STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ मङ्सिर ११, आइतबार

    कुनै पनि दलको बहुमत आउने देखिएन

    काठमाडाैं - प्रतिनिधिसभाका प्रत्यक्ष एक सय ६५ र समानुपातिक एक सय १० सिटको हालसम्मको मतपरिणाम हेर्दा कुनै पनि दलको बहुमत नआउने स्पष्ट छ । प्रतिनिधिसभाको कूल दुई सय ७५ सिटमध्ये बहुमत ल्याउन एक सय ३८ सिट ल्याउनुपर्छ । नेपालको संविधानको धारा ७६ मा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने प्रावधान छ । सोही...

  • २०७९ मङ्सिर ११, आइतबार

    भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो

    भक्तपुर - गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ । प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौंथो ठूलो दल बनेको छ । त्यसैगरी नेकपा (एमाले) दोस्रो ठूलो दल बन्दा नेपाली कांग्रेस भने तेस्रो ठूलो दल बनेका छन् । प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा नेमकिपाले १ नं. क्षेत्रबाट ३२...

  • २०७९ मङ्सिर ११, आइतबार

    झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी

      काठमाडौं - नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् । इलाम–१ बाट खनाल २९५७ मतान्तरले बस्नेतसँग पराजित भएका हुन । खनालले यो क्षेत्रबाट २०५६ बाहेक सबै निर्वाचन जितेका थिए । तर यसपटक पहिले जित्दै आएको एमालेकै उम्मेदवारसँग पराजित भएका छन् । खनाललाई सत्तारुढ गठबन्धनका दलहरुको समर्थन थियो ।

  • २०७९ मङ्सिर ११, आइतबार

    नुवाकोट–२ बाट कांग्रेसका अर्जुननरसिंह केसी निर्वाचित

    काठमाडौं - नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन् । सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका कांग्रेसका उम्मेदवार केसीले २८ हजार एक सय सात मत ल्याएर विजयी भएकाे मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार चारसय ७७ र...

  • २०७९ मङ्सिर ११, आइतबार

    गृहमन्त्री बालकृष्ण खाण पराजित

    काठमाडाैं - मंसिर ४ मा भएको चुनावमा गृहमन्त्री बालकृष्ण खाण पराजित भएका छन्। रूपन्देही-३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका खाणलाई राप्रपाका दीपक बोहोराले पराजित गरेका हुन्। अन्तिम मतपरिणाममा बोहोराले ३६ हजार ६४८ मत पाए भने गृहमन्त्री खाणले ३४ हजार ६ मत पाए।

  • २०७९ मङ्सिर ११, आइतबार

    विश्वकप २०२२ : साउदी अरेबिया पोल्याण्डबाट पराजित

    एजेन्सी - कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’को खेलमा पोल्याण्डले साउदी अरेबियालाई पराजित गरेको छ । कतारको एजुकेसन सिटी रङ्गशालामा आज भएको खेलमा पोल्याण्डले २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । पोल्याण्डको जितमा पिटर जिलेन्स्की र रोबर्ट लेवान्डोस्कीले समान १–१ गोल गरे । साउदीले खेलको पहिलो हाफको इन्ज्युरी समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन । खेलको ३९औँ मिनेटमा...

  • २०७९ मङ्सिर १०, शनिबार

    इलाम–२ बाट पाँचौंपटक सुवास नेम्वाङ निर्वाचित

    काठमाडौं - इलाम क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका सुवास नेम्वाङ निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ११४ मतले हराउँदै नेम्वाङ निर्वाचित भएका हुन्। पछिल्लो मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार ९ सय ६ मत ल्याएका छन् । २०५६ सालदेखि इलाम २ बाट निर्वाचन जित्दै आएका नेम्वाङको यो पाँचौ जित हो ।

  • २०७९ मङ्सिर १०, शनिबार

    झलनाथ खनालद्वारा चुनावमा धाँधली भएको आरोप

    काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । इलाम क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताए । शनिबार पत्रकारसँग कुरा गर्दै उनले भने, “सरासर धाँधली भएको छ । दुई हजार चार सय २४ मत खसेको मुचुल्का छ । यिनै बाकसमा गन्दा दुई हजार छ सय ९० मतपत्र फेला परेको छ ।...

  • २०७९ मङ्सिर १०, शनिबार

    घनश्याम भुसाललाई हराउँदै रूपन्देहीमा छविलाल निर्वाचित

    काठमाडौं - रुपन्देही- १ बाट नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतगणना अनुसार विश्वकर्माले आफ्नै पूर्व सहकर्मी घनश्याम भूसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरेका हुन्  । भुसाललाई सत्तारुढ गठबन्धनले समर्थन गरेको थियो । विश्वकर्माले २४ हजार ८७२ र भूसालले २१ हजार ३०८ मत प्राप्त गरे । भुसालले एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरी स्वतन्त्र...

  • २०७९ मङ्सिर १०, शनिबार

    प्रेम सुवालकाे जितमा भक्तपुरमा विजय र्‌याली

    काठमाडौं - नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले स्वदेशमै रोजगारी दिनसक्ने कानून निर्माण गर्न आफूले संसदमा आवाज उठाउने बताएका छन् । शनिबार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरुलाई धन्यवाद दिन निकालिएको विजयी जुलुसपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो दबाब स्वदेशमै राजगारी सिर्जना गर्ने कानून निर्माणमा रहने बताएका हुन् । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी...

  • २०७९ मङ्सिर ९, शुक्रबार

    मंसिर १४ सम्म अन्तिम मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको लक्ष्य

    काठमाडौं – आईतवार एकै चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । मतगणना भएका स्थानमा प्रत्यक्ष र समानुपातिक तर्फको मतपत्र एकैपटक गन्ती गर्न केही ढिला भएको निर्वाचन आयोगको तर्क छ । राजनितिक दलको अवरोध बाहेक १५२ वटा निर्वाचन क्षेत्रको मंसिर १४ गतेसम्म अन्तिम मतपरिणाम निकाल्ने निर्वाचन आयोगको लक्ष्य छ । मंसिर ४ गते भएको निर्वाचनको मतगणना जारी छ । उपत्यकाका काठमाडौं ललितपुर...

  • २०७९ मङ्सिर ९, शुक्रबार

    रूकुमबाट जनार्दन शर्मा निर्वाचित

    काठमाडौं - अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहनुभएका नेकपा (माओवादी केन्द्र) का नेता शर्माले नेकपा (एमाले) का नन्दराम देवकोटालाई पराजित गर्नुभएको हो । मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीका अनुसार शर्माले ३९ हजार पाँच सय ४९ मत र उहाँका प्रतिस्पर्धी एमाले उम्मेदवार देवकोटाले १२ हजार नौ सय ६१ मत प्राप्त...

Pages