-
२०७९ मङ्सिर ९, शुक्रबार
रोनाल्डोको कीर्तिमानसहित पोर्चुगल विजयी
विश्वकप फुटबलको पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोले गोल गरेसँगै उनी पाँच विश्वकपमा गोल गर्ने खेलाडीको कीर्तिमानी बनाएका छन् । सन् २००६ को विश्वकपमा आफ्नो गोल गरेका रोनाल्डोले सन् २०२२ को आफ्नो पाँचौं विश्वकपमा गोल गरेका हुन् । उनको गोलमा पोर्चुगलले घानासँगको खेलमा अग्रता बनाएको थियो । रोनाल्डोले पोर्चुगलका लागि विश्वकपमा २० खेलमा १६ गोल गरेका छन् । यता घानाले एक गोल फर्काइ सकेको छ । रोनाल्डो...
-
२०७९ मङ्सिर ९, शुक्रबार
म्यादी प्रहरीको बिदाइ
काठमाडाैं - प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरी बिहीबारदेखि बिदा भएका छन् । देशभरका विभिन्न प्रहरी कार्यालयबाट भर्ना भएका एक लाख १५ हजार म्यादी प्रहरी बिहीबारदेखि बिदा भएका नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । “जहाँजहाँबाट म्यादीमा भर्ना हुनुभएको थियो, उहाँहरूलाई बिहीबार सोही कार्यालयबाट बिदाइ गरियो”,...
-
२०७९ मङ्सिर ९, शुक्रबार
हृदयेश त्रिपाठीलाई हराउँदै नवलपरासी–१ बाट विनोद चौधरी विजयी
काठमाडौं - नवलपरासी–१ को प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी निर्वाचित भएका छन् । उद्योगी चौधरी २३ हजार ८६१ मत पाएर निर्वाचित भएका हुन् । सार्वजनिक मत परिणाम अनुसार अर्बपति चौधरीले जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई पाँच हजार ६४० मतान्तरले पराजित गर्दै जित हाँसिल गरेका हुन् । त्रिपाठीले १८ हजार २२१ मत प्राप्त गरेका छन् । यसैगरी, तेस्रो स्थानमा रहेका...
-
२०७९ मङ्सिर ८, बिहिबार
पुष्पकमल दाहालकाे गोरखाबाट सहज जित
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट सजिलो जित हात पारेका छन् । गोरखा क्षेत्र नं २ बाट उम्मेदवारी दिएका उनले कुल २६ हजार १०३ मत पाएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीलाई ११ हजार ४६६ मतान्तरले पराजित गरेका हुन् । उता राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्रले १२ हजार ६३७ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार अब्दुससलाम मियाले...
-
२०७९ मङ्सिर ८, बिहिबार
म जाँच दिन सक्षम भएँ, अब नतिजा ५ वर्ष पछि : रवि लामिछाने
काठमाडौँ - भारी मतान्तरका साथ प्रतिनिधिसभा विजयी भएका रवि लामिछानेले आफ्ना मतदातालाई धन्यवाद दिएका छन् । विजयपछि फूलमाला र विजय र्याली गर्न नचाहेको बताउँदै उनले भनेका छन्, ‘राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो। म आज बाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ। म जनता लाई जिताउने जाँच दिन जादैछु त्यसैले म अहिले नै विजय र्याली...
-
२०७९ मङ्सिर ८, बिहिबार
शशाङ्क कोइराला चौथोपटक विजयी
काठमाडौं - नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौँथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी भएका छन् । कोइराला दुई हजार ८२ मत अन्तरले विजयी भएका हुन् । गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा (एमाले)का कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो ।
-
२०७९ मङ्सिर ८, बिहिबार
रवि लामिछाने भारी मतले विजयी
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन– २ बाट भारी मतका साथ निर्वाचित भएका छन् । लामिछाने ४९ हजार २६१ मतका साथ भारी मतान्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १५ हजार ०९१ मत ल्याएका छन्। रवि र उमेशको मतान्तर ३४ हजार १७० रहेको छ । त्यस्तै एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गर्दै तेस्रो भए ।
-
२०७९ मङ्सिर ८, बिहिबार
फराकिलाे मतान्तरले तासिमा विजयी
ललितपुर - ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डा. तोसिमा कार्की विजयी हुनुभएको छ । निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उहाँ ३१ हजार एक सय ३६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै डाक्टर तोसिमा विजयी हुनुभएको हो । खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त...
-
२०७९ मङ्सिर ७, बुधबार
ललितपुर ३ मा रास्वपाकी डा. तोसिमा कार्की विजयी
ललितपुर - ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्की निर्वाचित भएकी छिन् । कार्की १४ हजार २०८ मत ल्याएर निर्वाचित भएकी हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए। सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन्।
-
२०७९ मङ्सिर ७, बुधबार
काठमाडौं क्षेत्र २ ; रास्वपाकी सोविता गौतम निर्वाचित
काठमाडाैं - प्रतिनिधिसभा सदस्यतर्फ काठमाडौं क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा उम्मेदवार सोविता गौतम निर्वाचित भएकी भएकी छिन्। निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरेका थिए । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी...
-
२०७९ मङ्सिर ७, बुधबार
झाँक्रीलाई हराउँदै एमालेका गोकर्ण बिष्ट विजयी
काठमाडौं - पूर्व सहकर्मी रामकुमारी झाँक्रीलाई हराउँदै गुल्मी क्षेत्र नम्बर २ नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी भएका छन्। सत्ता गठबन्धनका तर्फबाट उठेकी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव झाँक्रीलाई २ हजारभन्दा बढी मतले पराजित गरेर बिष्ट विजयी भएका हुन्। गुल्मीबाट गोकर्ण विष्ट तेस्रो पटक निर्वाचित भएका हुन्। गुल्मी २ मा अन्तिम नतिजा सार्वजनिक हुँदा बिष्टले २८ हजार ४७६ मत ल्याए। उता रामकुमारी...
-
२०७९ मङ्सिर ७, बुधबार
विश्वकप २०२२ : जर्मनीलाई जापानसँग पराजित
एजेन्सी । फिफा विश्वकप–२०२२ मा जापानले सानदार सुरुवात गरेको छ । बुधबार कतारको खालिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा जापानले चार पटक विजेता जर्मनीलाई २–१ गोल अन्तरले पराजित गर्दै सानदार सुरुवात गरेको हो । जापानलाई जित दिलाउनका लागि रित्सु दोआन र ताकुमा आस्नोले एक–एक गोल गरे । त्यस्तै जर्मनीका लागि इल्के गुन्डोगनले गोल गरे । खेलको ३३औं मिनेटमा जर्मनीका गुन्डोगनले पेनाल्टीमार्फत् गोल गरेका...


