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखलगायतमा सहमतिका साथ अघि बढ्न प्रस्ताव गरेका हुन्। सरकारका सन्दर्भमा सत्ता साझेदार दलबिचको सहमति नै लागू हुने भन्दै प्रचण्डले संवैधानिक पदहरुको...
-
२०७९ माघ ३, मंगलबार
नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीद्वारा शपथ ग्रहण
काठमाडाैं - नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनलगायतलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति भण्डारीले आज मन्त्रिपरिषद्...
-
२०७९ माघ ३, मंगलबार
पल शाहले पाए सफाइ, तर जेलबाट नछुट्ने
काठमाडौं - नाबालिग जबर्जस्तीकरणी अभियोगमा थुनामा रहेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले जबर्जस्तीकरणी अभियोगमा दाबी नपुगेको भन्दै अभिनेता शाहलाई सफाइ दिएको हो । अभिनेता साहसँगै शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिइएको छ । तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त...
-
२०७९ माघ २, सोमबार
मन्त्रिपरिषद् विस्तारको टुङ्गो आजै लाग्ने
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा आजै टुङ्गो लाग्ने बताएका छन्। भक्तपुरको बालकोटस्थित नेकपा (एमाले) अध्यक्ष केपी ओली निवासमा आज बिहान प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भएको भेटका क्रममा सो सहमति भएको भेटवार्ता सकेर बाहिरने क्रममा प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीसँग बताए। प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आजको छलफलमा...
-
२०७९ माघ २, सोमबार
प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ राजदूतको भेट
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्रीलाई राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बधाई ज्ञापन गरेका थिए । भेटका क्रममा चिनियाँ राजदूतले नयाँ वर्ष २०२३ को शुभकामना सन्देश हस्तान्तरण गर्नुका साथै नेपालको स्थायित्व,...


