-
२०७९ माघ २, सोमबार
भारतीय प्रधानमन्त्री मोदीद्वारा पोखरा विमान दुर्घटनाप्रति दुःख व्यक्त
एजेन्सी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मेन्सन गर्दै मोदीले ट्वीट गरेका छन् । उनले भारतीय नागरिकसहितको मृत्यु भएकोमा दुःख व्यक्ति गर्दै सोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् । उनले यस दुख्द घडीमा आफू र भारत नेपाल र सोकाकुल परिवारको साथमा रहेको बताएका छन् ।
-
२०७९ माघ २, सोमबार
विमान दुर्घटनामा निधन भएकाकाे शव आज आफन्तलाई जिम्मा लगाइने
काठमाडौं - पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत...
-
२०७९ माघ १, आइतबार
पोखरा विमान दुर्घटना : खोजी कार्य स्थगित, सोमबार बिहानैदेखि सुरु
काठमाडौं - आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा हराइरहेका यात्रुको खोजी कार्य आज रातिलाई स्थगित गरिएको छ । राति खोजी कार्य कठिन भएकाले सोमबार बिहानैदेखि खोजी कार्य सुरु गरिने नेपाली सेनाले जानकारी दिएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) अजय केसीले खोजी कार्यलाई राति पनि जारी राख्नका लागि घटनास्थल सेती खोँचमा लाइट जडान गरिसकिएको बताए। “खोजी...
-
२०७९ माघ १, आइतबार
छुट्टी मनाउन गएका श्रेष्ठ दम्पती नवजात शिशुसहित विमान दुर्घटनामा
काठमाडौं - आइतबार बिहान पोखराको सेती नदी खोँचमा यती एयरलाइन्सको विमान दुर्घटना राष्ट्रिय ट्रमा सेन्टरका दुई चिकित्सकसहित १० महिने बालकको निधन भएको छ । विमान दुर्घटनामा परी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३८ वर्षीय डा. सुशील श्रेष्ठकी श्रीमती डा. सोना दिवाकरसहित उनीहरुका १० महिने छोराको पनि मृत्यु भएको हो । अर्थोपेडिक तथा स्पाइन सर्जन श्रेष्ठ ट्रमा सेन्टरमा विगत ६ वर्षदेखि कार्यरत थिए । उनी आफ्नो...
-
२०७९ माघ १, आइतबार
विमान दुर्घटनामा चीन र अमेरिकाद्वारा दुःख व्यक्त
काठमाडौं - पोखरामा भएको विमान दुर्घटनाप्रति चीन र संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि आज बिहान उडेको यति एयरलाइन्सको विमान पोखरामा अवतरण गर्नुअघि दुर्घटनामा परेको थियो । विमानमा चालक दलका चार सदस्यसहित ६८ यात्रु सवार थिए । यहाँस्थित अमेरिकी राजदूतावासले सामाजिक सञ्जालमार्फत उक्त दुःखद दुर्घटना अत्यन्त मर्माहत भएको उल्लेख गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त...
-
२०७९ माघ १, आइतबार
विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको निधन
काठमाडौं - आइतबार पोखराको सेती नदी खोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको पनि निधन भएको पुष्टि भएको छ । माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट पोखरा प्रस्थान गरेकी छन्त्यालको दुर्घटनामा मृत्यु भएको निराकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गरिन् । नीरा बिहान १० बजे काठमाडौं एयरपोर्टबाट आमालाई फोन गरेर पोखरा जाँदै गरेकी जानकारी...
-
२०७९ माघ १, आइतबार
६९ जनाको शव फेला, तीनजनाकाे शव खोँचबाट निकाल्न कठिन
काठमाडौं - आइतबार बिहान पोखराको सेती खोँचमा यती एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा परेपछि उद्धार कार्य जारी रहेको छ । चालक दलसहित ७२ जना सवार रहेकामध्ये हालसम्म ६९ जनाको शव फेला परेको छ भने बाँकी ३ शव फेला परे पनि खोँचबाट निकाल्न कठिन भएको छ । यस्तै, तीन जनाको अवस्था भने अझैँ अज्ञात रहेको बताइएको छ । हालसम्म फेला परेका शवमध्ये ३४ शव गण्डकी अस्पतालमा लगिएको छ भने ३२ जनाको शव प्रहरीले घटनास्थलमा...
-
२०७९ माघ १, आइतबार
दुर्घटनाग्रस्त विमानमा सवार यात्रुहरुको नामावली
काठमाडौं ।- पोखरामा आज विहान भएको यती एयरलाइन्सको दुर्घटनामा आठ जना विदेशी र छ जना शिशु रहेको खुलेको छ । यती एयरलाइन्सका अनुसार दुर्घटना भएको उक्त विमानमा नेपाली यात्रुहरु किसान आचार्य, निशान्त आचार्य, शालिगराम आचार्य, सडकात अलिमिया, पूर्णबहादुर गुरुङ, जितेन्द्रबहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानियाँ थिइन् । साथै, स्लोक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार...
-
२०७९ माघ १, आइतबार
भोलि देशभर शोक बिदा, विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय आयोग गठन
काठमाडौं - आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको शोकपूर्ण घटनाका कारण माघ २ मा एकदिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले बैठकपश्चात् भोलि शोक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान पोखरा महानगरपालिका–१७ घारिपाटनस्थित सेतीको खोँचमा दुर्घटना भएको थियो...
-
२०७९ माघ १, आइतबार
विमानमा आकाशमै आगोको झिल्को देखिएको थियाे : नागरिक उड्डयन प्राधिकरण
काठमाडौं - पोखरामा आज विहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको जानकारी दिए । “मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ”, उनले भने, “...
-
२०७९ माघ १, आइतबार
यति विमान दुर्घटना : प्रधानमन्त्री र गृहमन्त्री विमानस्थलमा
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा भएको विमान दुर्घटनाबारे जानकारी लिएका छन् । उनले केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रसँग घटनाबारे विस्तृत विवरण लिएका हुन् । निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई...
-
२०७९ माघ १, आइतबार
६८ यात्रु सवार यति एयरलाइन्सकाे विमान पाेखरामा दुर्घटना, ३२ जनाकाे शव निकालियाे
पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो ।विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए ।६८ यात्रुमध्ये ३/३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन् । उनका अनुसार अवतरण गर्ने क्रममा...


